अगर प्यारमा धोका लुकेको छ भने
अगर प्यारमा पिडा लुकेको छ भने

तिमीलाई दिल दिनुको के अर्थ भो र
अगर प्यारमा स्वार्थ लुकेको छ भने

तिमीलाई माया गरेको के अर्थ भो र
अगर मायामा जाल लुकेको छ भने

सुखद स्वप्न देखाएर मात्र के भो र
दुखद बास्तबिकता लुकेको छ भने

बैंश र यौवनमा रमाएर मात्र के भो र
अस्तित्व गुमाउने खेल लुकेको छ भने

अगर प्यारमा धोका लुकेको छ भने
अगर प्यारमा पिडा लुकेको छ भने
११/०९/२०१६

Leave a Reply