हेरेको छ देशले

फेर्नलाई मुहार आफ्नो फेरेको छ देशले
ऐले आफ्नो कालो मुहार हेरेको छ देशले

इमान जवान भएको मान्छे हराएका छन् रे
आउछ कि भनि बाटो हेरेर बसेको छ देशले

सन्तानको घाटि रेट्ने मान्छेको बिगबिगी छ रे
कपटी र हत्यारामान्छेलाई बेहोरेको छ देशले

दुइ चार वटा कुरा भए पो समालिन्थ्यो के रे
समालेर नसक्नु छ है पिरले घेरेको छ देशले |

लरबरियो गजलकार आज अक्षर र कलममा
लाग्न थालेछ कालो इतिहास केरेको छ देशले

फेर्नलाई मुहार आफ्नो फेरेको छ देशले
ऐले आफ्नो कालो मुहार हेरेको छ देशले
१०/१९/२०१६

Leave a Reply