पुराना सबै कुरीति सबै फेर्न चाहन्छु म
न्यायकै लागि समाजमा लडन चाहन्छु म

म सदा सर्बदा हिडेको बाटो आज बन्द छ
त्यसैले अर्कै नबिन बाटो रोज्न चाहन्छु म

हिजका गुज्रेका दिन सम्झेर के काम छर
टुटे फुटेका ति मनहरु जोडन चाहन्छु म

निलज्ज अभिमान अन्याय देख्न नपरोस
नजर कतै लगेर राखी दिन चाहन्छु म

सके परिबर्तन गरि छाडने छु सोचहरु
नसके आफैलाई पनि छोडन चाहन्छु म

हिजका गुज्रेका दिन सम्झेर के काम छर
टुटे फुटेका ति मनहरु जोडन चाहन्छु म

११/१८/२०१६

Leave a Reply