आफन्तमा धन बढेसी सम्बन्धमा खाडल बन्छ |
चित्त सानो भएसी आफ्नाका बिच पहाड बन्छ |

ठुलो मान्छे बने भनि टाढाका नि नजिक बन्छन |
निमुखा गरिब भए आफ्ना पनि टाढाको भन्छन |

सुख पर्दा सहयोगी हातहरु अगाडी आइदिन्छन |
दुख पर्दा आफ्नासाथहरु पनि पराइ बनिदिन्छन |

सुखको मातले मायागर्नेलाई पनि स्वार्थी देख्छन |
आफ्नै मान्छे गरिब आए माग्न आयो भनि लुक्छन |

सम्बन्ध के हो जान्दैन र धनले मान्छे स्वार्थी बन्छ |
चित्त सानो भएसी आफ्नैका बिचमा खाडल बन्छ |

पुण्डरी अर्याल, न्यु योर्क
०८/११/२०१६

Leave a Reply