धन कमाउने लालचमा आफ्नै ज्यान जाने हुन्छ |
ठिक्क भन्दा बढी खोज्नेले खतरालाई रोजे हुन्छ |

रिस व्देष घमण्डले मान्छेको ज्ञान खाइ दिन्छ |
चाहीए भन्दा बढी जे खाए नी जहर बनि दिन्छ |

अभिमानी घमण्डले अस्तित्वमा संकट पारि दिन्छ |
बलशाली भन्नेहरुलाइ नि समयले नै पछारि दिन्छ |

समयले बलशालि, शक्तिशालि, भन्नेलाई देखाई दिन्छ |
झुटो भए एक दिन हाम्रै सामुन्ने मुकुण्डो खुलाई दिन्छ |

धरातल बिर्सी उछिन्न खोजे बिपत्ति पछी आइ दिन्छ |
किन फुर्ति लाउछौ है मित्र तिम्रो राज खुलाई दिन्छ |

०८/११/२०१६

Leave a Reply