दिल्लीराज भट्टराइ१. बिषय प्रवेश
सिध्दार्थ साहित्य परिषद मोफसलमा क्रियाशील साहित्यिक संस्था हो | यसले आफ्नो बार्षिक कार्यतालिका अनिसार बिभिन्न साहित्यिक गतिबिधि गर्दै आएको छ |भानु जयन्ती, देवकोटा जयन्ती, स्रष्ट्रा सम्मान, साहित्यिक भेटघाट, गोष्ठी, कृति बिमोचन, मासिक साहित्यिक संगम, परिषदका आफ्ना निजि पहिचान हुन् | परिषदव्दारा साहित्यिक गतिविधिमधे मासिक रुपमा प्रत्येक महिनाको पहिलो सनिवार संचालन गरिने सिध्दार्थ साहित्य संगम अधिकांश स्रष्टाले रुचाएको साहित्यिक कार्यक्रम अन्तर्गत पर्दछ | २०५२ साल मङ्सिर देखि मासिक रुपमा स्रष्टाहरु एकत्रित भै रचना वाचन गर्ने वाञ्छित रचनाको समिक्षा गर्ने कार्यक्रम संगममा हुदै आएको छ | संगमको मासिक श्रीन्खला अन्तर्गत १६८ औ साहित्य संगम ०७१ साल मङ्सिर ६ गते सनिवार तेश्रो कर दिवसका उपलक्ष्यमा आन्तरिक राजस्व कार्यालय भैरहवा र सिध्दार्थ साहित्य परिषदको संयुक्त आयोजनामा कविता वाचन प्रतियोगिता र कृति बिमोचन सहित सम्पन्न गरियो |
परिषदका अध्यक्ष विजय सागरको अध्यक्षता र कर कार्यालय प्रमुख जनकराज शर्माको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा परिषदका पुर्व सचिव पुण्डरी अर्यालव्दारा लिखित कलेजो फेरेको मान्छे (२०७१) नामक आत्मकथात्मक कृति बिमोचन गरियो | प्रस्तित लेखमा १६८ औ संगमका अवसरमा विमोचित कृति कलेजो फेरको मान्छेका बारेमा संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ |

२. लेखकको परिचय
पुन्दारी अर्यालको जन्म वो. स. २०१९ जेष्ट २९ गते माता खिमा देवी अर्याल र इप्ता यज्ञ प्रसाद अर्यालको कनिष्ठ पुत्रको रुपमा रुपन्देहीको शंकर नगरमा भएको हो | आफ्नो बाल्यकालिन प्रारम्भिक शिक्षा दीक्षा सोहि ठाउमा प्राप्त गरेका अर्यालले औपचारिक रुपमा स्नातक तहसम्मको अध्ययन गरेका छन्शि | सानै देखि लगनशील र समाजका पीरमर्का बुझेका अर्यालले वुभिन्न संघसंस्थामा संलग्न रही आफ्नो पहिचान बनाएका छन् | शंकरनगर पछी भैरहवा बसाइ सराइ गरेका अर्याल बिभिन्न पेशा व्यवसाय गर्ने उद्दमी, लगनशील, इमान्दार र अन्त्यन्त मिलनसार व्यक्तित्व हुन् | उनि नया सोच र योजना बनाउने र त्यसको कार्यान्वयनमा जोड दिने कला साहित्य सिप भएका कुसल संगठन समेत हुन् | उनि लुम्बिनी बचत तथा ऋण सहकारी संस्था, लुम्बिनी आवास तथा वित्तीय सहकारी संस्था, लुम्बिनी बृध्दाश्रम सिध्दार्थ साहित्य परिषद आदि साहित्यिक वित्तीय सामाजिक संघ संस्थासंग आबध्द छन् सिध्दाथ साहित्य परिषदको पाचौ र छैठौ सम्मको कार्यकाल २०४९/८/६ देखि २०५७/३/३ सम्म दुइ कार्यकाल सचिव पदमा रही उनले आफ्नो भूमिका सक्रियतापुर्वक निर्वाह गरेका छन् | हाल उनि अमेरिकाको न्यु योर्कमा बसोबास गर्दै आएका छन् |

३. कलेजो फेरेका मान्छेको संक्षिप्त चर्चा :
कलेजो फेरेको मान्छे २०७१ सालमा प्रकासित आत्मकथात्मक कृति हो | प्रकाशनका दृष्टिले यो लेखकको पहिलो कृति हो | प्रस्तुत कृतिमा आत्मकथाकार पुन्दारी अर्यालले जीवनमा देखे भोगेका र अनुभव गरेका तिता मिठा अनिभावालाई अन्त्यन्त कलात्मक रुपमा प्रस्तुत गरेका छन् | जीवनमा तिता मिठा अनुभवलाई योजनाबध्द रुपमा लिपिबध्द सकियो भने त्यसले कृतिको आकार प्राप्त गर्दछ | जिबन भोगाइका अनुभवहरु हरेक ब्यक्तिसंग हुन्छन तर तिनलाई समुचित व्यवस्थापन गर्ने कला सबैले प्राप्त गर्दैनन | यो कला सिमित व्यक्तिमा मात्र हुन्छ | यो यसै र यस्तै पृष्ठभूमिमा देखापरेको आत्मकथात्मक कृति हो | कृतिमा स्वदेश र प्रदेशमा देखे जानेका भोगेका र अनुभव गरेका अन्त्यन्त सुक्ष्म ढंगबाट प्रस्तुत गरिएको छ | त्यसैगरि कृतिमा स्वदेशका रुपन्देही शंकरनगर, लुम्बिनी, भैरहवा, बुटवल, पोखरा, जनकपुर, बिराटनगर, हेटौडा, बिरगंज, इटहरी, धरान, स्वयम्भु, रत्नपार्क, नारायणघाट, आदि थाउहरुको स्मरण गरिएको छ भने प्रवासमा शिकागो, लास एन्जेल्स, न्युयोर्क, बोटानिकल गार्डेन, रिजवुद, ज्याक्सन हाइट, होरोइना पार्क, म्युजियम आदि स्थानहरुको उल्लेख गरिएको छ | यी स्वदेशी स्थानहरुको स्मरणले लेखकको स्वदेश प्रति भावनात्मक सम्बन्धलाई दर्साएको छन | अर्कोतर्फ भने सात समुन्द्र पारीको बिरानो मुलुकमा लिभर सिरोसिसबात व्यतित गर्न परेको जीवनका अन्त्यन्त कष्टकर क्षणहरुमा एउटा नेपालीलाई अमेरिकाले गरेको सहयोग उनीहरुले दर्साएको मानवता र लेखकले पाएको पुनर्जन्मलाई मर्मस्पर्शी ढंगबाट प्रतुत गरिएको छ |
यसरी जीवनका आफ्ना तिता मिठा अनुभव र तिनका भोगाइलाई संयोजन गरि आत्मकथा संस्मरण लेख्ने प्रचलन आजभोली निकै बढेको छ | जवाहरलाल नेहरु, महात्म गान्धी, विश्वेश्वर प्रसाद कोइराला का आत्म वृतान्त पनि चर्चित र स्मरणीय छन् | पछिल्लो चरणमा जगदीश घिमिरेको अन्तर्मनको यात्रा, हरिबशको चिना हराएको मान्छे, बोनोद चौधरीको आत्म कथा,चर्चामा रहेको आत्मकथा कृति हुन् | यसै क्रममा अर्को आत्मकथा थपिएको छ पुन्दारी अर्यालको कलेजो फेरेको मान्छे (२०७०)
कृतिमा विभिन्न शिर्षकमा एकतिस वटा आत्मकथात्मक अभिव्यक्तिहरु छन् | जहा म पुगीरहंछु, शिशिक भ्रमण र छुकछुके रेल, अभिभारा पछी अभिभारा, उन्मुक्तिका कुराहरु, अमेरिकाको पहिलो यात्रा, फेरी अमेरिका, प्रलयका दिनहरु, मृत्युको स्पर्श, पचिसौ बिबाह उत्सब, छोरी अन्माउने हतार, कातेमाठी नुन चुक, हसिटलमा बर्थ डे, प्रेसिडेन्टअफिसको रेस्पोन्स, अत्यासलाग्दा दिनहरु, कलेजो प्रत्यारोपणको लागि हस्पिटल को फोन, कलेजोको प्रत्यारोपण, लक्स्मिका आँखामा म, दुखाकी साथि, किबोर्डमा छोरी, बाबुराम दाई, सपना अनि फेरी सपना, सहकारिता र म , रोग, कलेजिको रोग र निदान, लिभर सिरोसिस, अन्गदान, अमेरिका भित्रको नेपाल, कालको मुखबाट फर्केपछि, अन्त्यपछिको प्रारम्भ गरि एकतिसवटा विषय सुचिमा सुत्रबध्द आत्मकथाहरू हुन् | कृतिको प्रारम्भमा प्रकासकीय मन्तव्य, निलम कार्की निहारिकाको शुभकामना, प्रा. डा. कपिल देव लामिछानेको कलेजो फेरेको मान्छेमा डायस्पोराको अभिव्यक्ति, र रुद्र ज्ञवालीको अमरत्वको यात्रामा नामक मनाताव्य्को साथै मेरो पुनर्जन्मको बकपत्रशिर्षकमा पुण्डरी अर्यालका आफ्ना भनाइहरु समेटिएका छन् |
प्रस्तुत विवेच्य कृतिको कलेजो फेरेको मान्छेको सरसर्ती अध्ययन गर्दा विभिन्न शिर्षकमा आत्मकथाहरू संकलित गरिएकोले तिनको बिशय्बस्तुअमा केहि प्रिथाकपन हुनु स्वभाबिक ठहर्छ | विषयबस्तुका दृष्टिले यस भित्र पुर्ख्यौली भूमिको चित्र, अतितप्रतिको मोह, आफ्नो पारिवारिक पृष्ठभुमि, एक्लोपनको अनुभव, आध्यामिक प्रतिको आस्था जटिलरोगको प्रादुर्भाव, स्वस्ठोपचार सम्बन्धि जटिलता, त्यसबाट मुकी प्राप्त र हर्षका क्षणहरु कलेजो सम्बन्धि रोग लाग्नुको कारण २०/२२ घन्टाको सफल कलेजो प्रत्यारोपण आदिका सामाग्रीलाई प्राथमिकता दिइएको छ | कृतिभित्र उठाइएको स्वास्थोपचार सम्बन्धि प्रसंगले कृति अध्येतालाई अन्त्यन्त सम्बेदित र मर्माहत तुल्याउछ | कलेजो प्रत्यारोपण, कलेजो प्रत्यारोपणका लागि हस्पिताको फोन, कतेमाठी नुन चुक, ब्यथा फेरी बल्झियो, प्रलयका दिनहरु, मृत्युको स्पर्श आदि आत्मकथाहरुले लेखकले पुनर्जन्म प्राप्त गरेको कुराको पुष्टि गरेको पाइन्छ भने वाह अमेरिका, अमेरिका भित्रको नेपाल आदिले कथाले परदेशी हुनुको पिडा र इच्छित भूमिमा ग्यान बिज्ञान र प्रविधिले गरेको प्रगति देखेर आफु लोभिएको र आफ्नो मातृभूमि कहिले यो अबस्थामा पुग्ला भन्ने लेखकको कल्पना समेत व्यक्त गरेका छन् \ जजनी र जन्म भूमिलाई कदापि भुल्न विर्सन नसकी परदेशीय पिडा व्यक्त गरिएको छ | भौतिक सुख सुविधाले युक्त भएपनि आफन्त इष्टमित्र, नाता कुटुम्ब, बन्धु बाँधब भाषा धर्म संस्कृतिको अभावका कारण एक्लोपनको अनुभूति पोखे पनि आत्मकथाले गरेको छ |
यसै गरि आत्मकथाले आफ्नो देशको माया स्वदेशमा रहदा भन्दा बढी हुने, अरुले गरेका राम्रा कामबाट पाठ सिक्नु पर्ने , मानव सेवा अत्युत्तम सेवा भएको , नेपालि युवा बिदेशमा पलायन हुनको कारण, तिअले बिदेशमा भोगेका पिडा भावहरु प्रस्तुत भएका छन् , समग्रमा भन्दा जीवनको निजि अनुभूति , सात समुन्द्रपारिका दुख पिडा अतितका माध्यमबाट स्वदेशप्रतिको स्नेह र चिन्ता, अमेरिकिहरुले दर्साएकोप मानवता, नेपालीहरुले गरेको सहयोग र सदभाव कल्पना नै नगरेको जीवनको दुखद क्षणहरु कलेजो प्रत्यारोपणबाट प्राप्त पुनार्जिबन विधिविधान्का अभावमा नेपालमा दिगो शान्ति कायम हुन् नसक्दा राष्ट्रले बेहोर्नु परेका विविव्ध विसंगतिहरु आत्मकथाका बिषयबस्तु बनेका छन् र यिनै बिषयगत विविध सन्दर्भमा लेखाक्को दौडेको पाइन्छ |
४. निष्कर्ष:
हामीले मुटु, किदनी, बोंम्यारो, आखा, आदि शरीरका सम्बेदनशील अंगहरु फेरेका मान्छेका बारेमा धेरेई सुनेका छौ | तर कलेजो फेरेको मान्छेका बारेमा धेरै कम सुनेका छौ |प्रस्तुत आत्मकथाले शरीरको अन्त्यन्त सम्बेदनशील अंग कलेजो पनि फेर्न सकिदो रहेछा तर चां छुने अबस्थामा फेर्न सम्भव हुदो रहेनछ भन्ने कुराको स्पस्ज्त जानकारी गराइएको छ | यसका साथसाथै यस कृतिले मान्छेका टि र त्यस्ता समस्याबात यति कन्चित विचलित नहुदै धर्य र साहसका साथ् निको सामना गर्नु पर्दछ भन्ने संदेश समेत प्रवाह गरेको छ |
कृति पठनीय र संग्रहणीय छ | यसमा योग गरिएको भाषा सहज, सरल, आकर्षण र प्रभावकारी छ | कृति भित्र घतलाग्दा माननीय कथन सुक्ति रुपमा आएका छन् जस्तै समाजमा दुख प्रकट गर्दै नहिदनु , दशा लागे पछी दश थोक हुन्छ भन्छन मान्छेहरु, भाइ उमेरमा सानो हुन्छ तर हैसियतमा आफु भन्दा कहिल्यै सानो हुन्, लोग्ने को परोक्षा स्वास्नी बिरामी हुदा र स्वास्नीको परिक्षा लोग्नेको कमाइ नहुदा हुन्छ| यी कथनले जीवनको यथार्थतालाइ संकेत गरेको छन् | लेखले आफु साहित्यकार नभएको आत्म स्वीकृति जनाएपनि उनमा साहित्यको प्राभाव छ र लेखमा साहित्यिकता |
‘किर्तियस स जिवती’अर्थात कृतिले मानिसलाई जीवित र अमर बनाउदछ | कलेजो फेरेको मान्छे पुन्दारी अर्याललाइ अमर बनाउने कृतिका रुपमा पाठक सामु आएको छ | यसकालागी मेरा सहृदयी मित्र अर्याललाई हार्दिक बधाईका साथ् सुस्वास्थ्यको कामना गर्दछु |अन्त्यमा आगामी दिनमा उनका कलमबाट सशक्त कृतिहरु जन्मियुं भन्ने आशा एवं शिवेक्षा प्रकट गर्दछु |

(सिध्दार्थ नगर -६, बैक कोलोनी, रुपन्देहीमा स्थापित मुनलाइट आवासीय उच्च माध्यामिक विद्यालयको रजत जयन्ति स्मारिका २०७१, प्रकाशित स्मारिकाबाट “कलेजो फेरको मान्छे” को संक्षिप्त चर्चा साभार गरिएको हो | जसका लेखक सह. प्रा. डिल्लीराज भट्टराई हुनुहुन्छ | वहा हाल भैरहवा बहुमुखी क्याम्पस, सिध्दार्थ नगर, भैरहवामा सह. प्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ |वहा सिध्दार्थ साहित्य परिषदको वर्तमान अध्यक्ष पनि हुनुहुन्छ )

दिल्लीराज भट्टराइ

Leave a Reply