पुण्डरी अर्याल
पुण्डरी अर्याल
तपाइहरुले रोपेको जातीय राज्यको बिष वृक्षमा फल लाग्न थाल्यो | त्यो फलको सेवन गर्दै हुनुहुन्छ र गराउदै हुनुहुन्छ | जन युध्दमा धेरै प्रहरी र सर्व साधारण जनताको वली चढाउनु भएको थियो | त्यो वलिले तपाईहरुको सिध्दी प्राप्त भएन र निरन्तर वली गराउने उपाएको खोजि गरेर जातीय राज्यको चकलेटी अबधाराणा नेपालि जनतालाइ चटाउनु भयो | हो तपाईहरु सैतान हो तपाईहरु भष्मासुर हो, | तपाईहरुको मश्तिश्क जहिले पनि नेगेटिभ मात्रै चल्छ | तपाइँहरु आफुलाई कम्युनिष्ट भन्नु हुन्छ | सामन्तबाद, पुजीपतिको बिरुध्द र समानताको बिगुल फुक्नु पर्नेमा, सत्तामा पुगे पछी जुन सामन्तीपन, पुजीबटुल्ने, हुने नहुने कार्य गर्नु भयो | त्यो जनताको आखाबाट लुकेको छैन !
जहिले पनि मानव समाजमा धर्म र जात भनेको असाध्यै संबेदनशिल कुरा हो भन्ने तपाइहरुले बुझ्नु पर्थ्यो ! देश चलाउने हिम्मत गरेर तेत्रो युध्द लडन सक्ने शक्ति जमा गरेको पार्टी, धर्म र जात बिशेष भनेको कुरालाई आधुनिक बिकाशले मात्र समानता गराउन सक्छ भन्ने कुरा बुझ्नु पर्थ्यो ! तपाइहरुले नबुझेको पनि होइन तर राजशाही भत्काउन कै लागी यो संबेदनशिल कुरामा हात हाल्नु भयो | हेर्नुस देशमा आज आगो बलेको छ | यतिका बर्ष आपसमा लडेरै बिताउनु भयो | अझै पनि व्देत मनस्थितिमा हुनु हुन्छ ! भत्काउन त जसले पनि सक्छ ! तर बिग्रन लागेको कुरालाई बनाउन धेरै मेहनत गर्नु पर्छ, मेहनत गरेपनि बनाउन नसकिने हुन्छ | तपाईहरु भष्मासुर हो, शाक्त हातमा आएपछि दुरुपयोग गर्नु भयो | जसको परिणाम आजको देशको परिदृश्यले देखाइरहेको छ | माओवादीका नेताको भाउतोमा लागेर देशमा बिखन्डन निम्त्याउन संसदमा करिब पूर्ण बहुमत आएको सरकार एमाले र कांग्रेस किन हिच्किचाइ रहेको छ ? तप्पैहरु पनि गुण्डालाइ पालेर वा गुण्डाले तपाइँहरुलाई पालेर उनीहरुको खटन पटनमा काम गरिरहनु भएको छ | हिजो को चरी को मृत्युमा आशु बगाउनेहरु सत्तामा हुनुहुन्छ | तपाइँहरुले निर्दोष जनता मारिदा एक शब्द नबोल्ने तर नामी गुण्डा नाइके डन घईटे मारिदा मानवाधिकार अफिसमा धाउने वाहा ! क्या नेपालि जनतालाई बेवकुफ बनाउन जान्नुहुन्छ ? कुचाले बढार्न पर्नेलाइ बतासले लैजादा तपाईहरु मुर्छित हुन् पुग्नु भयो है ? कस्तो जनप्रतिनिधि बनाएका छौ हामि नेपालीहरुले ?अझै पनि ति नेताको समिपमा गइ फोटो खिचाएर फेस बुकमा पोस्ट गरिरहेका छौ ! वाहा हामि नेपाली ! जनताबाट विश्वास प्राप्त संसद्को बहुमतबाट संबिधान किन बनाउन खोजिदैन ? भारतको एउटा प्रदेश जत्रो पनि नभएको देशमा के को प्रदेश चाहिएको थियो र ? सानो देश धेरै जात धेरै भाषा धेरै संक्रिकृति सबैलाई राष्ट्रिय सम्पत्तिको रुपमा सरक्षित हुनु पर्थ्यो | बिगत देखि बर्तमानसम्म स्थानीय निकायमा सरकारको उपस्थिति रहेन |ससाना कामको लागि पनि काठमांडू धाउनु पर्ने अबस्था बहुदल तथा गणतन्त्र आए पछी कायमै रह्यो |सानो अधिकार पनि स्थानीय निकाएमा दिन नसकेकै कारणले स्थानीय सरकारका अंगको ठाउमा गणतन्त्रको ब्याख्या गरियो | न नेताले गणतन्त्रको परिभाषा जनतालाई बुझाउन सके न जनताले बुझेका छन् | नेपालका २ प्रतिसतले समेत सहि अर्थ नबुझेकोकुरा बिचरा आची गरेर साबुन पानीले धुन पर्छ भन्ने कुरा समेत थाहा नपाएका जनताले सहि कुरा बुझ्ने कुरै थिएन् |
कहिले जातका लागि छुट्टै राज्य बाड्दै हिडने नेता आज जनताको अगाडी जान नसकने भएका छन् | बाहुन नेताहरु खुबै जनजातीलाइ र दलित शोषित,मधेसेलाइ उन्मुक्ति दिने भनेर युद्धको रडाको गर्ने बाहुने नेताहरु तिनै मधेसे, जनजाती र दलितहरुले तिमीहरुको हुर्मत लिन थालेका छन् | तपाईहरु कुलंगार सावित भैसक्नु भएको छ | न त् तपैमा धर्म बाकि रह्यो न त इमान नै | तपाइहरुले हामीले मदमासी गर्ने छैनौ न त कसैलाई बदमासी नै गर्न दिन्छौ मात्रै भनेको र गरेको भए आज नेपाल कस्तो हुने थियो | केहि पैसाको लागि यति सुन्दर देशलाई खण्डहरमा परिणत गर्न लगाउनु भएको छ | आगो सल्कन थाले पछी जलेर भस्म हुन् कत्ति बेर लाग्दैन ! आगो सल्काउने काम गर्नु भयो | किचड़ी पाकेन बरु घर नै जल्यो | के देश जलिरहादा तपाईहरु सुरक्षित रहिरहन सक्नु होला ? आज सुरक्षाकर्मीहरुलाई जिउदै जलाउदा ति आततायीहरुलाई ठिक पार्न कमर कस्नुको सट्टा गुण्डा नाइकेहरुको न्याय खोज्दै हिंन्दा हामीले के सोच्ने ? गुण्डा नाइकेको मृत्युले शान्तिप्रेमी जनताले पुलिशको कामलाई सलुट गरेका छन् भने तपाइले उनीहरुप्रति आशु झार्दा जनता दुखि भएका छन् | तपाइहरुलाई त्यसको चिन्ता छैन किन भने तपाइँहरु त गुण्डाको बलमा मात्रै चुनाव जित्नु भएको हो ? तपाइँहरुले राजनीतिलाई बिहारी शैलीमा त लगि सक्नु भयो अब त बिहार प्रदेश मात्रै बनाउन बाकि छ ! त्यो पनि अब धेरै टाढा छैन |आज देश टुक्रयाउने उध्घोस गर्दै हिडने बिहारिहरुलाई किन छुट दिनु भएको छ ? उनीहरुलाई कारवाही गर्न पर्छ कि पर्दैन ? आगो लगाउने भरौटे बिखन्डकारी नेताहरुलाई राष्ट्र सेवक कै सुरक्षा चाहिन्छ | ति नेताहरुलाई सरकारले राष्ट्रिय ढुकुटी ख्यायर पालेको छ | हे प्रहरी हो देशलाई बिखन्डन गर्न खोज्ने नेताहरुको सुरक्षा होइन सबभन्दा पहिले तिम्रो पेस्तोल ति आतताई नेतापट्टि सोझ्याउन आबस्याक भैसकेको छ | हातमा हतियार छ, नेपालि आमामाथि बलात्कार हुदा किन टुलुटुलु हेर्नुहुन्छ ? देशलाई दुख पर्दा ज्यानको बाजी लगायर सेवा गर्ने सेवकहरु नेपालि जनताको पसिना खायर बाच्ने गद्दारलाइ नछोडनुस ! भ्रष्ट नेताहरुलाई जनताले तिरस्कार गर्नु पर्नेमा उल्टो सत्कार किन गर्दैछौ ? तराइमा पहाडियालाइ खेद्दै गर्दा नामर्द नेताहरुले अझै मदेशलाइ पहाडियामुक्त गराउन खोज्दा तपाईहरु मुख ताकेर बस्नु हुन्छ ? असली तराइबासिले कहिल्यै नेपालबाट तराइलाइ अलग्याउने कोशिश गरेनन | तर अहिले देखा परेका मदेसे नेताहरु तराइका सामन्त हुन् जमिन्दार हुन् र ति भारतका पनि हुन् तिनले तराइका सोझा गरिब जनताको शोसन गरेका छन् | अनि मदेशको शासक बन्न चाहन्छन | पैसा पाए भारतसंग बिलय गर्न पनि पछी पर्ने छैनन् | दह्रो मुटु बनाउनुस जातलाई आधार बनाएर प्रदेश बनाउन खोज्नु भयो भने ग्रिह युध्द निश्चित छ | देश आतंकबादको कब्जामा जान लागेको छ | नेपाल र नेपालिको आकांक्षा भनेको शक्ति विकेन्द्रीकरण थियो | जुन प्रजातन्त्रका हिमायतीहरुले शक्ति केन्द्रमा निहित व्यक्तिमा सिमित राखेकै कारणले यो स्थिति आएको हो | साच्चई नै हामीले देश एकताको सुत्रमा बाधने हो भने प्रदेश होइन अंचल सरकार बनाऔ !!! कुनै सिमानाको झन्झट हुदैन, न कुनैको जातको कुरा उठने छ | हिम्मत गर्नुस, देशमा प्रत्येक अन्चललाई केन्द्र सरकारको प्रदेश सरहको अधिकार दिएर हेरौ | राष्ट्रियता मजबुत हुने छ | जातीय विभेदलाइ बिकाशले मात्रै न्याय र समानता दिन सक्छ | शिक्षा मात्रैले उन्मुक्त दिन सक्छ | नियम र कानुनले दिने भए, महेन्द्र सरकारले ०१९ सालको संबिधानले जातीय छ्वा छुत उन्मुलन गरेको थियो | त्यसैले हामि भित्र भएको विभेद कायमै राखेर कहिल्यै पनि यस्ता कुरा उन्मुलन हुन् सक्दैन | यी कुराहरु छदैछन, ८० प्रतिशत हिन्दु भएको देशमा धर्म निरपक्षेता को कुरा संबिधानमा राख्न खोज्दा हिन्दुबादी जुर्मुराएका छन् | हिन्दु धर्मलाई आफ्नो संस्कृति मानेका नेपालीहरुलाई सह्य भएको छैन | यहाँ हिन्दु धर्मको सवाल भन्दा पनि हाम्रो सनातन हेरिटेजको कुरा छ यसलाई त्याग्न एक युग लाग्छ |आफ्नो भेष भुषा भाषा र संस्कृतिमा आफ्नोपन हुन्छ, मन र भावना हुन्छ | जे जसरी हिजो धार्मिक सहिस्नुता सहित देशमा हिन्दु राज्य कायम थियो | नेपाली जनताले धर्म निरापेक्षेता को लागि कहिल्यै आन्दोलित भएका थिएनन | यो जबर्जस्ति लादन खोजिएको छ | जातीय आन्दोलन शान्त नहुदै फेरी नेपालमा धर्म युध्द शुरु हुने पक्कै छ |
धर्म र जात भनेको मौरीको गोलो हो | यसलाई बिच्याएपछी माहुरी उडेर सबैलाई टोक्ने छन् | यसको उपचार गर्न सक्ने डाक्टर हुने छैनन् | यसले सबैलाई थला पार्ने निश्चत छ |
नेताले देश संचालन गर्न जाड भंग खाएर क्षणिक फाइदा र लाभ हानिको मात्र सोच्यो भने देश बर्बाद हुन्छ | अब त यस्तो लाग्दै छ हाम्रो देश असफल राज्य घोषणा हुदै छ |
अन्तमा कैलालीमा नेपाल प्रहरीमाथि गरेको बर्बर हत्याको भर्सना गर्दछु | ति आततायी आतंककारीहरुलाई कारबाहीको माग गर्दछु | ति देशका सपुतहरुलाई सलाम छ |
अस्तु

Leave a Reply