पुण्डरी अर्याल
पुण्डरी अर्याल

दोश्रो सम्बिधान सभापछी भद्र सहमतिबाट बनेको नेपालको सरकार नेपाली कांग्रेसको नेतृत्वमा एमाले संग बनेको थियो | त्यो सरकार बन्न को लागि पनि धेरै रस्सा कसी भएकै थियो | गृह मन्त्रि बामदेवलाई नदिने र अरु कसैलाई एमालेले ल्याउन पर्ने भनेर धेरै बहस भएकै हो | देशमा मूल कानुन बनाउन नसकेको अबस्था र पुरानो राजसस्था लाइ समाप्त बनाएर गणतन्त्रात्मक राज्य ब्यबस्था कायम गर्न संबिधान निर्माण गर्न नसकी पहिलो संविधानसभा भंग भएको र राजनीति भन्दा बाहिरको मान्छेलाई अर्थात देशको प्रधान न्यायधिसलाइ प्रधान मन्त्रि बनाएर मात्र दोश्रो संबिधानसभाको निर्वाचन हुन सकेको थियो | देशमा जातीय राज्य, क्षेत्रीय राज्य, धर्म निरपक्ष्य का कुरामा धेरै बहस र छल फल भैरहे, नेपाल बन्द भैरहे, मदेशले सिंगो तराईलाई प्रदेश बनाउन खोज्यो | प्रदेशको भाग बन्डामा धेरै समय खर्च्यो | नेपालको अन्त्यन्त संबेदनशिल संक्रमणकाल भएको हुनाले भारतले पनि मनग्ने नेपालमा खेल्न पायो | माफियाहरुले प्रसस्त खेले | नेताहरु बेचिने, बेच्ने खेल भैरह्यो | भारतले सबै पार्टीका नेताहरुलाई आफ्नो प्रभावमा लिई नेपालमा आत्म निर्भर हुन् नदिने र राजनीति पार्टीमा फुट बिबाद बनाइरहने नीति लियो | कांग्रेसमा बलियानेताले त्यागि नेता भन्दै गिरिजाको चाकडी गरि कांग्रसको सभापति पडकाउन सफल भएका सारिरीक कम्जोर भएका रोगि, शुशील कोइरालालाइ अघि सारी भद्र सहमति अनुसार देशको प्रधान मन्त्रि बनाइएका थिए | हेर्दा सुस्त देखिएपनि, बोलि स्पस्ट नभएपनि सबैले उनलाई त्यागि, बुध्दीजीबी, कुटनीति पारङ्गत भनेरै प्रसंसा गरिरहे | देश राम भरोसे चल्दै गयो | आसेपासेले देशलाई लुटिरहे |
मधेश आन्दोलन चर्किरहेको थियो, चर्काइएको थियो | भारतले नेपाललाई गल्याएर, थर्क्याएर, जसरि भएपनि मदेश हात पार्नु थियो , प्रत्यक्ष वा अप्रत्यक्षरुपमा अहिले उसले अन्तिम तागत लगाएर मदेशका केहि भारत परस्त नेताहरुलाइ हातमा लिई अघोषित नाकाबन्दी गरेर नेपालि जनतालाइ चाडवाडको मौकामा बिचल्लीमा पार्ने काम गर्यो | सरकार कानमा तेल हालेर बस्यो | मन्त्रीहरु संयुक्त राष्ट्रसंघमा उपस्थित भएर पनि भारतको नाङ्गो हस्तक्षेपको कुरा र अघोषित नाकाबन्दीको कुरा दरो रुपले उठाउन चाहेनन, जनता भोक सहन तयार भए, तर आफ्ना नेतालाइ खबरदारी गरि रहे | भारतसंग नझुक्नको लागि दवाव सृजना गरे, संसारका प्रजातन्त्रबादी नेपालीहरुले राष्ट्रवादको पक्षमा खनिएर लागे |
देशमा कसैले नसोचेको कुरा भयो | चमत्कार भएकै हो | संबिधान घोषणा हुनै नसक्ने अबस्था भएको थियो | भारत ढुक्क थियो, यो सम्बिधान आफुलाई नसोधिकन घोषणा हुने छैन भनेर तर त्यो संबिधान दिल्लिबाट अनुमोदन नभैकन घोषणा हुन् गयो | परिस्थिति यस्तो बन्यो कि सम्बिधान सभामा संबिधान पुगेर मतदान हुन् थालने भएपछि भारत अत्तालिएर राष्ट्रपति र प्रधानमन्त्रीका घाटि समात्न आइपुग्यो | बाबुराम सम्बिधान घोषणा गर्ने पक्षमा थिएनन, त्यस्तै रास्ट्रपति अनि प्रधानमंत्री पनि | एमाले र कांग्रस संबिधान सहमतिबाट नभई संबिधान सभाको प्रक्रियामा गै बहुमतको आधारमा प्रचण्ड र ओलीको र शुशीलले विशेष भूमिका अदा गरेर संसदमा भेटने भनि संसदमा पुगेर मतदान प्रक्रियाबाट नेपालको संबिधान अत्याधिक मत अर्थात दुइतिहाई मतले पास भयो | राष्ट्रपति स्वयम पनी संबिधान जारि गर्न तयार थिएनन् तर संसदले पास गरेपछि उनि बाध्य भए , आखिर नेपालको संबिधान जारि भएरै छोड्यो |
बाबुराम भट्टराई पार्टी र सांसद छोडेरै आतंक मच्चाइरहेका आतंककरी मदेसीको पक्षपोशक भएर कुर्ता सुरुवाल लाएर मदेश लागे | यसरि नेपालि जनताले आफ्ना नेताको मुकुण्डो खोलेको अनुहार देखा पर्न थाल्यो | भारतले नेपालि मदेशी जनतालाई उचालेर नेपालमा बितण्डा मचौदै गयो | घोषणा नगर्ने तर नाकाबन्द गर्ने | गर्दा गर्दै पारिबाट राष्ट्र सेवकलाई ढुंगा मुढा गरेर आतंक मचाउन पछी परेन | नेपालीहरु नेपालि नेताको अकर्मण्यताले विदेशभरि छरिएको अबस्था छ र ती सबैले नेपाल भारत र हाम्रा नेताको काम कारवाही हेरेर बसेकै छन् | मलाइ लाग्छ, बिदेशमा बसेर आफ्नो देशकोलागी भनेर नसोचेको कुनै दिन हुदैन कसैको पनि ! पहिले जस्तो छैन अहिले संचार माध्यमले तुरुन्तै सबै कुरा थाहा हुन् सक्छ ! सबैले थाहा पाएका छन् ? के खिचडी पाकिरहेको छ देशमा भन्ने,नेपालि जनताको घरमा भात नपाक्दै गरेको छ भने शासन सत्तामा बसेको
नेपालका संचारमन्त्रिले हिन्दि सिरियल नचलाएको भनि २४ घन्टे स्पष्टीकरण माग्दै गर्दा, भारतले नाकाबन्दि गरेको छैन भन्दै गर्दा, कुन नेपालिले बुझ्दैन र ? तिनी को हो ? बैशाख देखि तातो पानि नाका भूकम्पले ध्वस्त भएको छ, महिनौ सम्म भारतले नाका बन्दि गराइ सक्दा अर्थ मन्त्रिले भन्दै छन् तातोपानि खोल्न सरकारले काम गरेंन भन्ने मान्छे पागल हो भन्दै अन्तरवार्ता दिदै गर्दा, १ हप्तामा खोल्न सकिने सडकमा बजेट नदिएर काम नभएको खुल्न गएको छ | ५करोड सडक विभागले बजेट माग्दा रकम नदिएको कुरा जनतामा आयो | अन्तरवार्तामा मैले यति पैसा सो काममा पठाइसकेको छु भन्न सकेनन उल्टै जनता पागल भन्दा पडकिए | वास्तवमा भन्ने हो | रामशरण आफुलाई असाध्यै बिध्दान भन्ने सधै नेपालको अर्थमन्त्रि हुने तर नेपालको अर्थतन्त्रलाई ध्वस्त बनाउने मान्छे हुन् | ठुला कुरा गर्ने देशका राष्ट्रिय उद्देगलाई धरासायी बनाउने र नेपाललाई असक्षम बनाउने रोल गरेको ठहरियो | जसले नेपाली कान्ग्रेशलाई र नेपाललाई तल धकल्ने काम भयो | धेरै कांग्रेशजनहरुको भनाइ पनि यस्तै छ | बजेटमा जहिले पनि नाफा देखाएर जनतालाई जिल्ल पार्ने मात्र गरे |
जे होस् नेपालको संबिधान आएको छ | शुशील कोइरालाले संबिधान घोषणा गरे लगत्तै राजिनामा दिने र भद्र सहमति अनुसार एमालेका नेता ओलीलाई प्रधानमन्त्रि बनाउने कुरा नेपालि जन जनको जिब्रोमा थियो | संबिधान घोषणा गरेर राजिनामा दिएर सरकार नगैकन बस्ने घोषणा गरेको भए शुशील कोइरालाको नेपालको लागि अमेरिकाका राष्ट्रपति वासिंगटनको जत्तिकै इज्जत प्रतिष्ठा हुने कुरामा कुनै शंका थिएन |
कान्ग्रेशका महामन्त्रीले पूर्ण बहादुर खडकाले तपाइले पुन प्रधान मन्त्रीको पदमा उम्मेदवारी नदिनुस् भनेर बिन्ति गर्दापनि मानेनन् | यस्ले गर्दा कान्ग्र्शको छवी धुमिल हुन्छ हामीले घोषणा गरेको संबिधान लागु पनि गर्नु पर्छ भनेर भन्दा मानेनन् | पूर्ण बहादुर महामन्त्रीको पदबाट राजिनामा दिए | यता शुशिलले प्रधान मन्त्रीको पदको लागि पुन दावी गर्न पछी परेनन | साझ अबेर सम्म नउठने भएका शुशील राता राता तयार भएर उम्मेदवार भए | भारतले चाहेको थियो एमाओ पार्टी अर्थात बाबुरामका समर्थक बाट शुशीललाई भोट दिलाउने आश्वासन थियो भनिन्छ | हिजो सम्म नगदमा संबिधान बदल्नु पर्छ भन्ने मदेसे नेताहरु भोटको लागि तयार भएर आउनु भनेको के हो ? भारतको इशारामा के के खेल भैरहेको हुदो रहेछ | नेपालि जनताको मन मस्तिष्कमा शुशीलदा लाइ नेपालकै उचो मुल्याकन भएको थियो | तर त्यसलाई लत्याएर, आफ्ना शुभ चिन्तकहरुलाई लत्याएर, पार्टीका बरिष्ट शुभचिन्तकलाइ लत्याएर आफ्नो बनिसकेको प्रतिष्ठा गुमाउन कि उद्दत हुनु भयो, उहाले तितेको भएपनी त्यो प्रतिष्ठा कायम रहन सक्थेंन यो कुरा अति सर्व साधारणले पनि बुझेका थिए | वहा आफु त डुब्नु भयो पार्टीलाई समेत निकै अफ्ठ्यारो बनाएर जानु भएको छ | तर नेपालि जनताले नेताहरु मुकुण्डो खुलेको अनुहार देख्न पाए यो नेपाल र नेपालिको लागी र स्वयम नेपालि कांगेस समेतलाई खुशीको कुरो हो , अब आउने दिनमा राष्ट्रबादी शक्तिले प्रसय पाउने छन् भन्ने आश राख्न सकिन्छ |
हाम्रा नेताहरु नया दिल्लीको निर्देशनमा देशको प्रधान मन्त्रि हुने परम्परा टुटेको छ | नेपालमा भारतले २००७ साल देखि नै आफ्नो पकडमा राखेको थियो र छ पनि उनको पन्जाबाट फुत्कन खोज्दा मदन भण्डारी, राजा बिरेन्द्रको बंश नाश सम्मका घटना भएको सबैलाई जानकारी छ | भारतकै चाकरी गरेको भए ग्यानेद्र राजाले पनि गद्दी छोडन पर्दौनथ्यो भनेर भनिन्छ | हामीले पंचायतकालमा भारतले नाकाबन्दी गर्दा नेपालमा प्रजातन्त्र ल्याउनको लागि भारतले गरिदिएको सोच्यौ | चाक्सी बारिमा चन्द्र शेखरलाई ल्याएर भाषण गराएर प्रजातन्त्र ल्यायौ | हामीले भारतबाटै हतियार ल्यायौ तालिम दिलायौ, जनयुद्ध गर्यौ आफ्नैलाई मार्यौ राजालाई फाल्न १२ बुदे दिल्लीमा सम्झौता गर्यौ | राजा फाल्यौ | नेपालि जनताले जनताको लागि जनताको शुखको लागि गरेको भन्ने सम्झे तर पार्टी नेताले आफ्नो सन्ततिलाई र आफ्नो शुख सयल र लाइ मात्र प्राथमिकता दिएको भन्ने कुरा सबैले बुझेको हो |
प्रधान मन्त्रि हुनु भएका के पी ओलीले महाकाली सन्धि पास गर्न भारतको पक्षमा खुबै लडेर भिडेका थिए | उनि पनि भारतका तथा र का मान्छे भन्थे त्यति खेर !
सबै आसेपासेले वहालाई सजक बनाइ राख्न मदत गर्नु होला | जो सुकै प्रधानमन्त्रि भए पनि देशको प्रधान मन्त्रि हो | कुनै पार्टीको भन्नु पनि हुदैन, प्रधान मन्त्रीले देश र जनताको लागि कटिबध्द भएर लाग्नु पर्छ | देश र आफ्ना जनताको इज्जत शुख दुखमा, खाल गर्न समान ब्यबहार कानुन अनुसार राज्य सत्ता, जनताको खुख सयलाकै लागि लड्नु पर्दछ | वहालाई देशको यस्तो जटिल अवस्थामा प्रधान मन्त्रि हुनु भएको छ | तर जे होस् आजको आजको विषम परिस्थितिमा प्रधानमन्त्रीको पदमा आशंन हुन् पाउनु भएको छ | दिल्लीको आशिर्बाद बिना देशका जनताका प्रतिनिधिले वहालाई चुनेको छ |
वहा किडनी फेरेको मान्छे हो, वहाले मृत्युलाई नजिकबाट देखेको हुनुहुन्छ | मलाइ लाग्छ वहाले बाकि जिबन देशको लागि नेपाली जनताको आन बान शानको लागि छाती खोलेर लाग्नु हुने छ भन्ने मैले बिश्वास लिएको छु, म पनी कलेजो फेरेको मान्छे हु, यो परिस्थितिबाट गुज्रीरहदा यो संसारमा राम्रो काम गरेर जाउ भन्ने प्रवल भावना हुने गर्छ सो कुरालाई वहाले कायम राख्नु हुने छ | वहा प्रति मेरो सदभाव छ , वहाको कार्यकाल सफल होस् भारतको मान्छे हो भन्ने कुरा कसैको मुखबाट सुन्न नपरोस भन्दै वहाको कार्यकालमा भारत मुक्त नेपाल बनोस आधुनिक नेपालको जग बसोस भन्ने कामना गर्नुको साथै हार्दिक शुभकामना गर्दछु |

पुण्डरी अर्याल

१०/११/२०१५ न्यु योर्क

Leave a Reply