पुण्डरी अर्याल
पुण्डरी अर्याल

मोटापा :(obesity)

संसारमै भोकै मर्ने मानिसको संख्या भन्दा, सरिरलाइ चाहिने भन्दा बढी खानेहरु मोटापाको कारणले उमेर भन्दा चाडै मरेको भन्ने कुरा बिभिन्न पत्रपत्रिकाबाट हामीले थाहा पाइरहेका छौ | (Fact check: Bloomberg claims more people die of obesity than hunger) . अमेरिकामा यो मोटापाको प्रकोप धेरै नै छ | कोलोम्बिया युनिभर्सिटी र रोबोर्ट वुड जोन्सन फाउन्डेसनको रिसर्चले बताएको बास्तबिक तथ्यांक अनुसार पांच जना अमेरिकन मध्ये एक जना अमेरिकन मोटापाको कारणले मर्दछन | यो तथ्यांक पहिलाको भन्दा तीन गुणाले बढेको छ भनेका छन् | मोटापाको कारणले लाग्ने रोगले पिडित बिरामीहरुले अस्पतालहरु भरिएको हुन्छन |
मोटोपन शरीरमा अत्यधिक मात्रामा बोसो जमा हुने एक जटिल असन्तुलित विकार हो | यसैलाई मोटोपन वा obesity भन्दछन | मोटोपन सरिरको रुपसंग सरोकार मात्र राख्दैन, यसले त हृदय रोग, मधुमेह र उच्च रक्तचाप र अनेकन स्वास्थ्य समस्याको जोखिम बढाउछ । अत्यन्तै मोटापन ग्रस्त हुँदा हाम्रो सरिरमा स्वास्थ सम्बन्धि समस्या निम्त्यौदै छौ भन्ने कुरा बुझ्नु पर्छ |
यदि हामीले खानपिन आहार विहार, ब्यायाम आदि कुरालाई ध्यान दियौ भने यो खासैमा रोग पनि होइन यसलाई नियन्त्रण गर्न सके ठुलो समस्या आउदैन | यदि यसलाई नियन्त्रण सकेनौ | भने अनेकन रोगको घर बन्ने छ | यो खुशीको कुरा हो कि यसलाई हामी आफैले नियंत्रण गर्न सक्छौ मात्र आफ्नो खान पान र व्यवहार परिवर्तन गरेर |

लक्षण:
एक व्यक्तिको शरीर सूचकांक बी एम आई (body mass index) 30 वा उच्च छ भने मोटोपन रोग हुने संभावना बढछ । हाम्रो शरीरको तौल किलोग्राम सूचनांकलाइ आफ्नो उचाइ मीटर स्क्वायरले विभाजन गरेर निस्कने परिणाम नै बि एम आइ हो | हामीले सजिलोको लागि आफ्नो उचाइको १ इन्चले लगभग १ किलो वजन नबढाउनु उपयुक्त मानिन्छ | सो भन्दा बढी तौललाई ओभर वेटमा गणना हुन्छ |

बीएमआई वजन (body mass Index ) स्थिति
Underweight 18.5 तल
18.5-24.9 सामान्य
वजन 25.0-29.9 बढीतौल
30.0-34.9 मोटापा (पहिलो स्थिति)
35.0-39.9 मोटापा ग्रस्त (द्वितीय स्थिति)
40.0 र सो भन्दा माथि उच्च चरम मोटापा (अन्तिम स्थिति)

आफुलाई ओभर वेटको शंका लागेमा डाक्टरको सल्लाह लिनु पर्दछ |

के कारणले मोटापा रोग लाग्छ ?

हामीले व्यायाम र सामान्य दैनिक गतिविधिहरुको माध्यमबाट खर्च गरिने क्यालोरी भन्दा हामी अधिक क्यालोरीयुक्त खाना खान्छौ | यस्ले गर्दा सरिरमा क्यालोरीको संग्रह हुन् जान्छ | यो अधिक क्यालोरी बिस्तारै बोसोमा परिणत हुदै जान्छ | यसरी जति वजन बढ्दै जान्छ सरिरले अरु खानाको आबस्याकता ठान्दछ | सरिरका सेलले अरु क्यालोरी डिमाण्ड गर्न थाल्दछन | जसको परिणाम शरीर मोटापाको शिकार हुन् थाल्दछ | तर कसैको भने शरीर वजनमा आनुवंशिक र हर्मोनल प्रभावले मोटापा ग्रस्त हुन्छन | हामी धेरै सक्रिय छैनौ, त्यसैले खाएको धेरै क्यालोरी खर्च भएको छैन । हामी व्यायाम र सामान्य दैनिक गतिविधिहरुको माध्यमबाट क्यालोरी खपत गर्न सक्दैनौ | हामीले आफ्नो बानीलाई नियन्त्रण गर्न नसकेर यो मोटापा निम्त्याई रहेका छौ |

मोटापाको कारण:

हामीले व्यायाम र सामान्य दैनिक गतिविधिहरु माध्यमबाट क्यालोरी खर्च गर्नु भन्दा बढी क्यालोरी खाने र पिउनेले गर्दा मोटोपन हुन्छ। यहि कारणले अतिरिक्त क्यालोरी सरिरमा संगृहीत भै मोटोपनको अबस्थामा परिणत हुन्छ |
१. आनुवांशिक।

हाम्रो आनुबंशिया (जीन) को कारणले बोसोको भण्डारण शरीरमा हुन् जान्छ | कसैलाई आनुवंशिक predisposition छ भने खाना एनेर्जिमा परिणत नभैकन फ्याटमा परिणत हुन्छ | अंततः हाम्रो मोटापा बढन जान्छ |

२. पारिवारिक जीवनशैली:

आनुवांशिकी नभए पनि परिवारमा चलन चल्ती अनुसार खाने, जीवनशैली र गतिविधि बानीले गर्दा पनि मोटोपन बढन जान्छ । आफ्नो आमाबाबुले एक वा दुवै मोटापा देखि ग्रस्त छन् भने हामीलाइ पनि मोटापा ग्रस्त हुनुको जोखिम बढछ।
३. निष्क्रियता।
हामि धेरै सक्रिय छैनौ भने, हामीले धेरै क्यालोरी खर्च गर्न सक्दैनौ | हाम्रो व्यायाम र सामान्य दैनिक गतिविधिहरुको माध्यमबाट क्यालोरी खास घटाउन सक्दैनौ, जसको कारणले मोटापा हरेक दिन बढ्दै जाने खतरा हुन्छ | उच्च क्यालोरी पेय पदार्थ र धेरै खाना छिटो खाने, र फल र तरकारी कम खाने र उच्च क्यालोरीको आहारले वजन बढाउँछ।

४. धूम्रपान छोड्दा ।
धूम्रपान छोडदा अक्सर वजन बढने हुन्छ | यस्तो व्यक्तिलाई मोटापा बढन सक्छ। लामो समयसम्मको धुम्रपान बानीबाट मुक्त हुदा यस्तो हुन् सक्छ तर अझै धूम्रपान गर्न जारी राख्नु भन्दा आफ्नो स्वास्थ्यको ख्याल राख्नु महान् लाभ हुन्छ ।
५. गर्भावस्था |

गर्भावस्था को समयमा, महिला वजनबृधि आवश्यक हुन्छ। केही महिलाहरूमा बच्चा जन्मेपछी वजन कम कठिन हुन्छ | यो वजन महिलाहरुमा मोटापा बृधि गर्न सहायक हुन सक्छ |

६. निद्रामा कमी।

पर्याप्त निद्रामा हुने वा धेरै निद्रामा सुत्दा हर्मोनमा परिवर्तन गर्न सक्छ । यस्ले भोक वृद्धि गर्छ र वजन बृध्दि गर्न योगदान गर्न सक्छन् | जो क्यालोरी र कार्बोहाइड्रेटमा उच्च खाद्य पदार्थ, लालसा हुन सक्छ।

७. केही दबाइहरुका कारणले |।

हामी आहार विहार गतिविधि सामान्य भएपनि केही दबाइहरुले वजन बढाउन सक्छन् । यी दबाइहरु antidepressants, anti-seizer, मधुमेहका दबाइ, anti psychotic दबाइहरु, स्टेरयड र बीटा ब्लकर्स हुन् |

८. उमेर।

मोटोपन कुनै पनि उमेरमा उत्पन्न हुन् सक्छ । हाम्रो उमेर बढ्दै जादा हर्मोनल परिवर्तन हुने र अर्को सक्रिय जीवन शैली नभएपछी मोटापाको जोखिममा वृद्धि हुन्छ । यसबाहेक, आफ्नो शरीरको मांसपेशीको उमेर संग कमी हुन्छ यी परिवर्तनहरू पनि क्यालोरी आवश्यकता घटाउछ | यसले गर्दा सरिरको मेटाबोलिज्म पावर कम भै मोटोपन बध्दी हुन् थाल्दछ |

९. अन्य
शायद यस्तो Prater-Willie सिन्ड्रोम, Cushing सिन्ड्रोम, गठिया जस्ता रोगले, वजनमा बृध्दि गर्न सक्छन् ।
माथि उल्लेखित कारणले मोटापालाइ बृध्दि गर्न मद्दत गर्दछ | हाम्रो आहार, शारीरिक गतिविधि र व्यायाम, र व्यवहार परिवर्तन माध्यमबाट मोटापा रोग हुने जोखिम बाट बच्न सक्छौं।

मोटापाले निम्त्याउने रोग र समस्याहरु:

. उच्च ट्राइगलिसराइडस र कम घनत्व (एच. डी. एल. ) कोलेस्ट्रोलको मात्रा |
२. टाइप २ मधुमेह
३. उच्च रक्तचाप
४. मेटाबोलिज्म सिन्ड्रोम
५. मुटुको रोग
६. हर्ट एटाक्त
७. क्यान्सर- (सरिरका विभिन्न अंग पाठेघर, स्तन पेट, घाटि, गल्ब्लाडर,कलेजो, पेंक्रैज, मृगौला र प्रोस्टेट मा समेत क्यान्सर लाग्ने सम्भावना हुन्छ | )
८. Apnea सास फेर्न गारो हुने र सास बन्द हुन् सक्ने अबस्था |
९. महिलाको लागि स्त्री रोगका समस्या, मासिक महिना बारीमा समस्या, नन अल्कोहलीक लिभर डिजिज, हाडजोर्नी रोग र घाउ संच नहुने छालाको रोग |

मोटापा रोगले जीवनशैलीमा पार्ने प्रभाव:

१. डिप्रेसन
२. असक्तता
३. यौन समस्या
४. लाज र पछुतो
५. सामाजिक रुपमा पछौटेपन
६. कार्य क्षमतामा कमि
·
मोटापा घटाउने योजना

१. खानपिनमा परिवर्तन
साधारनतया औसत महिलालाई १२०० देखि १५०० क्यालोरी र पुरुषको लागि १५०० देखि १८०० क्यालोरी युक्त खाना उपयुक्त हुन्छ |
पहिले देखि नै भएको मोटापालाई घटाउन खानामा क्यालोरीको मात्रा घटाउदै जाने | सन्तुलित आहार गर्ने | मोटापा बढने खानाहरुलाई कुनै पनि हालतमा खान हुदैन, बन्देज गर्न पर्छ |

२. ब्यायाम र कार्यशैली चुस्त दुरुस्त गराउने |
मोटापा लागीसकेपछी अलि कडा शारिरिक ब्यायाम गर्नै पर्छ अन्यथा तौल घटदैन |
३. मोटापा हटाउने औषधी: बजारमा बिभिन्न किसिमका औषधिहरु पाइन्छ | यी औषधिहरुलाई तपाइको स्वास्थ्यको अवस्था हेरी डाक्टरको सल्लाह अनुसार मात्र लिनु होला अन्यथा लाभ हुनको सट्टा नोक्सान हुन् सक्छ |

४.मोटापा घटाउन गरिने अप्रेसन :

जब अधिक मोटापा हुन्छ र सबै उपाएले काम गर्दैन त्यसपछि यो अन्तिम उपाए हो | ति सर्जरीका नाम जानकारीका लागी यस्ता छन् @Gastric bypass surgery. @ Laparoscopic adjustable gastric banding (LAGB) @Gastric sleeve. @ Biliopancreatic diversion with duodenal switch

रोकथाम र उपाएहरु !

@ नियमित सारीरिक व्यायाम तथा योगा
@ स्वस्थ खाना र नाश्ता
@ खानापिनका लागी भोज भतेरमा जोगिनु ।
@ नियमित रूपमा आफ्नो वजन मोनिटर गर्ने |
@ लगातार सचेत हुने ।

.

बैकल्पिक उपचार
योगा: व्दिचक्रिकासन : पादवृत्तासन : अर्द्ध हलासन: चक्रासन, अन्य योगा आसन , सुर्य नमस्कार तथा कपालभाती प्राणायाम, ध्यान आदिले सहायक गर्छ |

आयुर्वेदिक औषधि: मेदोबटि, पुनर्नावादी गुग्गुलु, दिव्य मेदोहर वटी,obenyl (charak)
घरेलु:
नखाने= तारेको खाना ,दहि, महि , दुध ,गुलियो, कार्बोहाईड्रेड
खाने =करेला , लौका ,भेंडीको तरकारी ,(मसला ,तेल नहालेको )
खैरो चामल ,

हाम्रो समाजमा मोटो मान्छेलाई खाइ लाएको मान्छे भनेर चिनाइन्छ र अर्को सम्पन्न मान्छेको रुपमा लिइन्छ | तर बिकसित मुलुकमा मोटो मान्छेलाई गरिबको रुपमा हेरिदो रहेछ | जंक फुडले मान्छेको सरिरलाइ मासुको पहाड बनाएको छ | आफनै सरिरको भारि बोकेर हिडेको जस्तो लाग्छ | मोटापा धेरै रोगको जड हो | त्यसैले पनि यसलाई हल्का रुपमा नलिउ | समयमै ख्याल गरे धेरै जसो रोग लाग्नबाट जोगिन सकिन्छ | रोग लागिसकेपछि पछ्ताउनु भन्दा अगाडी नै सचेत हुनु श्रेयकर हुने छ भनेर यसको बारेमा बिस्तृत व्याख्या गर्न खोजेको हुँ |

पुण्डरी अर्याल
पुण्डरी अर्याल

श्रोत: mayo clinic, webMD and common diseases of human and other sources.

·

Leave a Reply