अध्याय-१
धृष्टराष्ट्र उवाच
धर्मक्षेत्रे कुरूक्षेत्रे समवेता युयुत्सव:|
मामका:पान्डवाश्चैव किमकुर्वत सन्जय||१||
संजय उवाच
द्रष्ट्वा तु पाण्डवानीकं व्युढ़म् दुर्योधनास्तदा |
आचार्यमुपसंगम्य राजा बचनमब्रवित् ||२||
पष्येताम् पान्डुपुत्राणामाचार्य महतीम् चमुम् |
व्युढाम् द्रुपद्पुत्रेण तव शिष्यण धीमता ||३ ||
अत्र शुरा महेष्वासा भिमार्जुनसमा युधि |
युयुधानो विरटश्च द्रुपदश्च महारथ : ||४||
धृष्टकेतुश्च्कितान: काशिराजश्च विर्यवान् |
पुरुजित्कुन्तिभोजश्च शैब्यश्च नारापुंगव: ||५||
युधामन्युश्च विक्रान्त उत्तमौजाश्च विर्यवान |
सौभद्रो द्रोपदेयाश्च सर्व एव महारथा: ||६ ||
अस्माकंतु विशिष्टा ते तान्निबोध व्दिजोत्तम |
नायका मम सैन्यस्य संज्ञार्थ तान्ब्रवीमी ते ||७||
भवान्भिष्मश्च कर्णश्च कृपश्च समीतिम्जय: |
अश्वस्थामा विकर्णस्य सौमदत्तिस्तथैव च ||८||
अन्य च बहाव: श्वुरा मदर्थे त्यक्तजिविता 😐
नानाशस्त्रप्रहरणा: सर्वे युध्दविशारदा: || ९||
अपर्याप्तं तदस्माकं बलं भिश्माभीरक्षितम् |
पर्याप्तं त्विदमेतेषाम बलं भीमाभिरक्षितम् ||१०||
अयनेष च सर्वेशु यथाभागम्वस्थिता: |
भिश्ममेवाभिरक्षीतम् भवन्त: सर्व एव ही||११||
तस्य संजयन्हर्ष कुरूबृध्द: पितामह:|
सिंहनादं विनद्धोच्चै: शंख दध्मौ प्रतापवान् ||१२||
तत: शंखाश्च भेर्यश्च पणवानाक्गोमुखा: |
सहसै वाभ्यहन्यंन्त स शब्दस्तुमुलोअभावत् ||१३||
तत: श्वेतैर्हयेयुक्ते महती स्यन्दने स्थितौ |
माधव: पान्डवाश्चैव दिव्यौ शंखौ प्रद्ध्मतु : ||१४||
पान्चजन्यं हृषिकेशो देवदत्तं धनन्जय |
पौण्ड्रम् दध्मौ महाशंखम् भिमकर्मा वृकोदर:||१५||
अनन्त विजयम् राजा कुन्तिपुत्रो युधिष्ठिर: |
नहकुल: सहदेवश्च: सुघोषमणिपुष्पकौ ||१६ ||
काश्यश्च परमेश्वास: शिखण्डी च महारथ: |
ध्रिष्ट्धुम्रो बिराटश्च साटीकिश्चापराजिता ||१७||
द्रूपदो द्रौपदेयाश्च सर्वश: पृथिवीपते |
सोभद्रश्च महाबाहु: शंखान्दध्मु पृथक्पृथक् ||१८||
स घोषो धार्तराष्ट्राणाम् हृदयानी व्यदारयत् |
नभश्च पृथीविम् चैव तुमुलोअभ्यनुनादयन् ||१९||
अथ व्यवस्थितान्दूष्टवा धार्तराष्ट्रान्कपिध्वज: |
प्रवृत्ते शश्रसम्पाते धनुरुधम्य पाण्डवा : ||
हृषिकेशम् तदा बाक्यमिदमाह महिपते ||२०||
अर्जुन उवाच
सेनयोरुभयोर्मध्ये रथम् स्थापय मेअच्युत |
यावादेतान्नीरीक्षेअहम् योद्धुकामान्वस्थितान् ||२१||
कैर्मया सह योध्दव्यम्समीन्रणसमुधमे ||२२||
योत्स्यमानानवेक्षेअहं य एतेअत्र समागता 😐
धार्ताराष्ट्रस्य दुर्बुध्देर्युध्ये प्रियचिकिर्षव:||२३ ||
संजय उवाच
एवमुक्तो हृषीकेशो गुडाकेशेन भारत |
सेनायोरुभयोर्मध्ये स्थापयित्वा रथोत्तम् ||२४||
भिष्मदोणप्रमुखत: सर्वेषाम् च महिक्षिताम |
उवाच पार्थ पश्येतान्समवेतान्कुरुनिती ||२५||
तत्रापश्यत्स्थितान्पार्थ: पितृनथ पितामहान |
आचार्यान्मातुलान्भ्रात्रिन्पुत्रान्पौत्रान्सखिंस्तथा |
श्वसुरान्सुहृदश्चैव सेनायोरुभयोरपी ||२६||
तान्समीक्ष्य स कौन्तय: सर्वान्बन्धुनवस्तितान |
कृपया परयाविष्टो विषीदन्निदमब्रवित् || २७ ||
अर्जुन उवाच
दृष्टवेमं स्वजनं कृष्ण युयुत्सूम् समुपस्थितम् |
सिदन्ति मम गात्राणइ मुखम च परिश्रुष्यति ||२८||
वेपठथुश्च शरीरे मे रोमाहर्षश्च जायते |
गान्डिवं स्रंसते हस्तात्त्वक्वै परिदह्यते ||२९||
न च शंकोम्यवस्थातुम भ्रम्तिव च मे मन: |
निमित्तांनी च पश्यामी विपरितानी केशव ||३०||
न च श्रेयोअनुपश्यामी हत्वा स्वजनमाहवे |
न कांक्षे विजयं कृष्ण न च राज्यं सुखानी च ||३१||
किं नो राज्येन गिविंद किं भोगैर्जीवितेन वा |
येषामर्थे कांक्षितं नो राज्य भोगा: सुखानी च :||३२||
त इमेवस्थिता युद्धे प्राणांस्त्याक्तत्वक्ता धनानि च |
आचार्य: पितर: पुत्रास्तथैव च पितामहा: ||३३||
मातुला: श्वशुरा: पौत्रा: श्याला: सम्बन्धिनस्तथा |
एतान्न हन्तुमिक्ष्यामी घ्रतोअपी मधुसूदन ||३४||
अपि त्रैलोक्यराज्यस्य हेतो: किं नु महिकृते |
निहत्य धार्तराष्ट्रान्न: का प्रीति: स्याज्जनार्दन ||३५||
पापमेवाश्रयेदस्मान्हत्वैतानाततायिन : |
तस्मान्नार्हा वयं हन्तुं धार्ताराष्ट्रान्सबान्धवान् |
स्वजनं हि कथं हत्वा सुखिन: स्याम माधव ||३६||
यद्यप्येते न पश्यन्ति लोभो पहत चेतस: |
कुलाक्षयकृतं दोषं मित्रदोहे च पातकम् ||३७||
कथं न ज्ञयेमस्माभि: पापादस्मान्निवर्तितुंम् |
कुलक्षयकृतं दोषं प्रपश्यभ्दिर्जनार्दन ||३८||
कुलक्षय पणश्यन्ति कुलधर्मा: सनातन: |
धर्मेनष्टे कुलं कृत्न्समधर्मोअभिभ वत्युत ||३९||
अधर्माभिभवात्कृष्ण प्रदुष्यन्ति कुलस्त्रिय: |
स्त्रीषु दुष्टासु वाष्णेय जायते वर्णसंकर ||४०||
संकरो नरकायैव कुलन्घानां कुलस्य च |
पतन्ति पितरो ह्येषाम् लुप्तपिन्ड़ो दकक्रिया: ||४१ ||
दोषैरेतै: कुलन्घानां वर्णसंकरकै: |
उत्साद्धेन्ते जातिधर्मा: कुलधर्माश्च शाश्वता:||४२||
उत्सन्नकुलधर्माणाम् मनुष्याणाम् जनार्दन |
नराके नियतं वासो भवतित्यनुश्रुश्रम ||४३||
अहो बत मह्त्पापं कर्तुं व्यवसिता वयम् |
यद्राज्य सुख लोभेन हन्तुं स्वजनमुद्यता: ||४४||
यदि मामप्रतिकारमशस्रं शास्रपाणय:|
धार्तराष्ट्रा रणे हन्युस्तन्मे क्षेमतरं भवेत् ||४५||
संजय उवाच
एवमुक्तार्जुन: संखे रथोपस्य उपविशत् |
विसृज्य सशरं चापं शोकसंविन्गमानस: ||४६||
अर्थ: धृतराष्ट्रले संजयलाई भन्छन हे संजय धर्मभूमी कुरुक्षेत्रमा युध्दको लागि तम्तयार मेरा र पान्डुका पुत्रहरुले के के गरे ?
संजयले राजालाई भने:- यस समयमा राजा दुर्योधनले पान्डबका व्युह रचानायुक्त सेना देखेर द्रोणाचार्यसंग गएर भन्दछन हे आचार्य ! तपाईका बुध्दिमान शिष्य द्रुपद पुत्र धृष्टधुम्नले निर्माण गरिएको ब्यूह ब्यबस्थापनमा खडा भएका पाण्डु पुत्रका बिशाल सेनालाई हेर्नुस |यी सेनामा अर्जुन र भिम समान ठुला ठुला धनुर्धर बिरहरु सात्यकि, विराट र महारथी द्रुपद पनि छन् | धृष्टकेतु चेकितान , बलवान काशीराज , पुरुजित ,कुन्तिभोज , मनुष्यमा श्रेष्ठ शैव्य पनि पाण्डवका सैन्यमा सामेल छन् | पराक्रमी युधामंयु , बलवान उत्तमौजा, सुभद्रापुत्र अभिमन्यु र द्रौपदीका पाचैवटा छोरा र सबै बलवान र महारथी छन्, दुर्योधनले आफ्ना सेनापति लाइ भन्छन | हे ब्राह्मण श्रेष्ठ ! तपाइको जानकारीको लागि मेरो पक्षका सेनापतिहरुको को को छन् मैले तपाईलाई भन्छु, , एक त तपाइँ स्वयं हुनुहुन्छ , अनि पितामह भिष्म ,त्यस्तै कर्ण , गुरु कृपाचार्य ,अश्वस्थामा , विकर्ण, र सोम्दत्तका पुत्र भुरीश्रवा, अरु धेरै सुरवीरहरु आधुनिक हतियारले युक्त भएर मेरै लागि आफ्नो जिबन समर्पण गरेका सम्पूर्ण सेना पनि युध्दको चतुर खेलाडी छन् | पाण्डवका भिमव्दारा सेनालाई ध्यानपूर्वक गरिएको रक्षा सिमित छ | भीष्म पितामहबाट रक्षित हाम्रो सेना अपार शक्तिशाली छ | त्यसैले आ-आफ्नो मोर्चामा रहदै भीष्म पितामहलाई सबै तिरबाट रक्षा गरौ | यसरी दुर्योधनले द्रोणाचार्य समक्ष्य सुनाएको बचन सुनेपछि कौरवमा सर्वश्रेष्ठ प्रतापी बृध्द भिष्मले दुर्योधनलाई हर्षित पार्ने गरि गर्जदै शिंह नाद गरि शंख फुके |
त्यसपछि एकै चोटी शंख ,मृदंग आदि बाजा बज्न थालेर भयानक आवाज गुन्जमान भयो |
त्यस्तै सहस्र स्वेत घोडायुक्त अति उत्तम रथमा विराजमान भएका भगवान श्रीकृष्ण र अर्जुनले पनि अलौकिक शंख बजाए | भगवान श्रीकृष्णले पान्चजन्य नामक , अर्जुनले देवदत्त नामक शंख बजाए र बलाशाली भीमसेनले पौण्ड्र नामक महाशाखा बजाए | कुन्तिपुत्र राजा युधिष्ठिरले अनन्तविजय नामक शंख र नहकुल र सहदेवले सुघोश र मणिपुर नामक शंख बजाए | त्यस्तै काशीराज , महारथी शिखण्डी , धृष्ट धुम्न , बिराट , अजेय ,सात्यकी तथा राजा द्रुपद र द्रोपदिका पांच भाइ साथै बलवान हात भएका सुभद्रा पुत्र अभिमन्यु यी सबैले आ-आफ्नो अलग अलग शंख बजाए |
तत्पश्चात धृतराष्ट्रका पुत्र कौरवहरुले पनि गगनभेदी शंखनाद गरि आकाश र धरतीलाई कम्पन गराएर हृदय विदारक शब्दायमान गराए | हे राजन यसपछि कपिध्वज अर्जुनले उभिएर धृत राष्ट्रका पुत्रहरुलाई हेरे अनि यो बेला धनुष उठाएर् ऋषिकेश श्रीकृष्ण महाराज संग भन्दछन हे कृष्ण ! हे अच्युत मेरो रथलाई दुवै सेनाको बिचमा लगेर खडा गरिदिनुस | ताकी यो महा भारतमा युध्द चाहना राख्ने वा युध्दको कामना गर्ने लाइ र यो युध्द ब्यापारमा मैले क- कससँग युध्द गर्न लायक छन्, दुर्बुध्दीमति भएको दुर्योधनको युध्दलाई बिजय बनाउन चाहने जो जो राजाहरु यी सेनामा छन् तिनीहरुलाई हेर्ने छु भनेर अर्जुनले भन्दछन | संजयले धृतराष्ट्रलाइ भन्छन: यतिबेला भगवान श्रीकृष्णले उक्त भब्य रथलाइ भिष्म , द्रोणाचार्य , र सम्पूर्ण राजाहरुको सामुन्ने खडा गरेर युध्दका लागि तम्तयार भएका यी कौरवहरुलाई हेर अर्जुन ! भनेर भन्नु भएको छ | तत्पश्चात अर्जुनले दुवै सेनामा उपस्थित भएका पिताको भाइहरु पितामह , आचार्य गुरुहरु, भाइका छोराहरु, मामाहरु,नातिहरु, ससुरालिहरु, आफना सुह्रिदयि मित्रहरु देख्छन | यसरि युध्दका भूमिमा उपस्थित सम्पूर्ण बन्धु बान्धवहरु देखेर अन्त्यन्तै भावुक करुणायुक्त भै कुन्ती पुत्र अर्जुनले शोक गर्दै यसो भन्छन , हे कृष्ण ! यो युध्द लड़नको लागि इच्छुक स्वजन समुदायहरुलाई देखेर मेरा सबै अंगहरु शिथिल हुदै मुख सुख्दै आयो | शरीर कम्पमानका साथै स्तब्द रोमान्चक हुदै मेरा हातबाट गाण्डिव झर्दैछ, शरीर तप्त हुदै छ र मेरो मन भ्रमित भैरहेको छ ,त्यसैले त्यसैले हे कृष्ण म यहा खडा हुन् पनि सकिरहेको छैन | हे केशव सबै लक्षणले बिपरित कुरा मात्र देख्दछु, युध्दमा आफ्ना कुललाई मारेर कल्याण देख्दिन | हे कृष्ण , मलाइ विजय चाहिदैन, म राज्य र राजशुख पनि चाहन्न | हे गोविन्द, मलाइ यो राज्य र राजसी भोग मेरो जिवनमा के प्रयोजन छ ? किनकि हामीलाई जुन राज्य,शुख र बैभव जसको लागि चाहिएको तिनै जन गुरुजन, काका, दादा, मामा, ससुरा, नाति, साला, तथा सम्पूर्ण आफंन्तहरु आफ्नो धन र जीवनको आश मारेर युध्द भूमिमा खडा भएका छन् | त्यसैले हे कृष्ण,हे मधुसुदन!राज्यको कुरै छोडौ |मलाइ तिनै लोकको राज्य पाइन्छ भने पनि वा सुखभोग पाइन्छ भनेपनि म यिनीहरुलाई मार्न चाहन्न |हे माधव धृतराष्ट्रका पुत्रहरुलाई मारेर हामीलाई के प्रशन्नता हुन्छ र !यी आततायीहरुलाई मारेर त हामीलाई पाप मात्रै लाग्ने छ | आफ्ना बान्धव धृतराष्ट्रका पुत्रहरुलाई मार्न म योग्य छैन किन कि आफ्नो कुटुम्बहरुलाई मारेर म कसरि सुखी हुन् सक्छु ? यद्यपी यिनीहरु लोभबाट भ्रष्ट चित्त भएका कुललाई नाश गर्न उद्दत र मित्रहरुलाई बिरोध र धोकाघडी गर्न नचुक्नेहरु पापलाई देख्दैनन ! हे कृष्ण, कुलनाशक दोषलाइ जान्ने हामीहरु त किन यस पापबाट हटन बिचार किन नगर्ने, किन नसोच्ने ! यसकोलागि बिचार गर्ने पर्छ | किन भने कुलको नाश भयो भने सनातन कूलधर्म नाश हुन् जान्छ, धर्मको नाश भए पापले हामीलाई थिच्ने छ | पाप बढे पछी कुलका स्त्रीहरु दुषित हुने छन् र स्त्री दुषित भएर वर्णसंकर जन्मन्छन | यी वर्णसंकरहरु कुलाघाती र कुललाई नरकमा लैजानको लागि हुन् ,यिनहरुबाट प्राप्त जल र पिण्डले पितृलोक पनि निचो हुनेछन | यी वर्ण संकर दोष कै कारणले कुल्घातिहरुको कुलधर्म र जातिधर्म नष्ट हुन जान्छ | हे जनार्दन ! नष्ट भएको कुलधर्मावाला मनुष्य अनन्त कालसम्म नरकको बास हुन्छ भन्ने कुरा सुनेको छु |
अहो हामि बुद्धिमान भएर पनि राज्य सुख भोगको लोभले आफ्ना कुललाई बिनास गर्न उद्दत भएका छौ , मलाइ अपशोस छ | शस्त्रधारी धृतराष्ट्रका पुत्रहरुले यदि म निसश्त्र हुदा कुरुक्षेत्रमा मारे भने पनि मेरो लागि अन्त्यन्तै कल्याणकारी हुने थियो |
(कुरूक्षेत्रमा घटेका प्रत्येक सजिव बर्णन धृतराष्ट्रलाइ संजयले श्रीकृष्णबाट प्राप्त दिव्यदृष्टिको माध्यमबाट अध्याय-एक:मा संजयले सुनाएको दृश्य बर्णन हो )