भागवतगिता अध्याय ९ को नेपालीमा भावार्थ :
इर्ष्या रहित भक्त तिमीलाई बिज्ञान सहितको गोप्य ज्ञान बताउने छु, जसलाई जानेपछि तिमि सबै अशुभबाट मुक्त हुने छौ | यो बिज्ञानसहित ज्ञान समस्त विद्याको राजा हो र प्रत्यक्ष अनुभवबाट थाहा हुने सबै गोपनीय ज्ञानको पनि राजा हो | यो ज्ञान धर्म अनुकुल छ, अतिशुध्द, अतिश्रेष्ठ र गर्न लायक छ | यो ज्ञान बुझ्न सजिलो, गर्न सजिलो छ र अबिनाशिनी छ | हे परन्तप अर्जुन ! जो मनुष्य यस धर्म प्रति श्रध्दा गर्दैन त्यसले मलाइ प्राप्त गर्न सक्दैन र सदा मृत्युरुप संसार चक्रमा घुमिरहन्छ | यो सम्पुर्ण जगत अब्यक्तमुर्ति म बाट व्याप्त छ | समस्त प्राणिजगत मेरो संकल्पको आधारमा म मा अबस्थित छन् तर म तिनमा स्थित छैन | सबै प्राणीहरु म मा रहेका पनि छैनन् | मेरो इश्वरीय योगशक्तिलाई हेर जबकी प्राणिहरु उत्पन्न गर्ने र भरण पोषण गर्ने भएर पनि मेरो आत्मा तिनमा छैन र तिनमा निवास गर्दिन | जसरि सबैतिर चल्ने महान वायु आकाशमा नित्य रहेको हुन्छ | त्यसरीनै सम्पूर्ण प्राणि म मा नै स्थित छन् भन्ने तिमीले बुझ | हे कुन्तिपुत्र ! कल्पको क्षय भएपछी सारा प्रानिजगत मेरो त्रिगुनिमय प्रकृतिमा लिन हुन्छन र कल्पको प्रारम्भमा मैले नै फेरी तिनीहरुलाई सृष्टि गर्दछु | प्रकृतिको वशमा परेर पराधिन यो समग्र प्राणी जगतलाइ आफ्नो प्रभृति मायाशाक्तिलाई अंगालेर बारंबार रचना गर्छु | हे अर्जुन म ति कर्ममा आसक्त छैन उदासिन जस्तो मात्र देखिएको छु | र कर्महरुले म परमेश्वर लाइ बन्धनमा पार्दैनन | हे कुन्तिनन्दन ! म अध्यक्ष्य भएको त्रिगुनामयी प्रकृतिबाट चर अचर सहित समस्तजगतको श्रीष्टि हुन्छ | यसैकारणबाट जगतको परिबर्तन भैरहंन्छ | मेरो परम दिब्यभावलाई नजान्ने मुढ (मुर्ख) मनुश्यहरुले सामान्य मनुस्यको रुपधारण गरेको भनि म सम्पूर्ण प्राणीजगतको इश्वरलाई तुच्छ सम्झी अपहेलना गर्दछन । उनीहरु व्यर्थको आशा, व्यर्थको कर्म गर्ने, व्यर्थ र बिबेकहिन ज्ञान भएका अज्ञानीहरु मानिसलाई आकर्षित पार्ने राक्षसी र आसुरी प्रवृति धारण गर्दछन ।
हे पार्थ ! दैवी प्रकृतिमा आश्रित र अबलम्बन गरेका महात्माजनहरु चाहि म (बासुदेव) परमेश्वर लाइ सबै मनुष्यले सनातन र अनश्वर अक्षरस्वरूप आदिकारण जानेर एकाग्र अनन्यभावले मलाइ नै भज्दछन । दृढ निश्चयवान भक्त सदा मेरो नाम र गुणको गुनगान भजन गर्दै मलाइ(परमेश्वर) नै प्राप्त गर्न मलाइ नै नित्य नमन गर्दै ध्यानमग्न भएर अनन्य प्रेमभावले मेरो उपासना गर्दछन । मेरा भक्तजनले ज्ञान रूप यज्ञ व्दारा ध्यान गर्दै परब्र्ह्मा परमात्मा एकत्वभावसहित मेरो उपासना गर्दछन र एकखाले मनुस्यहरु धेरै प्रकारले स्थित मेरो बिराट स्वरुप परमेश्वरलाई फरकभावले उपासना गर्दछन । म नै कर्ता हुँ, म यज्ञ हुँ , म नै स्वधा हुँ , म औषधि हुँ , घ्रित हुँ , म नै अग्नि हुँ र हवनरूप क्रिया पनि म नै हुँ ।समस्त जगतको उत्पन्न गर्ने पिता, जन्मदात्री माता र धारनपोषण गर्ने धाता र म हुँ पितामह बाजे पनि म हुँ । ज्ञान पनि म हुँ , पवित्र ओमकार अक्षर र ऋग्वेद, साम्बेद, तथा यजुर्बेद पनि म नै हुँ । प्राप्त योग्य परम्गति अर्थात परम धाम पनि म हुम् , भरण पोषण गर्ने भर्ता सबका स्वामी पनि म नै हुम, सबै कुरा देख्न र थाहा पाउने साक्षी र सबैले शरण लिन योग्य बासस्थान निवास पनि म नै हुँ । सबैको हित गर्ने, जगतको उत्पत्ति प्रलय स्थितिका आधार र निधान र अबिनासिनी कारण पनि मै नै हुम । हे अर्जुन म नै सुर्यरूपमा ताप हूँ , मैले नै पानीलाई शोषण गर्दछु र बादल बनाएर बर्षात ब्रिष्टि गराउछु । म नै अमृत हूँ र म नै मृत्यु हुँ, मै नै सत् , असत पनि हुँ । जो व्यक्ति तिनै बेदलाई जानेर बेदोक्ति कर्म गर्दछ र सो को सोमरस पान गर्दछ । त्यस्ता कर्म योगीले यज्ञव्दारा मलाइ पुजा अर्चना गरि स्वर्गको चाहना गर्दछ । त्यो व्यक्ति आफ्नो कर्मको फल प्राप्त गरि स्वर्गमा देवताको दिब्यभोगा प्रात गर्दछ ।
यज्ञ कर्म गर्ने मनुष्यले आफ्नो पुन्यकर्मफल स्वरुप स्वर्गमा भोग गरि पुन्य समाप्त भै पुन मृत्युलोकमा नै प्राप्त गर्दछन ।अत: सकाम कर्म गर्नेहरु पून्यको प्रभावले स्वर्गमा जाने र पून्यको क्षीण भएपछी पुन मृत्युलोकमा फर्किन्छन । जो मेरा अनन्य भक्त छन् तिनले निश्कामले निरन्तर मलाइ नै भज्दछन र चिन्तन गर्दछन त्यस्ता भक्त जनको योग र क्षेम अर्थात पुन्यकर्मफलको सरक्षण जिम्मा पनि मैले नै वहन गर्दछु ।हे अर्जुन ! जो मनुष्यले यद्यपि अन्य देवतालाइ अनन्य भाव श्रध्दाले पुजा अर्चना गर्दछन, तिनीहरुले पनि अन्तत मलाइ नै पुजेका हुन्छन । किनकि सम्पूर्ण यज्ञको भोक्ता र स्वामी नै मै हुँ । तर ति भक्तजनले म परमेश्वर भनेर यथार्थ रुपले यो तत्व जान्दैनन् र ति च्युत हुन् गइ जन्ममरण भवसागरको चक्रमा परिरहंछन । देवतालाई पुजन गर्ने भक्तले देवतालाई नै प्राप्त गर्दछन र पितृ पुजन गर्नेहरु पित्रिलाइनै प्राप्त गर्दछ । भुतलाइ पुजन गर्नेले भुतप्राणिलाइ प्राप्त गर्दछन भने मलाई पुजन गर्ने मेरा भक्तजनहरुले मलाइ नै प्राप्त गर्दछन । परमेश्वरको भक्ति नै सर्बोकृष्ट छ ।
मेरा भक्तले प्रेमपुर्बक पत्र फुल, फल र जलले अर्पण गर्दछ त्यस्ता पवित्र चित्त बुध्दि भएका भक्तले प्रेमपुर्बक अर्पण गरिएको पत्रम पुष्पम फललाई प्रेम पुर्बक ग्रहण गर्दछु । हे अर्जुन तिमीले जुन कर्म गर्दछौ । जुनसुकै कुरा भोगगर्दछौ । जे खान्छौ, जे दान दातव्य गर्दछौ, जे जसको पुजन गर्दछौ सबै कुरा मलाइ अर्पण र समर्पण गर । यस प्रकार सबै कर्म र फल मलाइ अर्पण गर्नाले शुभ र अशुभ अर्थात पाप पुन्यका फल दिने कर्मरूप बन्धनबाट मुक्त हुने छौ । तिमीजस्तो सन्यास योग युक्त चित्त भएको पुरुषले कर्मबन्धन्बाट मुक्त भै मलाइ नै प्राप्त गर्दछौ । म सबै प्राणि समुदायमा सम छु समभाव व्यापकतामा रहेकोछु । मेरो अप्रिय कोइ छैन र प्रिय पनि कोइ छैन तर जो कोइ भक्त मलाइ प्रेमले भज्दछ, तिनीहरु म मा छन् र म पनि तिनमा छु । यदि अन्त्यन्त दुराचारी व्यक्ति पनि अनन्य भक्तिभावले मलाइ भज्दछ भने त्यसलाई साधु वा धर्मात्मा मान्नु पर्दछ किनकि त्यो व्यक्ति ले निश्चय गरि उपयुक्त काममा लागेको हो, अर्थात निश्चयगरेर नै परमेश्वरको भजन गर्न लागेको हो । त्यस्ता व्यक्ति चांडै नै धर्मात्मा बन्दछ र उसले निरन्तर रहने चिरस्थायी परम्शान्ति प्राप्त गर्दछ । हे कुन्ती नन्दन ! तिमि यस कुरामा निश्चित हौ कि मेरा भक्त कहिल्यै नाश हुने छैनन् ।
हे अर्जुन ! स्त्री, पुरुष, वैश्य , शुद्र तथा पापयोनिमा जन्मेका चान्डाल जो कोइ पनि होस् जो मेरो शरणमा आउदछन ति सबै परम गतिमा प्राप्त गर्दछन । पवित्र कुलमा जन्मेका ब्राह्मण तथा राजर्षी पनि मेरै शरण लियर मात्रै परम गति प्राप्त गर्दछन । त्यसैले दुखमय र क्षण भंगुर यस मनुष्य जुनी भएर पनि निरन्तर मलाइ नै भज । मलाइ नै मनमा बसाउ, मेरो भक्त बन, मेरो पुजा अर्चना गर्ने वाला होउ, मलाइ नै साष्टांग प्रणाम गर । यसप्रकारले आत्मामा मलाइ धारण गरेर मेरै भक्त बनि म मा तल्लिन भएर नै तिनीले मलाइ प्राप्त गर्न सक्दछौ ।
ओम इति तत्सदिती श्रीमद्भागवत्गितासुपनिषत्सु ब्रह्मविध्यायां योगशास्त्रे श्री कृष्णार्जुन सम्बादे राज बिध्याराजगुह्ययोगो नाम नवमोअध्याय : ।।९॥