pundary aryal
pundary aryal

काडा बीच फुल्ने फुल रैछ जीवन
आस्था बीच बाच्ने जीव रैछ जीवन
भरोसा त क-कसको गर्दै हिडु म
बिश्वास भित्र बाच्ने जीव रैछ जीवन
आशा,भरोशा र बाच्ने कडी रहेछ
विश्वासमा बाच्ने जीव रैछ जीवन
दुख त जीवनमा कसलाई हुन्न र !
दुखमा खुशी खोज्ने जीव रैछ जीवन
इश्वर निराकार हुदो रैछ आत्मामा
आखिर इश्वर मान्ने जीव रैछ जीवन

०१/२७/२०१५

Leave a Reply