पुन्डरी  अर्याल
पुन्डरी अर्याल

लुकी लुकी तिमीमा नजर मैले डुलाए
हसिन मुहार तिम्रो नजर मैले डुलाए

पहिलो प्रेमको लप्को, सल्यो यो मेरो मनमा
मिठो बोलि चन्चले आखा नजर मैले डुलाए

प्रेम प्रस्ताव कसरी राखु, प्रेमको खुलाशा नगरी
भित्र भित्रै प्रेम उर्लेर आएछ नजर मैले डुलाए

के छ तिमीमा त्यस्तो, मेरो मन थामिएन
झन् झन् गाढा हुदै छ माया मन मैले भुलाए

अब त तीमी बिना,सोच्नै सक्दिन यो जिबन
तिमीसंग प्रेम उजागर गर्न आजै मैले बुलाए

स्विकार यो रातो गुलाफ, प्रेम प्रस्तावको रुपमा
जिन्दगि सुमधुर पार्न प्रेम प्रस्ताब मैले खुलाए
लुकी लुकी तिमीमा नजर मैले डुलाए

प्रेम दिवशको लागि:

०१/३०/२०१५

Leave a Reply