पुन्डरी  अर्याल
पुन्डरी अर्याल
.

गरिबलाई देखाएर धन कुम्ल्याउने नेतालाई के भन्ने
भोट दिने गलत गरे चोट नदिने जनतालाई के भन्ने
छलछाममै दुनिया मस्त छ, नैतिकका कुरा कल्ले सुन्ने
यस्ता कुरा नि सजिलै नबुझ्ने तपाइँ हामीलाई के भन्ने

छल्न सक्ने नै बरिष्ट बन्छ, हाम्रा कुरा कल्ले सुन्ने
बुझ्नेले कुरा नबुझे पछी, उनीलाई हाम्ले के भन्ने

दिनलाई रात बनाउनेहरु, रातारात मौलाउने गर्छन
थाहा पाए पनि हो हो मिलाउनेलाइ हाम्ले के भन्ने

इमान र नैतिकता बोक्नेहरु दिनदिने भासिने गर्छन
गर्न नसके भ्रष्टलाई कारवाही अनि कसलाई के भन्ने

Leave a Reply