पुण्डरी अर्याल-
पुण्डरी अर्याल-

शान्ताकारम भुजकसयम पद्मनाम सुरेसम
विश्वाधारम गगन सदृश्यम मेघ बर्णम सुभान्गम
लक्ष्मिकान्तं कमलनयनम योगिर्भिन्दा नगम्यम
बन्दे बिष्णु भवहरम सर्बलोकै नाथकम

श्री भगवानुवाच

भूय एव महाबाहो श्रीणु मे परमं वच: ।

यत्तेअहं प्रियमाणाय वक्ष्यामी हितकाम्यया ।।१॥

 

न मे विदु: सुरगणा प्रभवं न महार्षय :।

अहमादिहि देवानां महर्षिणां च सर्वश: ।।२॥

 

यो मामजमनादिं च वेत्ति लोकमहेश्वरम् ।

असम्मूढ़: स मर्त्येषू सर्वपापी: प्रमुच्यते ।।३॥

 

बुध्दिर्ज्ञानमसम्मोह: क्षमा सत्यं दम: शम:।

सुखं दु :खं  भवो अभावो भयं चाभयमेव च ।।४॥

 

अहिंसा समता तुष्टिस्तपो दानं यशोअ यश: ।

भवन्ति भावा भुतानां मत्त एव पृथग्विधा : ।।५॥

 

भावार्थ: भगवान श्रीकृष्ण भन्नु हुन्छ- हे महाबाहु अर्जुन ! तिमि फेरी पनि मेरा परम उपयोगी कुरा सुन, जुन कुरा तिमीलाई प्रिय लाग्ने छ र तिम्रो प्रसन्नता रहने हितको कामना सहित बताउछु । मेरो प्रभाव र उत्पतिलाइ न देवतागण न महर्षिहरुले नै जान्दछन किनकि म नै देवता र महार्शिहरुको पनि साबि प्रकारले मूलकारण हुं । जसले मलाई अजन्मा   अनादि र समस्तालोकोको इश्वर्स्वरूप जान्दछ । त्यो मानिसहरुमा ज्ञानवान सम्पुर्ण पापहरुबाट मुक्त हुन्छ । बुध्दि ज्ञान, सम्मुढता क्षमा, सत्य इन्द्रियानिग्रह आत्मासम्यम सुख दुख, उत्पति, प्रलय , अस्तित्व , अभाव भय, अभय, अहिंशा, समता, सन्तोष तपस्या, दान , किर्ति अपकिर्ती, यसप्रकारका बिभिन्न भावहरु र अवस्थाहरु प्राणि जगतमा उत्पन्न हुने मेरै कारणले गर्दा हुन्छ ।

 

अध्याय १० ,  श्लोक ६ देखि १० सम्म

 

महर्षय: सप्त पुर्बे चत्वारो मनवस्तथा ।

मभ्दावा मानासा जाता येषां  लोक इमा: प्रजा ।।६॥

एतां विभुतीं योगं च मम यो वेत्ति तत्वत: ।

सोअविकम्पेन योगेन युज्यते नात्र संशय :।।७॥

अहं सर्वस्य प्रभवो मत्त : सर्वं प्रवर्तते ।

इति मत्वा भजन्ते मां बुधा भावासमन्विता:।।८॥

मच्चित्ता मग्दतप्राणा बोधयन्त : परस्परम् ।

कथयन्तश्च मां नित्यं तुष्यन्ति च रमन्ति च ।।९॥

तेषां सततयुक्तानां भजतां प्रितिपुर्वकम् ।

ददामि बुध्दियोगं तं येन मामुपयान्ति ते ।।१०॥

 

भावार्थ :

सात महर्षिजन र सो पुर्बका सनकाअदि चार रिशिजन मेरो मन र संकल्पबाट  पैदा भएका हुन् जो ममा श्रध्दा भाव राख्दछन र जसबाट यी संसारका सबै प्रानिजन उत्पन्न भएका हुन् । जसले मेरा विभूतिलाई अर्थात योगमायालाई जान्दछ । त्यो पुरुष अविचल भक्तियोगबाट  युक्त हुन्छन भन्नेमा कुनै सन्देह छैन ।म नै सम्पूर्ण जिव जगतको उत्पत्तिको मूल कारण हु, म (परमेश्वर) नै बाट सृष्टि संचालित छ भन्ने भावयुक्त तत्वज्ञानीले मेरो भजन गर्दछन । ममा चित्त लगाउने , प्रण समर्पण गर्ने , परस्परमा मेरो रहस्यको बोध गराउने र मेरो लिलाचरित्रको गुनगान गर्ने भक्तजन नै यो जगतमा सन्तुष्ट भै म बासुदेवको सामिप्य प्राप्त गरि रमण गर्न सक्दछ । नित्य निरनात्र मेरो ध्यानमा लागिरहने र प्रेम पुर्बक मेरै सेवा गरिरहने ति भक्तजनलाई म बुद्धि योग तत्वज्ञान दिन्छु जसबाट तिनीहरुले मलाई प्राप्त गर्दछन ।

 

अध्याय १० ,  श्लोक ११ देखि १९  सम्म

 

तेषामेवानुकम्पार्थमहमज्ञानजं तम:।

नाशयाम्यात्मभावस्ठो ज्ञानदिपेन भास्वता॥ ११॥

अर्जुन उवाच !

परं ब्रह्म परं धाम पवित्रं परमं भवान ।

पुरुषं शाश्वतं दिव्यमादिदेवमजं विभुम ।।१२॥

आहुस्त्वामृशय: सर्वे देवर्षीर्नारदस्था  ।

असितो देवलो व्यास: स्वयं चैव ब्रविषी ।।१३॥

सर्वमेतादृतं मान्य यन्मां वदासी केशव ।

न हि ते भगवन्व्यक्ति विदुर्देवा न दानावा:।।१४॥

स्वयमेवात्मनात्मानं वेत्थ त्वं पुरुषोत्तम ।

भुतभावन भुतेश देवदेव जगत्पते ।।१५॥

वक्तुमर्हस्यशेषेण  दिव्या ह्यात्मविभुतय:।

याभिर्विभुतिभिर्लोकानिमांस्त्वं व्यापी तिष्ठसी ।।१६॥

कथं विद्यामहं योगींस्त्वां सदा परिचिन्तयन् ।

केषु केषु च भावेषु चिन्तो असि भगवन्मया ।।१७॥

विस्तरेणात्मनो योगं विभुतीं च जनार्दन ।

भूय : कथय तृप्तिर्ही शृण्वतो नास्ति मेअमृत ।।१८॥

श्री भगवानुवाच

हन्त ते कथयिष्यामी दिव्या ह्यात्मविभुतय : ।

प्राधान्यत: कुरुश्रेष्ठ नास्त्यन्तो विस्तरस्य ।।१९ ॥

 

भावार्थ : हे अर्जुन तिनीहरुको अनुग्रहको लागि उनकै अन्तस्करणमा स्थित भै म स्वयं ले नै अज्ञान जनित अन्धकारलाई प्रकाशमय ज्योति व्दारा नष्ट गरि दिन्छु । अर्जुनले बिन्ति गर्दछन : हे भगवान ! हजुर परम ब्रह्म , परम धाम र परम पवित्र हुनुहुन्छ,  किनकि सबै रिशिहरुले तपाइलाइ सनातन, दिब्य पुरुष , देवताका पनि आदि देव, अजन्मा र सर्वव्यापी पनि हुनुन्हुन्छ भनि बताउछन । त्यसैगरी देवर्शी नारद असित र देवल र ब्यासले पनि यहि भन्नुहुन्छ र स्वयं हजुरले पनि यहि कुरा भन्नुहुन्छ । हे केशब ! जे कुरा मलाइ भन्नुभयो,सबै कुरा सत्य मान्दछु । हे भगवान तपाइका व्यक्त लिलामय  स्वरुपहरुलाइ न देवताले नै जान्दछन न त दानवहरुले नै जान्दछन । हे पुरुषोत्तम ! हे प्रानिजगतलाई उत्पन्न गर्ने इश्वर देवताका पनि देवता ! हे जगतका परिपालक हजुर स्वयं आफ़ैलॆ आफैलाई जान्नुहुन्छ । त्यसैले स्वयंका दिब्य स्वरुपहरु जे जति छन् तिनीहरुको समग्ररुपमा बताउन तपाइँ नै समर्थ हुनुहुन्छ । यी दिब्य स्वरुप व्दारा तपाइँ नै सबै लोकहरुमा रहनु भएको छ । हे योगेश्वर ! नित्य निरन्तर  हजुरको ध्यान गरेर म कसरि जान्न बुझ्न सक्छु ? हे भगवन हजुरको कुन कुन भाव र रुपमा मैले चिन्तन ध्यान गर्न सक्दछु ? हे जनार्दन ! आफ्नो योगशक्ति र बिभुतिहरुलाई बिस्तारपुर्बक बताइरहनुहोस । किनकि तपाइको अमृतमय बचनलाइ सुनेर मेरो मन कहिले तृप्ति भएन र अरु सुनिरहन उत्सुकता भैरहन्छ । श्री भगवानले भन्नु हुन्छ ! हे कुरूश्रेष्ठ अब मैले जे जे मेरा दिब्य बिभूतिहरु छन् त्यसको तिम्रालागी प्रमुख र मुख्य रुपको प्रधानताको रुपमा बताउने छु, किनकी मेरो बिस्तारको अन्त  छैन ।

 

अध्याय १० ,  श्लोक २० देखि ३० सम्म

 

अहमात्मा गुडाकेश सर्वभुताशयस्थित:।

अहमादिश्च मध्यं च भुतानामन्त एव च ।।२०॥

आदित्यानामहं विष्णुर्ज्योतिषां रविरंशुमान् ।

मरिचिर्मरुतामस्मि नक्षत्रणामहं शशी ।।२१॥

वेदानां सामवेदोअ स्मि देवानामस्मि वासव:।

इन्द्रियाणां मनश्चास्मि भुतानामस्मि  चेतना ।।२२।।

रुद्राणां शङ्करश्चास्मि वित्तेशो यक्षरक्षसाम् ।

वसूनां पावकश्चास्मी मेरु : शिखारिणामहम् ।।२३॥

पुरोधसां च मुख्यं मां विध्दी पार्थ बृहस्पतिम् ।

सेनानिनामहं स्कन्द: सरसामस्मि सागर: ।।२४॥

 

महर्षिणां भृगुरहं गिरामस्म्येकमक्षरम्  ।

यज्ञानां जपयज्ञो अस्मि स्थावराणां हिमालय: ।।२५॥

अश्वत्थ: सर्ववृक्षाणां देवर्षीणां च नारद : ।

गन्धर्वाणां चित्ररथ: सिध्दानां कपिलो मुनि :।।२६॥

उच्चै: श्रवसमश्वानां विध्दि माममृतोभ्दवम् ।

एरावतं गजेन्द्राणां नराणां च नराधिपम् ।।२७॥

आयुधानामहं वज्रं धेनुनामस्मी कामधुक् ।

प्रजनश्चास्मि कन्दर्प: सर्पणामस्मि वासुकि  :।।२८॥

अनंतश्चास्मि नागानां वरुणो यादसामहम् ।

पितृणामर्यमा चास्मि यम: संयमतामहम्  ।।२९॥

प्रल्हादश्चास्मी दैत्यानां काल: कलयतामहम् ।

मृगाणां च मृगेन्द्रो अहम् वैनतेयश्च पक्षिणाम् ।।३०॥

 

भावार्थ :

हे गुडाकेश अर्जुन ! समस्त प्राणिहरुका हृदयमा स्थित भएको आत्मा म नै हुम । सम्पूर्ण प्राणिजगत र पदार्थको आदि, मध्य र अन्त्य पनि मै हुँ । अर्थात उत्त्पत्ति, स्थिति  र लय पनि मै हुं । व्दादश आदित्यहरुमा म वामनरूप बिष्णु हुम, प्रकाशमा तेजिलो किरणबाला सुर्य हुं, उनपचास बायुदेवको तेजरुप मरिची हुँ र नक्षत्रहरुको अधिपति चन्द्रमा पनि नै हुं । चारै वेदहरुमा साम्बेद म हुँ , देवगणहरुमा इन्द्र हुम् , इन्द्रियहरुमा मन हुँ , प्राणीजनमा चेतना,  ज्ञानशक्ति र जीवन शक्ति पनि मै हुँ । एकादश रुद्रहरुमा म शङ्कर हुँ , यक्ष र राक्षसहरुमा धनका स्वामी कुबेर हु , अष्ट वशुहरुमा म अग्नि हुँ , उच्च शिखारहरुमा म सुमेरु पर्वत हुँ । पुरोहितहरुमा देवगुरु बृहस्पति भनेर जान मलाई, हे पार्थ सेनापतिहरुमा स्कन्द र जलाशयहरुमा समुन्द्र सागर हुँ । महार्शिहरुमा भृगु हुं, बाणीहरुमा एक अक्षर ओमकार हुँ, सबै प्रकारका यज्ञमा जपयज्ञ हु, स्थिर रहने अचल बस्तुहरुमा हिमालय पर्वत हुं । सबै वृक्षहरुमध्येमा पिपल हुँ , देव ऋषी हरुमा नारद हुँ , गन्धर्वहरुमा चित्ररथ हुँ , सिध्दऋषीहरुमा कपिलमुनी हूँ । घोडाहरुमा अमृतसंगै उत्पन्न उच्चै श्रवा नामक घोडा हुँ , हात्तीहरुमा एरावत नामको हात्ती र मानिसहरुमा राजा भनि मलाइ जान । म अश्त्रशास्त्रहरुमा वज्र हुँ, गाइहरुमा कामधेनु गाइ हुँ , सन्तान पैदा गर्ने कामदेव हुँ, र सर्पहरुमा सर्प राज बासुकी हुँ ।  म नागहरुमा शेष नाग हूँ , जलदेवतामा म वरुण हुँ , पितृहरुमा पितृ राज अर्यमा हुँ र दण्ड दिने शासकहरूमा यमराज हुँ । म दैत्यहरुमा प्रल्हाद हुँ , गणना गर्नेमा काल र समय हुँ , पशुहरुमा मृगराज शिंह र पंक्षीहरुमा गरुढ़ मै नै हुँ ।

 

अध्याय १० ,  श्लोक ३१ देखि ४२  सम्म

 

पवन: पवतामस्मि राम: शास्त्रभृतामहम् ।

झषाणां मकरश्चास्मी स्त्रोतसामस्मि जान्हवी ।।३१॥

सर्गाणामादिरन्तश्च मध्यं चैवाहमर्जुन ।

अध्यात्मविध्या बिध्यानां वाद: प्रवदताम् ।।३२॥

अक्षराणामकारोअस्मी व्दंव्द: सामासिकस्य च ।

अहमेवाक्षय: कालो धाताहं विश्वतोमुख:।।३३॥

मृत्यु: सर्वहरश्चाहमुभ्दवश्च भविष्यताम् ।

किर्ति: श्रीर्वाक्चनारीणां स्मृतिर्मेधा धृति: क्षमा ।।३४॥

बृहत्सामतथा साम्नां गायत्री छन्दसामहम् ।

मासानां मार्गशीर्षो अहमृतूनां कुसुमाकर :।।३५॥

ध्यूतं छलयतामस्मि तेजस्तेजस्विनामहम् ।

जयोअस्मी व्यवसायोअस्मी सत्त्वं सत्त्ववतामहम् ।।३६॥

वृष्णानां वासुदेवोअस्मी पान्डवानां धनन्जय :।

मुनिनामप्यहं व्यास: कविनामुशना कवि :।।३७॥

दण्डो दमयतामस्मि नीतिरस्मी जिगीषताम् ।

मौनं चैवास्मी गुह्यानां ज्ञानं ज्ञानवतामहम् ।।३८॥

यच्चापि सर्वभुतानां बिजं तदहमर्जुन ।

न तदस्ति विना यत्स्यान्मया भुतं चराचरम् ।।३९॥

नान्तोअस्ती मम दिव्यानां विभुतिनां परन्तप ।

एष तूद्देशत: प्रोक्तो विभुतेर्विस्तारो मया ।।४०॥

यद्यव्दिभुतिमत्सत्त्वं श्रीमादूर्जितामेव वा।

तत्तदेवावगच्छ त्वं मम तेजोंआशासंभवम् ।।४१॥

अथवा बहुनैतेन किं ज्ञातेन तवार्जुन ।

विष्टभ्याहमिदं कृत्स्त्रमेकांशेन स्थितो जगत् ।।४२॥

 

भावार्थ: म पवित्र गर्नेवाला वायु हुँ , शस्त्रधारिहरुमा श्रीराम हुँ ,  जलचरहरुमा गोही हुँ , समस्त नदीहरुमा भागीरथी गङ्गा हुँ । हे अर्जुन! शृष्टिहरुको आदि अन्त्य र मध्य पनि मै नै हुँ, म बिध्याहरुमा अध्यात्मबिध्या ब्रह्मबिध्या हुँ, विवाद गर्नेहरुको तत्वनिर्णयको लागि गरिने वाद तर्क पनि  म हुँ । म अक्षरहरुमा अ’ कार हुँ , र समासहरुमा द्वन्द समास हुँ , म नै अक्षयकाल कालको पनि महाकाल हुँ , चौतर्फी मुख भएका बिराट्स्वरूप सबै लाई धारण पोशण गर्नेवाला विधाता पनि मै हुँ ।म सबैको संहार गर्ने मृत्यु हुँ र उत्पत्तिको मूल कारण पनि मै हुँ , नारीहरुमा कृति हुँ, श्रिमा शोभा हुँ बाकमा बाणी हुँ, स्मृति, मेधा, धृति, र क्षमा हुँ । गाउन उपयुक्त गीतहरुमा बृहत्साम हुँ, छन्दहरुमा गायत्री छन्द हुँ, महिनाहरूमा म मङ्सिर महिना हुँ र ऋतुहरुमा बसन्त ऋतु हुँ । म छल गर्नेहरुमा जुवा हुँ, तेजस्विहरुको तेज हुँ, जित्न चाह्नेवालाको म विजय हुँ । निश्चय गर्ने वालाको म निश्चय हुँ, र सात्विक मनुष्यकोलागि सात्विकभाव पनि म हुँ । वृष्णीवंशीमा म बासुदेव हु, र पाण्डवहरुमा  तिमि अर्जुन नै म हुँ, मुनिहरुमा वेदव्यास र कविहरुमा शुक्राचार्य पनि मै हुँ ।म दमनगर्नेको लागि दण्ड दिने शक्ति हुँ, जित्न चाहनेवालाको लागि नीति हुँ, गोप्यमा मौन र ज्ञानिहरुको तत्वज्ञान पनि मै नै हुँ । हे अर्जुन ! म नै समस्त प्राणीहरुको उत्पत्तिका कारण हुँ, किनकि जगतका चर अचरका कुनै प्राणीहरु यस्ता छैनन जो म बिनाको होस्, । हे परन्तप अर्जुन, मेरा दिव्य शक्तिको कुनै अन्त छैन । यहा बताइएका मेरा चमात्कारी शक्तिहरुको बिस्तार एक्छेउमात्र तिमीलाई भनेको हुँ । जो जो चमत्कारी एश्वर्ययुक्त, शक्तिशाली, प्रभावशाली बस्तु वा प्राणिहरु छन् ति सत्व र बस्तुहरुलाई मेरो तेजको एक अंशबाट उत्पन्न भएको जान । अथवा हे अर्जुन ! धेरै कुरा जानेर तिमीलाई केहि काम प्रयोजन छैन । तिमीले यतिमात्र जाने हुन्छ कि म यस सम्पूर्ण जगतलाई आफ्नो योगशाक्तिको एक अंश मात्रले ब्यापक रुपले धारण गरेर रहेको छु ।

 

ओम तत्सदिती  श्रीमदभागवतगीतासूपनिषत्सु ब्रह्म विध्यां योगशास्त्रे श्री कृष्णर्जुन सम्बादे विभुतियोगो नाम दशमोअध्याय : ।

 

Leave a Reply