पुण्डरी अर्याल
पुण्डरी अर्याल

देशमा भारतले लगाएको नाकाबन्दी महिनौ पुगिसक्यो | भूकम्पले हजारौ नेपालीको ज्यु धन लिएर गयो | हजारौलाई घाइते बनायो, उजाड बनायो | नेपालि जनता बिचल्ली परिरहेको बेलामा सरकारले पुनर्निर्माण प्राधिकरण बनाउने भन्दै रडाको गर्यो | प्राधिकरण बनेन, सांसदहरुले सहायतामा आएको त्रिपाल पनि छोडेनन् | संघ सस्थाले नगदमा केहि सहयोग बाँडे, बिदेशी र स्वदेशी सेना उद्दार कार्य गरे जसो तसो भूकम्प थामीदै गयो | पुनर्निर्माणको काम गरिएन | तर सबै पार्टी मिलेर बनाएको सरकारले हतारमा संबिधान घोषणा गर्न तिर लागे | गणतान्त्रिक संबिधान को घोषणा गरियो | संबिधान बनेपछि कांग्रेसले एमालेलाई भद्र सहमति अनुरुप प्रधान मन्त्रि बनाएर संयुक्त सरकार बनाउनु पर्ने थियो | तर बनेन, कान्ग्रेसले सो सहमति तोड़े पछी एमालेका के पी ओली अरु पार्टीलाइ मिलाएर प्रधान मन्त्रि बने | शुशील कोइराला प्रधान मन्त्रि हुदा मदेशको समस्याको कुनै बार्ता गरिएन मधेश आन्दोलन चर्किदै गयो | मदेसे केहि नेताहरु हामीले नाकाबन्दी गरेको भन्दै सर्बांग नागिएर भन्दै छन् , भारतले इन्धन लगायत सामानमा अघोषित नाकाबन्दी गरिरहेको छ | भूकम्पले तहस नहस भैरहेको नेपाली जनताको दुखमा मलहम लगाउनु सट्टा पिडा दिन उद्दत मदेश नेता भारतका भरौटे भएको प्रमाणित भैसकेको छ | भारतका नेताहरु बहादुर होइनन तीनिहरुको कमिनापन अब हामीबीच छर्लग्न भैसकेको छ |
एमालेको मिलिजुली सरकार पनि एक महिना बितिसक्यो | सरकारका नेताहरुले नाकाबन्दिले दिएको पिडामा भाषण भन्दा अरु केहि दिन सकेका छैनन् | अझै पनि भारतले नाका खोल्छ भनेर जनतालाई सान्त्वना दिने भन्दा अरु खास काम गरेका छैनन् | भ्रष्ट कर्मचारी चिन संग इन्धन सम्झौता गर्नको लागि सरकारलाई सहयोग गरेका छैनन् बरु कसरि कमिसन आउछ भनेर राल काढेका छन् | नेपालका नेताहरुले नाकाबन्दी गर्ने भारतलाई अन्तरराष्ट्रिय कठघरा उभ्याउन पहल गर्नु गर्नु पर्थ्यो | भारतले नाकाबन्दी गरेको भनेर समेत भन्न सकेका छैनन् | नौ बर्ष सम्म संबिधानको नाममा सिन्को नभाचेकाहरु नेपालका राजनीति पार्टीहरुले झटपट बनाएको संबिधानमा धेरै कमि कमजोरी छन् ठुलो हिस्सा सघिय राज्यको नहोस भन्ने चाहना राख्ने जनता एकातिर छदै छन् | हिन्दु राज्य कायम राख्न पर्छ भनेर माग राख्ने ठुलो जनमत छ |
नेपालि जनताको सद्भावलाइ कायमै राख्न ५ बिकाश क्षेत्र लाइ संघीय राज्य बनाएमा ठिक हुन्छ भन्ने हरुको जनमत पनी ठुलै छ , प्रत्यक्ष्य जनताको मतबाट राष्ट्र प्रमुखको चुनिनु पर्छ, भन्ने युवा पिढीको जमात पनि कम छैन | एउटा मदेश मात्रको कुरालाइ महत्व दिनु अन्य जन भावना तिरस्कार गर्नु हो | हाम्रा जील्लाहरु टुक्रिनु हुदैन, हाम्रा अंचलहरु टुक्रिन दिनु हुदैन | हाम्रा स्थानीय निकायका अधिकारलाइ सुरक्षित चाहिन्छ | यी मुद्दाहरु यथावत छ | समाबेशीको नाममा सासद पद व्यापारीलाई बिक्रि गरिने पद बनाइएको छ | यो पनि त् चित्त बुझेको छैन | चित्त नबुझेका कुराहरु सांसदमा उठाएर फेरी पनि जनमत तयार बनाउन सकिने कुरा बिदितै हुदा किन मदेश सिमानाको कुरा उठाएर भारतलाई गुहारेर नाकाबन्दी बनाइएको छ | सरकारले चुप लाग्नु भनेको भारतले गरेको नाका बन्दिको समर्थन गरेको हो भन्ने बुझ्न सकिन्छ |
भारतव्दारा नाकाबन्दी गराउने मदेसे नेतासंग नमिलेको भए तिनलाई देश बासीको चुलो नबल्दा, अस्पतालमा उपचार नपाउदा, औषधि नहुदा, देशलाई संकट बनाउने तत्वलाई स्वागत गरेर बार्तामा बोलाउनु लाइ तपाइँ हरु यसलाई के भन्नु हुन्छ ? यो तराइ भारतलाई सुम्पिने खेल भैरहेको छ ! अब कांग्रेसले मदेसको समस्यालाई समाधान गर्ने बहानामा संसदबाट सिमानालाइ बढाउने वा एक प्रदेश बनाउने प्रस्ताव माथि बहस चलाइन्छ अनि देशका जनतामा परेको समस्याको बहाना बनाएर मदेश भारतका दलालहरुलाई सुम्पने छन हाम्रा नेताहरु राष्ट्रबादी भाषण छाटिरहने छन् यिनीहरुले हाम्रो बाधता हो भनेर उम्किने कोशिस गर्ने छन् | तराईलाई भारत र अन्यदेशले चीनलाई आक्रमण गर्ने एउटा सामरिक महत्वको स्थान बनाउने योजना बनेको छ | नेपालि जनताले के बुझ्नु पर्छ भने तराइ मदेश होइन, यो तराइ मात्रै हो | मदेश भनेको भारतको मध्य प्रदेश हो | जबर्जस्ति तराईलाई मदेश नामाकरण गर्न पाइदैन ! तराइमा थुप्रै जनजाति छन्, कुर्मी, यादव, दनुवार, पासवान, चौधरी, थारु, मुसलमान, हिन्दु सबै छन् | त्यसैले मदेशका केहि नेता र भारतको इशारामा यस्ता नचाहिने कुरा माथि कुनै छलफल गरिनु हुन्न |

किन गर्दै छ मदेश (भारत) को माग पुरा ?

नेपाली जनताको जीवन लाई अरु थप जरजर गराइदै छ | खालि चिन संग कुरा अगाडी बढेको छ भन्ने भाषण गरिन्छ | तत्काल आबस्याक काम गरिदै छैन किन ? चिन सहयोग गर्न तयार छ | नेपालले किन सम्झौता गर्दैन | उ संग तत्काल गरिने काम किन गरिएको छैन ? यी प्रश्न हरु हामि अगाडी आएको छ |

स्मरण गर्न आबस्याक छ कि

1. राणालाइ शासन शक्तिबाट हटाउदा पनि राजा र कांग्रेस दिल्ली गएरै हटाउन सफल भएका थिए | यसको बदलामा कोशी भारतलाई चढाइएको थियो |
२. राजा महेन्द्र चुनाव गराउन चाहेका थिएनन, १५ सालको चुनाब गराए लगतै कान्ग्रेशबाट गण्डक लिन सक्यो |
३. भारतको नियत थाहा पाए पछी महेन्द्र कान्ग्रेश्कै सभासदलाई हात लिएर १७ सालको काण्ड बनाए | तत्पश्चात कांग्रेसका नेता बिपी कोइराला लगायत र कम्युनिष्टका नेता पुष्पलाललाइ शरण दिएर पालि राख्यो | यी नेपालका लागि कार्ड बन्न सक्ने भएकाले संरक्षण गरिरह्यो | उतैबाट कांग्रेश र कम्युनिष्टको पार्टीको संगठन बिस्तार गरिरहे |
४.जब बीपीलाई आजिबन मुख्य मन्त्रि बनाइदिने शर्तमा नेपालमा प्रजातन्त्र ल्याइदिने कुरा अगाडी राखे पछी बीपीले सो कुरा मानेनन र प्रजातान्त्रिक नेतालाई सहयोगदिने कार्य गरेको भारतको नेपाल प्रतिको गिद्दे दृष्टिकोण हो भन्ने प्रष्ट भएपछी बीपीले भारतको दलाल भएर बस्नु भन्दा राजाले फासी दिए पनि मन्जुर छु भनि राजासंग घाटि जोडन तयार भए | राजाकै छात्र छायामा राष्ट्रियता र प्रजातन्त्र सुरक्षित हुने कुरा बुझाउन बीपीलाई सकस भयो | ३६ सालको जनमत संग्रहमा प्रजातन्त्र हारे पनि त्यसलाई स्वीकार गरेको कुरा सबैलाई थाहा छ | जब कि पंचायतले धाधली गरेर जितेको थियो | बामपन्थिहरु धाधलीको बिरुध्द संघर्स गर्दा पनि उनि सहमत भएनन् | सायद बिपी भएको भए कम्युनिष्टहरुसंग मिलेर बहुदलको संघर्ष हुने थिएन !
५. राजाले भारतको इच्छा बिरुध्द चिनको सहयोगले नेपाललाई आत्म निर्भर हुने राष्ट्रिय उद्योग स्थापना भएको चित्त बुझेको थिएन | त्यतिखेर सम्म ट्रलिबस, हेटौडा कपडा कारखाना, चिनीमिल, छाला जुता खारखाना, कागज कारखाना, चाइनिज इँटा कारखाना, लगायतका २३ वटा उद्योग स्थापना भइसके थिए | बिस्तारै नेपाल आत्म निर्भर तिर गैरहेको थियो | राजा बिरेन्द्र जनता प्रति उदार थिए \ त्यसैले उनले जनमत संग्रह गराएका थिए | देशलाई बलियो बनाउन चाइनासंग हतियार खरिद गरेर अब भारत संग मात्रै नेपाल भर पर्दैन भन्ने संदेश दिए |यो भारतलाई चित्त बुझेको थिएन | भारतले नेपाललाई नाकाबन्दी गर्यो | नेपालका कांग्रेस र कम्युनिष्टको गठ बन्धनले बहुदलको माग राखी आन्दोलन गरि रहे | चाक्सी बारीमा भारतका चन्द्र शेखरलाई ल्याएर भाषण गराएर बहुदलको समर्थन गरि नेपाललाई दवाव दिन लगाइयो, भारतले त्यतिखेर नाका बन्दि गर्यो, बहुदलबादीले हाम्रालागि अर्थात बहुदल ल्याउन सहयोग गरेको भनेर मख्ख परे| नेपालि कांग्रेस र बामपन्थीहरु भारतले लगाएको नाकाबन्दी बहुदल ल्याइदिन गरिको भनेर बुझियो | सबै खुशी भए | भारतको कदमलाई ठिक अहिलेको मदेसे नेताले स्वागत गरे जस्तै खुलेरै स्वागत गरेका थिए |
६. बहुदल आयो, भारतले नेपालका पार्टीहरुलाइ बलियो हुन् दिएन |टनकपुरबाँध बनि सकेको थियो | भारतले बल मिच्याई गरेर बनाएको थियो, उक्त बाँध, बहुदल प्राप्ति पछी गिरिजाले तनक पुर् बाध सम्झौता गरे अर्थात कानुनन भारतको पोल्टामा पारे | राजा कम्जोर भैसकेको थिय | पहिला कांग्रेश र बामपन्थी गठबन्धन तोड्यो | गिरिजाले बहुमतको सरकार ढाले | अनि कान्गेश पनि कम्जोर भयो, यसरी नेपाल लाइ कम्जोर बनाइयो | हाम्रा नेताहरुलाइ पत्तै भएन उनीहरु भारतको चक्रब्युहमा फसिरहे | सत्ता लिप्सामा लागेर नेपालका आत्म निर्भर हुने उधोगहरु भारतीय मान्छेका हातमा बुझाउदै गयौ | नेपालको जनताहरुलाई अरु कम्जोर गर्नु थियो उसलाई,
७) एमालेको अल्पमतको सरकार बन्यो, एमालेलाई सरकारमा पुर्याए बापत एमाले पार्टी फुटाएर भए पनि कांगेस राप्रपा सहितले पुरै महाकाली भारतलाई बुझाउने काम भयो |
माओबादी ससस्त्रपार्टी भारतकै इशारा बनाएर जनता बिचमा बिभाजन गराएर ससश्त्र युध्द गराइयो | भारतबाट मनग्ने सहयोग भयो माओबादीलाई |त्यसको बाबुरामको कामले प्रमाणित गरिसकेको छ | हामीले त्यसलाई स्विकार गर्यो | माओबादीहरु राजाको नजिक गैरहेको आभास भारतले पाउने बित्तिकै राजा बिरेन्द्र को बंश नास गर्ने गरे |
८) बिरेन्द्रको बंश नास हुदा दोष ज्ञानेन्द्रको टाउकोमा थोपरिएको थियो | बास्विकता बाहिर आउँ सकेन किनकि गिरिजा प्रधान मन्त्रि भारतको र अ“ को योजना अनुरुप भएको कुरा ओझेलमा पर्यो | माओबादीको समस्या आइसकेपछि कांग्रसले चुनाब गराउन सकेन | देउवा असक्षम हुने फेरी सरकार जाने गरे तर अरु पार्टीले हिम्मत गरेनन|देउवाबाट कर्णाली जस्तो महत्व पूर्ण योजना भारतका लागि सुम्पियो| माओ बादी हावी भैरहेको थियो | सबै सबै पार्टीमा भारतको निगरानी र सल्ल्हाकारको भूमिका निभाइरहेको थियो | अन्तत: सबै पार्टीहरुलाई एउटै ठाउमा ल्याउन भारत सफल भयो | ज्ञानेन्द्रले चिन संगको सम्बन्ध प्रगाढ बनाउदै लागेको र चिनसंग ब्यापारी सम्झौता समेत गरेका थिए नेपालले चिन संगका ६ वटा नाका खोल्नको लागि त्यसै बेला सहमति भएको थियो | भारतको अभिष्ट पुरा गर्न ज्ञानेन्द्र पनि बाधक बने पछी कांगेस, एमाले, माओबादीहरुलाई दिल्ली लगेर १२ बुदे सम्झौतामा हस्ताक्षर गराइयो | तीनवटा पार्टीको एक उदेश्य थियो राजालाई फाल्ने त्यो जन आम्दोलनको नाटक मन्चन गरेर हटाइयो |
८) नेपाललाई कमजोर गराउन यहाको धार्मिक एकतालाई तोड्नु थियो, धर्म निरपेक्षता, गणतन्त्र बनाएर राजाको भूमिकालाइ जारै देखि उख्लियो | संघियताका कुरालाई हतार हतार संघियताका बिषय बस्तु राखेर अन्तरिम संबिधान जारि गरियो | यसरि १२ बुदेमा उल्लेख नभएका कुरा समेत राखिएर अन्तरिम संबिधान बन्यो |
९) भारतले यहि चाहन्थ्यो, हिन्दु राज्य भएसम्म नेपालमा धार्मिक एकता कायम हुन्छ र राजतन्त्रको सम्भावना कायमै रहन्छ | जातीय राज्यका कुरा उठेर ९ बर्ष खेर फाले यसले पुरै देशलाई तरंगित बनायो जात जातमा विभाजित भइ आपसमै लडने अबस्था आयो |जातजातका कुरा, अनि मधेश पहाडका कुरा, ताम्सालिंन, मगरातका कुरा, यो नेपाललाई कम्जोर बनाउने अर्को अश्त्र थियो | त्यो काम गरियो |
१०) अब नेपालका पुरै आत्म निर्भर हुने उद्धोग मासिएका छन् | अलीअलि नेपालि राजनीतिमा राष्ट्रियता आएको बेला गठबन्द तोडेको छ | सरकार भए पनि कम्जोर सरकार छ | हिजो भारत पक्षका मानिस थिए आज पनि उसका मान्छे छन् | कर्म चारी भ्रष्ट छन् देशमा आपत आएको बेला भ्रष्टाचार गर्न पछी पर्दैनन् |

अब देश पुराको पुरा असफल राज्य भैसकेको छ | आज जनताले पार्टीका नेताहरुलाइ नेपालि मान्छे सोचेका थिए | बिगतमा केन्दरिय मंत्रिमंडलमा बसेका मान्छेहरुले नेपाललाई देखाइदिन्छु भनेर भन्दा नेपाल सरकार निरिह भएर टुलुटुलु हेरेर बसेको छ | किन कारबाही गर्न सक्दैनन् | एउटा सच्चा नेपालिले नेपालमा भारतले नाकाबन्दि गर्दा खुच्चिंग भन्छ भने के त्यो नेपालि हो ? एक एक गर्दै नेताहरुको मुकुण्डो खुल्दै गैरहेको छ | अबका केहि दिनमा राष्ट्रवादी कुरा गर्ने केहि नेताको पनि मुकुण्डो खोलिने छ |

यतिका दिन नेपालि जनतालाई सकस दिए पछी फेरी भारतकै पक्ष्यमा अर्थात तराइमा आइ बसेका मध्य प्रदेशका दलालनेता जसले तराइमा बस्ने तमाम तराइ बासीलाई र सम्पूर्ण नेपालीलाई सकसमा पारेका छन् तिनलाई बोलाएर भारतका माग पुरा गराउन किन सरकार उद्दत छ ?

अब के हुन्छ ?
मदेशका मागका रुपमा मदेशले कांग्रेसको समर्थनमा संसदमा पेश गर्ने छ | देश अन्त्यन्त कठिन सकस अबस्थाबाट गुज्रिदै गएको, जनताको चुलो नबलेको, देश र जनताको खातिर हामीले यी माग पुरा गरेका हौ भनि यो सरकारले ती माग पुरा गर्ने छ | र भन्ने छ हामीले अन्त्यन्त सुझबुझका साथ् सबैको माग पुरा गरेका छौ |

यदि यो माग पुरा भयो भने के हुन्छ ?
संबिधान भित्र भएका गल्ति र जनताले नचाहेका कुरा सच्याउनको लागी आन्दोलन हुने छ | हिन्दु राज्यको माग सानो छैन ? मदेश प्रान्त दिए पछी, जात जातलाइ दिने कि नदिने ? लुम्बिनी प्रान्त चाहिन्छ | भगवान बुध्दको नाममा लुम्बिनी बासि ले भनेका छन् यो भूभाग कुनै प्रान्तमा जादैन यो अन्तराष्ट्रिय स्थल हो यो कुनै मदेसे र थारुको नामाकरण हुदैन | यो नेपालि सम्पत्ति हो | कर्णालीलाई कर्णाली चाहिन्छ ? जनकपुर धार्मिक स्थल हो यो मदेश प्रान्त हुने सक्दैन | नेवार राज्यका कुरा छन् ? मगर, गुरुङ , बाहुन खस , जनजाती कस कसको नाममा
बाढन र माग पुरा गर्न सक्नुहुन्छ ? १२५ जातका छन् | त्यसैले अब देशमा संबिधान लागु गर्न त कताहो समाल्न समेत सकिदैन | अनि बिदेशी सेना सिभिल ड्रेसमा भित्रिने र ती सेना कहिल्यै फर्कने छैनन् ! मदेशको आन्दोलनमा त भारती आएर पुलिस हान्ने, जलाएर मार्ने समेत गरिसकेको परिप्रेक्षमा भोलि सेना नपस्लान भन्न सकिदैन !
यसपछि नेपाल एक बिदेशीको सामरिक अड्डा बन्ने छ |

देशलाई बचाउनु के गर्नु पर्ला ?

१. नेपालि जनताको चाहना बिकाश हो | भाषणले बिकाश हुदैन | बिकाश क्षेत्र नै नेपालीको लागि उपयुक्त हुने छ | त्यति खेर कुनै राजनीति दाउपेज नगरिकन गरिएको बिकास क्षेत्रनै अहिले पनि उपयुक्त हुने नेपालि जनताले महसुस गरेका छन् |
२. आत्म निर्भर हुने खालका उद्दोग, कृषि, बिधुत, सिचाई बाटा घाटा आदिलाई राष्ट्रिय कार्यक्रम गरि अगाडी बढाउनुस सबभन्दा पहिले भारतलागि काम गर्ने नेता, ठुला कर्मचारीको खोज तलास गर्नु पर्छ ? तिनको लेखाजोखा गर्ने र निगरानी गर्न पर्दछ |आबस्याक परे कारवाही गर्न पर्दछ |
३. नेपालमा जात र संघिय राज्यको घोषना भएपछी धेरै नेपालिको ज्यान गएको छ | त्यसैले यति सानो देशलाई संघियता आब्बस्याकता नभएकोले र देशमा आतंक मच्चिएको हुनाले संघियता खारेज गर्नु पर्दछ | स्थानीय निकायलाई शक्तिशाली बनाउन आबस्याक छ | तत्काल स्थानीय निकायको चुनाब गराउन पर्दछ |

४. तत्कालको लागि चिन संग प्रत्येक आयात हुने सामानको कम्तिमा 50% किन्ने सम्झौता गरौ |
५. सोलारबाट चल्ने चुलो रिनमा प्रत्येक घरका उपलब्ध गराइयोस |
६. सिमा क्षेत्रमा भू पु सैनिकलाइ बसोबास गरायोस |
७. सिमा क्षेत्रलाई ससक्त बनायोस |

बास्तबमा नाकाबन्दी के हो ?

नाकाबन्दी गर्नु र युध्दको घोषणा गर्नु एकै हो |
युध्दमा एम्बुलेन्स, अस्पतालका समान रोकिदैन | अझ भन्ने हो भने जनतामा पुर्याउने रसद्लाई पनि रोकिदैन | तर भारत यति धेरै कमिना छ | नेपालीको भलो देख्न र सोच सक्दैन | जबकी नेपालि जवानले भारतको सीमाको रक्षा गरिरहेको छ ! नेपाली मुर्ख छन् र त बहादुर छन् भनेका थिए कविले, हामि नेपालि कहिले बुध्दिमान बहादुर बन्ने ?
हो अहिले आएको छ, बुध्दिमान बहादुर बन्ने ! यतिका नेपालि जनताले साथ् दिएका छन्, घरमा चुलो नजले पनि, अहिले पनि तपाइले जनताको राष्ट्र प्रेमलाई लत्याएर भारतको चरणमा शिर राख्नु भयो भने नेपालि जनताले कहिले माफ गर्ने छैनन् ! आदरनीय नेताहरु तपाईको बिचमा भारतीय हृदय भएको मान्छे हुन् सक्छ ? सतर्क हुनुहोस, शुशीललाइ पतन बनाए ! ओली जी तपाइँ पनि पतन हुनु होला ! देशबासीको नाममा भरपर्दो बिश्वाशिलो यतार्थ कुरा राख्न नचुक्नोस | जनताले साथ् दिएको बेला सत्रु टांग मुनि मुन्टो नघुसार्नुस !

पुण्डरी अर्याल, न्यु योर्क

जय नेपाल !
११/१२/२०१५

Leave a Reply