जीवनका छ दशक पार गरिसकेको छु । जिवनको उत्तरार्धमा म मा आएको आध्यामिक चेतनाले आध्यामिक चेतनाको झिल्कोको रुपमा “ आध्यात्मको बाटोमा” पुस्तकको जन्म भयो । अध्यात्मको अध्ययन र आत्मज्ञान प्राप्त गर्न त यो जिवनमा के सकिएला र ? तर जीवनका भोगाइ र आफ्ना बिगतका अनुभवबाट प्राप्त ज्ञान जो मेरो मन मश्तिश्क संग्रहित छन् । जुन देखेका दृश्य, मेरा दृष्टि, दृष्टिकोण, बिचार, जो म कहिले दृश्य भएर, कहिले दर्शक भएर , कहिले द्रष्टा भएर, कहिले म साक्षी भए होला ? जसलाई म भनि राखेको छु , त्यो मेरो सरिर हो कि ? त्यो मेरो नाक कान आँखा हो कि ? त्यो मेरो अहम हो कि ? भ्रम हो कि ? आत्मा  हो कि ? यसको बोध कसरि गर्ने ?

कसको ब्याख्या सही हो गलत हो भन्ने कुरा जसले जस्तो व्याख्या गरेपनी सरिरबाट छुटेको आत्मा लाइ फेरी जीवित भएर साच्चै नै सरिर मर्दो रहेछ तर आत्मा जिवितै रहन्छ भन्ने प्रमाण मानिसले  दीन सकेका छैनन् । तर यो कुरा मैले आफैले अनुभव गरे भन्दा कसैले पत्याउने पनि छैन । के साच्चै आत्मा मर्दैन ? के म कोमामा गएको बेला मैले मेरी आमासंग गारेको साक्षात्कार भ्रम र झुटो थियो ? मेरो आत्माले सत्य मानेको छ । मेरो मन मश्तिश्कले त्यसलाई असत्य हो भन्ने कुरा मान्नै  सकिरहेको छैन ।    

दर्शकको अर्थ आफ़ुभन्दा बाहिरि बस्ति, चिज, दृश्यलाई हेर्ने मान्छे । द्रष्टाले आफु भित्र दृष्टि पुर्याउछ । आफुलाई आफ्नो अन्तस्करणलाइ झाक्न्छ । दृश्यमा आफु हराउने मान्छे नै दर्सक हो । दृश्य समाप्त भएपछी एक्लो आफुलाई जसले देख्न सक्छ त्यो द्रष्ट हो ।  द्रष्टा र दर्शकको  शब्दको अर्थ एकै खाले हुन् सक्छ ! देख्न सक्ने, देखाउने र बताउने  । साधारयता बाहिरि जगतलाई हेर्ने मान्छेलाइ नै हामीले दर्शक भन्दछौ । आफुभन्दा बाहिरि अरु मान्छे र जीव र प्रकृतिमा भैरहेको गतिविधि वरिपरिलाइ मात्रै ध्यान दी रहेका छौ भने हामि दर्शक हौ ।  जुन उनान्सय प्रतिसत भन्दा धेरै मान्छेहरु दर्शक नै हुन्छन ।  

धेरैले द्रष्टालाइ नै  साक्षी मान्दछन  । मान्छेको सरिरको अंग र इन्द्रीयहरूको आ आफ्नै काम छन । यी हाम्रा इन्द्रियहरुले अनुभव गर्ने दृश्य, सुन्ने शब्द र अनुभव गर्ने सम्बेगहरु हाम्रा काम क्रोध लोभ, मोह इर्श्या भय, व्देष राग प्रेम आदिवाट अभिप्रेरित भएर जान्नु नै द्रष्टा हो । मैले बुझे  अनुसार ! हरेक दृश्यलाई आफ्नो बुद्धि अनुसार हेर्ने गर्छौ र आफ्नो धारणा बनाउछौ । जसले हाम्रो अन्तसकरणमा भाव जागृत गर्दछ । कुनै दृश्यलाइ लिएर हाम्रो अन्तरजगतमा जुन बिचार उत्तपत्ति हुन्छ, भावना आउछ र भित्र  आउने राम्रा नराम्रा भावलाई मन बुध्दि अनुसार अबलोकन गर्नेलाइ द्रष्टा भनिन्छ। जसले मानिसलाई कम्पन गराउछ । अर्थात त्यो नै द्रष्टा कम्पन हो ।  जस्तै तपाइलाइ कसैले आफ्नै मान्छेको दुर्घटना भएको खबर सुन्नु हुन्छ ! तत्काल तपाइँ बिचलित हुनुहुन्छ । तपाइँ आफ्नाप्रति संबेदन भएको हामि भित्र द्रष्टाले अबधारणा बनाउछ । त्यो तपाइले सुनेको कुरा झुटो पनि हुन् सक्छ । त्यसैले तपाइले देखेको दृश्य सधै सत्य हुदैन । दृश्य परिवर्तन भैरहन सक्छ । तपाइले देख्नु भएको आधा गिलास पानीलाइ कसैले आधा रित्तो गिलास भन्छन भने कसैले आधा भरि गिलास पानि भन्दछन । त्यसैले एउटा कुरालाइ हेर्ने दृष्टिकोण आफ्नो मन बुद्दिले बनाउने अवधारणा हो । दृश्य देखेर हेरेर मान्छेको  मन बुध्दिले बनाउने अबधारणा र  देख्नुलाइ नै तपाइँ द्रष्टा बन्नु हो । त्यसैले द्रष्टालाई साक्षी हो भनेर मान्न सकिन्न ।

बाहिरि जगतबाट प्राप्त हुने  दृश्य, शब्द र गन्ध, स्वाद र स्पर्श यी पाचै तत्व आध्यामिक शब्दावलीमा दृश्य नै हुन् ।  इन्द्रियहरु मार्फत  प्राप्त हुने सबै किसिमका दृश्यहरुलाई आफ्नो बुध्दि अनुसार बिबेक अनुसार मनमा लिने, त्यसबाट प्रभावित भएर आफु क्रियाशील हुनु, त्यसबाट  कम्पन हुन् पुग्नु भनेको हामि भित्र भएको द्रष्टाले अनुभव गर्नु हो । त्यो देख्न सक्ने तत्व भनेको नै द्रष्टा हो । आँखा नाक कान जिब्रो छाला यी सबै हाम्रा दृश्य प्राप्त गर्ने माध्यम मात्र हो । यी सबैलाई हेर्ने र दृष्टिकोण  बनाउने राय बनाउने हाम्रो द्रष्टाले  अनुभव गर्दछ । धेरै मानिसहरुले द्रष्टालाई नै साक्षी भनेका छन् ।

 याँहा मैले बुझे अनुसार साक्षीमा धेरै अन्तर छ । साक्षी भनेको द्रष्टा मार्फत प्राप्त दृश्य ( दृश्य, शब्द, गन्ध, स्वाद र स्पर्श ) लाइ जस्तो रुपमा देखिन्छ, सुनिन्छ र जागृत हुँदै अन्तरमनले  सत्य निष्ठापुर्वक  हेर्नु बिना पुर्वाग्रह ग्रहण  गर्ने अबस्था नै   साक्षी हो  । दृश्य दर्शक, द्रष्टा, साक्षीको अबस्थाबाट पार भए पछि मात्र आत्माको अनुभव गर्न सकिन्छ ।  आफुभित्रको  त्यो द्रष्टाको माध्यमबाट प्राप्त दृश्यलाई आफुले कुनै अबधारणा नबनाइ बिना पूर्वाग्रह जस्तो छ त्यस्तै रुपमा सत्य स्वरुपलाई मनन गरेर त्यो अबस्थालाइ पार गर्न सकियो भने ध्यानमा डुबेर निराकारमा पुग्नु भनेको तपाइँ आत्माको नजिक पुग्नु हो । जसले आफुलाई तथस्टरुपले दृश्यलाई सत्य र बिना पूर्वाग्रह हेर्न सक्ने अवस्थालाई साक्षी मान्न सकिन्छ । दृश्यप्रति मन बुध्दि राग व्देश अहंकार बाट मुक्त भै जागृत हुदै द्रष्टा हुनु भनेको साक्षी हुनु  हो । 

 संसारमा तिन किसिमका मान्छे हुन्छन । जुन अध्यारोमा रहन्छन ति दृश्य बन्छन । अर्कोथरि दर्शक हुन ।  द्रष्टा अन्तिम हो ।  जब मान्छे दृश्य बन्छ । त्यसमा आत्मा रहदैन । जस्तै नेता, अभिनेता जसले आफुलाई राम्रो हुन आफुलाई सबभन्दा ज्ञानी देखाउने प्रयत्नमा मात्रै रहनछ । सम्पूर्ण झूटको सहारा लिएर आफुलाई अब्बल भएको देखाउछन । यिनीहरु भित्र खोक्रो हुन्छन । यिनीहरुमा आडम्बर हुन्छ । दर्शकलाइ लोभ्याउने मात्रै हुन्छन ।  जो ज्ञानी हुन , असल हुन प्रयन्त गर्दैनन । उनीहरु आफुलाई ठुलो राम्रो, बुध्दिमान हु भन्ने देखाउने मात्र गर्दछन ।  अर्का थरि हुन्छन दर्शक ! दर्शक बिनाको दृश्यको के काम ? ताली बजाउने पनि चाहियो । सबै  माञ्छेहरु दृश्य र दर्शक बन्नमा तल्लिन छन । त्यसैले सयमा उनान्सय मान्छे दर्शक हुने गर्छन । 

दर्शकको भिड गजबको हुन्छ। जस्तै सिनेमा हेरी रहेका दर्शक सिनेमा सक्के पछि सबै मान्छे हल बाट बाहिरिन्छ । सिनेमा हलमा मात्र सेतो पर्दा बाँकी रहनछ ।  सिनेमा सकिना साथ् दृश्यका प्रभाव पनि सकिन्छन । अर्का खाले मान्छे हुन्छन । द्रष्टा जसले देखेका दृश्यबाट कम्पित हुन् पुग्छन त्यसबाट प्रभावित बन्न पुग्दछन । द्रष्टाबाट  माथी उठेपछि मात्रै मानिसले साक्षीभाव राख्न सम्भव छ । अन्यथा मानिस यी दृश्य दर्शक र द्रष्टा भन्दा माथी उठने सक्दैनन् । आफुभित्रको  त्यो द्रष्टाको माध्यमबाट प्राप्त दृश्यलाई आफुले कुनै अबधारणा नबनाइ बिना पूर्वाग्रह जस्तो छ त्यस्तै रुपमा सत्य स्वरुपलाई मनन गरेर त्यो अबस्थालाइ देख्ने र हेर्ने द्रष्टालाइ मात्रै साक्षी मान्न सकिन्छ ।   दृश्यप्रति मन बुध्दि राग व्देश अहंकार बाट मुक्त भै जागृत हुदै द्रष्टा हुनु भनेको नै साक्षीभाव हुनु  हो । यही साक्षीभावबाट माथी उक्लने मानिस मात्र  आत्मासंग साक्षात्कार हुन सम्भव छ । आत्मा भन्दा परको यात्रा भनेको परमात्मासंगको मिलनको यात्रा हो ।  

सबैको कल्याण होस् ।

१०/३१/२०२२