वेदको रचना 

पुरातत्ववेत्ताको भनाइ अनुसार बेदको रचना स्वयम्  सृष्टि कर्ता ब्रह्माजीको मुखबाट निस्केको बाणीहरुको संग्रह भनिन्छ । प्राचिन ऋषि गणले श्रुति र स्मृतिलाइ गरेर संग्रह गरेको सम्पूर्ण वेदलाई वेद्ब्यासले लिपिबध्द गरि चार खण्ड ऋग्वेद, यजुर्वेद,सामवेद र अथर्ववेद मा विभाजित गरेको भन्ने कुरा उल्लेख गरेको पाइन्छ । पश्विमी बिध्दानहरुले  वेद करिब १५०० देखि १२०० इश्वी सम्बत पूर्ब  को बिचमा वेदको रचना भएको उल्लेख गरेका छन् । यो हिसाबले लगभग ३५०० बर्ष मात्रै भएको हुन्छ । बेदको रचना बेदब्यासले गरेका भनेर हामीले मान्दछौ ।  श्री कृष्णको जन्म व्दापरयुग्को अन्त्य तिर लगभग ३२२८ बर्ष इस्वि सम्बत पूर्व अनुमान गरिएको छ, गुगल अनुसार । अहिले लगभग ५२५१ पांच हजार दुइसय एकाउन्न बर्ष भन्दा अगाडी जन्म भएको रहेछ । श्री कृष्णका जन्मस्थान र महाभारतमा अनुसार मथुरा र व्दारिका आदी इतिहासिक तथ्य प्रामाणहरु स्पष्टरुपमा यथावत छन् । महाभारत युगमा आउदासम्म  मानिसहरुको बुध्दि अन्त्यन्त चतुर पराक्रमी भाषा उन्नत परिष्कृत भैसकेको सहजै बुझ्न सकिन्छ । महाभारत युध्दमा राजा राज्य सेना  आदिको बिकशित थियो नै । युध्दमा प्रयोग भएका शस्त्र आदिले के बुझाउछ भने यो संसारमा प्रतिस्पर्दामा पुरै उत्रन सक्ने बिकसित शामन्त र बिस्तारबादी राज्यमा परिणत भएको हुनु पर्छ ।  

महाभारत पनि बेदव्यासले लेखेका हुन् भने बेद १५००- १२००  इस्वी सम्बत पूर्बको बिचमा लेखिएको त्यसको समयको तारताम्ब्य मिलेन । बेदव्यास त महाभारतका पात्र थिए । यहाँ बेदको रचना र महाभारतको रचनामा लगभग १७०० बर्षको अन्तर देखाउदछ । के वेदब्यास १७०० बर्ष भन्दा बढी बाचे त ?  फेरी महाकाव्य महाभारतमा वेदको रचना ब्रह्माजी गर्नु भएको उल्लेख छ ।  श्री कृष्णले पनी सृष्टिको आदि कालदेखि वेद रहेको कुरा जिकिर गर्नु भएको छ । त्यसैले बेदको रचना महाभारत भन्दा अगाडी भएको हुनुपर्छ । त्यसैले  बेद को रचना बेद्ब्यासले गरेको होइन भन्न सकिन्छ ।  

ब्रह्माजीले गरेको सम्पूर्ण वेदलाइ चार भागमा बेदव्यासले भिभाजन गरि लिपिबध्द गरेको कुरा स्विकार गर्न सकिन्छ । वेदलाई लिपिबध्द गरेकै कारणले ऋषि परासर र सत्यवतीको  छोराको नाम वेदव्यास भनेर भनिएको पनि हुनसक्छ ! वेदलाई अपौरश्य मानिएको छ । किन भने वेद मानिसबाट रचना नभइ साक्षात् ब्रह्मा देववाट रचना गरिएको थियो, भनिन्छ । त्यसैले वेद बाणी को रुपमा रहेको पनि भनिन्छ । यसका श्लोकमा  रिशिहरुको भनाइ रहेको हुँदा बेद एउटा छंदोवध्द,लयमय  कबिता र भजनको संग्रह जस्तो लाग्छ ।

( राहुल सांकृत्यायन को दिग्दर्शन )अनुसार 

 वेदमा सवैभन्दा पुरानो ऋग्वेद मन्त्र संहिता हो । रिग्वेदको मन्त्र कर्ता विश्वामित्र, वशिष्ठ, भारव्दाज अत्रि आदि हुन् । अन्गीराको नाती तथा वृहस्पतिको छोरा भारव्दाज को समय १५०० इशा पूर्व भनिएको छ । यहाँ भार्व्दाज राजा शिवोदास का पुरोहित थिए । यी उत्तर पाञ्चाल का थिए ।विश्वामित्र क्षीण पाञ्चाल आगराका थिए । वशिष्ठका सम्बन्ध अम्बाला र मेरठ राजाके पुरोहित थिए । यसरी सारा ऋग्वेद छ सात पिढीका रिशीहरुको कृति हो । 

जस्तै अंगिरा —> बृहस्पति ९१५२० इ पू )—–>भार्व्दाज(१५०० इ पू ) —–>विदर्थि —->नर ९१४६० इ पू )—–> संकृति  १४४० इ पू ——> (गैरविती १४२० – रंती देव रिशिहरुको परम्परालाई लिने हो भने रिग्वेद्को सबभन्दा धेरै भाग यहि समय रचना भएको हुनु पर्छ । ब्राह्मण हरु र आरण्यहरु यसको पछि सातौ र छैठौ साताब्दी इशा पूर्व सम्म चलि रह्यो । प्राचिन उपनिषद्मा एक मात्र मन्त्र संहिता ( शुक्ल यजुर्वेद को भाग ( चालिसवाँ  अध्याय  हो । बाँकी सात ब्राह्मणहरु अथवा आरान्य को । 

वेदमा आर्यसमाजको बिकाशको बारेमा जे पाइन्छ त्यसबाट थाहा हुन्छ कि आर्यावार्त्मा बसोवास गरिन्जेल आर्यको कुरू, पाञ्चाल जस्तै सामन्ती राज्य कायम भैसकेको थियो । कृषि उनि बस्त्र अन्य ब्यापार खुबै चलेको थियो । पशुपालन बिशेष गोपालन जसले दुध दहि खेति पातीको लागि गोरु आदिको उपयोगी भएको थियो । यो नै आर्थिक उन्नतिको मूल श्रोत बनेको थियो । आर्यवार्तामा आरम्भमा बस्ने मान्छेहरु बिचमा बर्ण र जातिहरु बन्न लागिरहेका थिए । त्यो त्यति सबल थिएन । धरमर अबस्थामा थियो । साफ सुग्घर  शुध्द रक्तवाला आर्य  ब्राह्मण र क्षत्रिय थिए । विस्वानित्र मात्रै राजपुत्र भए तर ऋषि भएनन । 

बल्कि ब्राह्मण भार्व्दाजका नातिहरु सुहोत्र र शुन्होत्रका सन्तान कुरू र पान्छाल्का शासक थिए । भार्व्दाज्का नाति पलाती रंती देव राजा र खत्रिय थिए । कुरू पान्चाल्मा ब्राह्मण र क्षत्रीय बीच  शासक र पुरोहितको सम्बन्ध छ । त्यतिवेलासम्म वर्नाब्यबस्था कर्म मा निर्भर थियो । गोपालन र कृषिको बिकाश भैसके पछि आर्यहरुको खाना भात रोटि दुध घ्यु धी र मंस गाइको बछादाको मासु र सोम रस (भाङ्गको रस )प्रिय थियो ।  सिन्धुको पुरानो सभ्यता मा मेसोपोतामिया र मिश्रको जस्तै देवता को प्रतिमा बन्थे । आर्याहरुको देवता इन्द्र वरुण सोम आदि गरिएका प्राकृत शक्ति हरु थिए । तर शिन्धु वासीहरुले लिङ्ग पुजा गर्दथे । आर्याहरुले घृणा गर्दथे । आर्यहरुले आफ्ना इश्वरलाई पुजा गर्दा भावपूर्ण स्तुति गर्दा ।लयात्मक  कबिता र भजनको रुपमा गर्न थालेका हुन्छन ।

०००