जीन्दगीको के छ र भर
खुला आकाश झैँ खुलेर, मुस्कुराउ जिन्दगीमा
के साच्नु जाने हो छोडेर, मुस्कुराउ जिन्दगीमा
बाचूँ पर्छ तब सम्म, जिन्दगी रहदा सम्म
दुख जती सबै भुलेर, मुस्कुराउ जिन्दगीमा
इर्श्या र प्रतिश्पर्दा गरी, पाउछौ के जीवनभरि
राख्छ हिसाब जोडेर, मुस्कुराउ जिन्दगीमा
माफी मागेर हेर अनी, माफ देउ सबैलाइ
कतै पुगिन्न है रिस्सेर , मुस्कुराउ जिन्दगीमा
नराम्रै गरेका छौ भने, तिमीले भोग्नु पर्दछ
उसले राख्ने छ लेखेर, मुस्कुराउ जिन्दगीमा
छोटोछ जीन्दगी मिलाउँ, बिग्रेका सम्बन्धहरु
रमाउ कर्मफल भोगेर, मुस्कुराउ जिन्दगीमा
अरुले केही भन्ना भनि,सोच्दै त छैनौ तिम्ले
जीन्दगी स्वतन्त्र बाँचेर, मुस्कुराउ जिन्दगीमा
रमाउ भुलेर उमेर, आफ्नै यो जिन्दगानीमा
दुखि नबन्नु दिन गनेर, मुस्कुराउ जिन्दगीमा
जिन्दगीमा खुशी राजि भै, जिउनु पर्छ यहाँ
एक्दीन जानैछ छाडेर, मुस्कुराउ जिन्दगीमा
बुझ्न पर्छ जन्म र मृत्यु, छैननी हाम्रो हातमा
उमंगले बाँची नाचेर, मुस्कुराउ जिन्दगीमा
क्षणभंगुर समय छ, जन्म र मृत्युको बीच
अघाउन्जेल जिएर , मुस्कुराउ जिन्दगीमा
अरु लाई पिडा नहोस, आफ्नो जिउने कलाले,
आफ्नै लागी सबै भुलेर, मुस्कुराउ जिन्दगीमा
जीन्दगीको के भर छ र, आज हो कि भोली
सत्यं शिबं सुन्दरं जपेर, मुस्कुराउ जिन्दगीमा