गीत 

बैगुनी रहिछ्यौ के भनु  मैले 

लाएको माया तोडेर जानेलाई 

 

खाएर कसम देउराली भाकी 

सुटुक्क मुटु  चोरेर जाने लाई 

 

कसरी नभनु बैगुनी तिमीलाई 

नाता अरुसित जोडेर जानेलाई 

 

बैगुनी रहिछ्यौ के भनु   मैले 

मिलन बाटो मोडेर  जानेलाई 

 

कुरी रहे मैले आउछेउ   भनी

भुल्नै सक्दिन  उडेर जानेलाई  

 

सपना देखाई मायाको संसार 

स्वर्णिम सपना कोरेर जानेलाई 

 

बैगुनी रहिछ्यौ के भनु  मैले 

 

०४/१६/२०२१ 

 

Leave a Reply