आए म तिम्रो शहर
प्रेममा शंका गर्दा धोका, पाए तिम्रो शहरमा
जता त्यतै तिमि देखेर, आए तिम्रो शहरमा
मनमा चोट थियो कर्म पनी खोटो रैछ हाम्रो
न भेटेर तिमीलाई हरेस, खाए तिम्रो शहरमा
हामी बिछोड हुँदै गर्दा, दुखि भैकी थ्यौ रे तिमी
भेटीन कतै नी हार मैले, खाए तिम्रो शहरमा
दिनरात काम गर्दै थिए, हाम्रै सुखको लागी सम्झेर दुखका गीत मैले, गाए तिम्रो शहरमा
सपना सपनै रहन्छ कि, संगै बाच्ने संगै मर्ने
भेट्छु नै भनी तिम्लाई, रमाए तिम्रो शहरमा
जिन्दगीमा देखेका हाम्रा, सपना तुहिन्छ क्या हो शंका मनमा लिई बाटो ,समाए तिम्रो शहरमा
०२/२७/२०२०