नसोध  मलाइ  कसरी  म, घरमा   ढाटेर   आए 

तिमि नै सबै कुरा हौ भनी, आफैले आटेर आए 

 

ठुलो हो चोखो माया प्रेम, भनी  घर छोडी आए 

नबन तिमी  निरास  माया, को डोरी बाटेर आए 

 

बा आमाको इज्जत नभनी, डुबाइ मान मर्यादा 

जन्मे हुर्केर खेलेको त्यही , आँगन काटेर आए 

 

कसरी बित्ला यो जीवन, मेरो  तिमीलाई छोडेर 

पवित्र माया प्रेम हो भनी, आफ्नै मुटु साटेर आए 

 

यो जोवन तिम्लाई साचेर, सम्माली  राखेर आए 

हाम्रो  मिलन हुन्न कि भनी, यो मन फाटेर आए 

 

Leave a Reply