प्रजातन्त्र भनी लडनेहरु, बिश्वास घातमा  छन् 

सरकारमा जाने हरु पद, पावरको मातमा छन् 

 

जनताका जीवन भाँड्मे, जा ती  त भेडा न हुन्

पैसा मासुमा  बिक्ने  हरु, जहिले  साथमा छन

 

पैसा पद पाए कालोलाइ, सेतो कसले भन्दैन ?

उन्ले भन्थे जनता भेडा, हुन उस्तै खातमा छन

 

नेतागण सरकारमा चढने, खसाल्ने खेलमा छन् 

जनता गरिब  बेरोज गार, पिडा आघातमा छन 

 

देश डुबोस भत्कियोस के उस्लाई फरक पर्छ 

नेता  सांसद बेच बि  खन, रंगिन रातमा  छन

 

बिकाश समृध्दी मेन पावरका दलालीमा  छन् 

रेमिट्यान्स भित्र्याउनेका लास आर्यघाटमा छन् 

 

अति भैसकेको छ देशमा, 

 

अबस्था नेता कै मात्रै  फेर्ने, जनता टुलुटुलु  हेर्ने, 

सिस्टम फेर्ने  न आँटछ , न त उनी छाँटमा छन  

 

०३/२२/२०२१ 

Leave a Reply