मन थ्यो !!!

 

बाँझा खेतमा लटरम्म,  बाली फलाउन मन थ्यो  । 

देशमा उद्योग कार्खाना आफ्नै चलाउन मन थ्यो ।

 

आफ्नै देशको उत्पादन, प्रयोग गर्न पाए हुन्थ्यो /

देश  बिगार्ने  जालोलाइ, आगो लगाउन मन थ्यो  /

 

मजदुर  र  किसान  कै,  भन्ने सर्कार आउदा  नी /

न गास न बास छ यहाँ,  यस्लाई ढलाउन मन थ्यो  /

 

नाम गरिब  जनताको,  सेवा ठेक्दार माफियाको /

यो नक्कली घोषणापत्र, आगोमा जलाउन मन थ्यो /

 

धनीलाई स्कुल नी अर्कै, अस्पताल पनि  अर्कै छ /

यो पक्षपाती शिक्षा स्वास्थ, यहाँ भत्काउन मन थ्यो /

 

०३/०३/२०२१ 

 

Leave a Reply