गजल :

छोडे लोभ लालच बल्ल पो, जिन्दगीको छाँट हुन्छ 

छोडे पछी डर  जिन्दगीमा, अर्कै छाँट काट हुन्छ 

 

संघर्ष नै हो जिन्दगी यहाँ, सुख  दुख  भइ  राख्छ 

ज्यूदो बनेर मुका बला गरे, सबै  कुरा फाँट  हुन्छ 

 

आफ्नो लागी पौरख आफै, डटी आफै  गर्नु  पर्छ 

चाकरी मै जिन्दगी काट्ने, मान्छे उस्को भाट हुन्छ 

 

मलिलो अब्बल खेतमा त, तिन खेती  फल्ने  गर्छ 

दुख गरे खालै खेत भए नी,  त्यहाँ  सन पाट हुन्छ 

 

म देश बनाउन बाचेको हो, उस्ले  सधै  भन्ने गर्छ  

मिठो  बोलेर  ढाढस  दिने, त्यही नेता ढाँट  हुन्छ

 

सपना बाडी लिएको सत्ता, कहीँ  फलीफाप होला ? 

झुटको खेती गरेपछि यहाँ , बिश्वासको  घात हुन्छ 

 

सुखी हुन्थे ती किसान खाइ,  बचेको बेच्न  पाएसी

अन्न को मुल्य नगद् पाए पो, बल्ल अनी हाट हुन्छ 

 

कुकुर बिराला जस्तै लडे, घरको हाल  के होला ?

घर जलाइ खरानी  पारे, कस्को बिल्ल बाठ हुन्छ ?

 

केही दिएर जानसके पो, जीन्दगी जीन्दगी हुन्थ्यो 

लुटेको  धन पाइन्न  लान ,  जान  पर्ने  घाट  हुन्छ ।

 

०१/१२/२०२१ 

 

Leave a Reply