को जायज छन र आपसमै ठोक्छन  उनीहरु 

कुकुर बौलाए झैँ आपसमा  टोक्छन उनीहरु 

 

जनतालाइ वेकुफ बनाइ  रचिएको  मिलापत्र 

मिलेर देश  भड खालोमा   झोक्छन उनीहरु 

 

विकाशका ठुला ठुला कुरा गर्ने फत्तौ रे हरु 

भ्रष्टाचार हुन दिन्न भन्दै भ्रष्ट छोप्छन उनीहरु 

 

आफ्नै मात्र  सेटिंग मिलाइ खान पल्किएका 

सधैं माफियाका दुवै पाउ  ढोग्छ्न  उनीहरु 

 

जनताका काममा भन्दा कुर्ची मै  नजर  राख्ने  

दोष जति एकले  अर्कालाइ  थोप्छन उनीहरु 

 

जनता रोग भोकमा पिल्सि रहेकै छन देशमा 

मै राष्ट्रवादी हुँ भन्दै भाषण खोक्छन उनीहरु 

 

देशको शक्तिशालि मान्छेले शक्ति देखाउने रे 

काम देखाउन पर्नेमा  यस्तो जोत्छन  उनीहरु 

 

भएको छोरो मारी पुर्णिमाको ब्रत गर्ने  स्वाठ 

घरमा आगो लगाई राप ताप्न रोज्छन उनीहरु 

 

स्वार्थै स्वार्थको लोभ परेका  भिष्म र  गुरुजन 

द्रोपदिका चिर हरण हुँदा न रोक्छन उनी हरु 

 

अनैतिक भन्ने जानेर  तिन्कै पछि  जाने  विज्ञ

महा  भारत युध्दको बिऊ रोप्छन   उनी हरु

 

०१/२७/२०२१ 

Leave a Reply