कथा साच्चै पनी हुन सक्छ ? क्रमश ५  

 

आइफिल टावर फर्किदै गर्दा रात परिसकेको थियो । स्ट्रिट लाइटले पेरिस शहर जाजल्वमान सदा भैरहने शहर हो नै पुरानो शहर भएकोले बाटाहरु साँघुरा थिए । पर्यटकको घुइचो त्यत्तिकै थियो । आर्थरलाइ पेरिस कुनै नौलो थिएन । तर सयनाको लागी भने अदभुत नै लाग्यो । भोक पनी असाध्यै लागेको छ भनेर सयना तर्फ फर्केर रेष्टुरेन्टमा डिनर खाएर मात्रै जाउ भन्यो । सयनाले मन्टो हल्लाइन मात्र । के बोल्ने के नबोल्ने आर्थरसंग उसले केहि सोच्न सकिकी थिइन ।

अबेरसम्म स्नाक्स र वाइन खाइरहे । वाइनको नशा सयनालाई चढ्दै गएको थियो । बल्ल उसको बोली आर्थरको सामन्ने फुटेको थियो । सयानाले आर्थरप्रती आफ्नो माया जताइन, साच्चै उसंग प्रत्यक्ष भेटेपछि अरु प्रभावित बनेकी छ । हल्का डिनरको अर्डर दियो आर्थरले डिनर खाए पछि वेटरले बर्थडे केक उनीहरुको टेबलमा ल्याएर राखिदियो । एकाएक बर्थ डे  म्युजिक बज्न थाल्यो । फ्रेन्च भएकोले नबुझेपनी बर्थडे म्युजिक गायकले नबुझ्ने कुरै भएन । त्यसैमा आर्थरले आफ्नो गितार समातेर हेप्पी बर्थ डे सयना भन्दै गाउँ थाल्यो ।

बास्तबमा सयनाले आफ्नो आज बर्थ डे हो भन्ने नै उसको दिमागमा थिएन । उनि आश्चार्यमा परिन । बास्तबमा आर्थरले उसलाई बर्थ डे पारेर पेरिसमा बोलाएको रहेछ । आर्थरको गित सुनेर फ्रेन्चहरु वन्स मोर भन्दै थिए । सयनाले पनी आफ्नो मधुर गित गजल गाइन । साच्चै त्यो रेस्टुरेन्टको मालिक पनी धेरै खुशी भयो । सबै उनका गीतमा झुमेर नाचेका थिए । यत्तिकैमा सयनालाई नसोधी आर्थरले घुडा टेकेर, एउटा गुलाबको रातो फुलको  डाठ मुखमा टोकेर, हातमा हिराको औठी निकालेर आइ लभ यु सयना, के तिमीले मसंग बिबाह गर्न मन्जर छौ भन्दै सयानाको हात माग्दछ ।

सयनालाई सपना जस्तै लागिरहेको थियो । साच्चै यो बिपना हो भन्दै औलाले आफुलाई चिमुटी हेरिन । हो रैछ त भन्दै अलि नशा पनी चढेकै थियो । उनले पनी उठेर आर्थरले दिएको फुल समात्दै हात अगाडी बढाइन । आर्थरले हिराको औठी लागाई दियो । रेस्टुरेन्टमा भएका सबैले बधाई दिए । सयनाले सबैलाई केक बाडीन । आधारात बितेको पत्तै भएन । होटेलमा बल्ल तल्ल पुगे । कोठामा पुगेपछि के के भयो दुबैलाई पत्तै भएन | बिहान अबेर उठ्दा दुवै सर्बांग नाङ्गै एकअर्काको खुट्टा चढिरहेको थियो ।

दुवैमा अलिअलि नशा चढेकै थियो । त्यसमाथी जवानीको मात पनी कहाँ रोकेर रोकिन्थ्यो र ? मानिसहरु भन्छन नी जवानी र पानी रोकेर रोकिन्न !! यहि हाल थियो, यी जोडीको  । आर्थरले सयनासंग यस्तो होला भन्ने सोचेको थिएन । न त सयनाले नै सोचेकी थिइ ।  भैसकेपछि परिणाम भोग्ने मात्रै हो । सयनाले आफ्ना गाउमा थुपै केटा केटीले यस्तै भुल हुदाँ केटीले मात्रै दण्डित हुन परेको देखेकी थिइ । धेरै होसियार हुदाँ हुदै आफै यो डरलाग्दो  जन्जाल परिने हो कि ? मनमा अनेक डर आशंका उब्जेरहेका थिए  । 

आर्थरले सयना संग माफी माग्यो  । सयना केहि नबोली रोइ मात्रै / आर्थरले जबर्जस्ती गरेको पनी थिएन  / यो सबै हुन गयो / यसमा सयनाको पनी दोष थियो  / उसले नभन्दा भन्दै केहि भएको भए पो आर्थरलाई दोष दिनु थियो । आर्थरले तिमि पिर नगर म समाल्छु भनेर भन्यो / साँझ नेपाली समाजको कार्यक्रममा जानु थियो । दुवै नुहाईधुवाई गरी होटेल बाहिर निस्के /  एउटा मलमा गएर सेतो गाउन सयना लगाउन लगायो ।

त्यहाबाट  अमेरिकन चर्च अफ पेरिस गएर  सयनासंग बिबाह गरेर आर्थरले सयनासंग भएको परिस्थितिलाई नौलो मोडमा ल्यायो । साँझ नेपालीहरुको कार्यक्रम धुमधामका साथ सफल भयो । दुबैको बिबाह भएको थाहा पाएर काटी भोजको आयोजना गरिदिए ।  सयनालाइ लागिरहेको थियो यी नेपाली समाज नै मेरो माइति हुन्  । जसले मेरो बिबाहको खुशियालिमा भोजको आयोजना गरि दिएका हुन् ! यसरी सयनाको आर्थरसंग अप्रत्यासित बिबाह र हनिमुन पेरिसमा हुन पुग्यो । 

हप्तादिन त पत्तै नपाइ बित्यो ।  सयना नेपाल फर्किने समयमा केही आबस्याक सामानको सपिङ्ग आर्थरले गरिदियो । साथमा पेरिसमा घुमेका यी रमाइला क्षणका तस्विर र हातमा लगाएको हिराको औठी आर्थरसंग चर्चमा बिहागरेको प्रमाण पत्र यिनै थिए थपिएको सुटकेशमा । आर्थरले सयनालाई अंगालोमा कस्दै छिट्टै म तिमीलाई लिन नेपाल आउछु । तिमीले आफुलाई ख्याल राख्नु ! भन्दै एयरपोर्ट पुर्याएर बिदाइ गर्यो । सयनाले आँखाभरी आँशु बगाउदै बाई भन्दै भित्र पसी ।

क्रमश:

 

Leave a Reply