कथा साच्चै पनी हुन सक्छ ? क्रमश ४

समय बितेको पत्तै भएन। आज बिहानको फ्लाइट भएकोले सयना समयमै तयार भै आफ्ना चाहिने सामान लिएर हतार हतार त्रिभुवन एयरपोर्ट पुगिन । जकेट हातैमा झुन्ड़ाई हेन्ड्क्यारी गुडाउदै इमिग्रेसन डेक्सबाट छाप लगाई भित्र पसिन । सयना चर्चित गायक भएपनी उनको विदेश भ्रमण पहिलो थियो । हुनत अघिल्लो बर्ष नेपालबाट विदेशमा जाने टिममा उनि परेकी थिइन । त्यो प्रोग्राम रद्द भएकोले उनि जान पाइनन।

सयनाको मन भित्र एक किसिमको रमाइलो लागिरहेको थियो भने एक्लै यात्रा गर्दा मनभित्र डर पनी उत्तिकै थियो।  मन कहिले रोमाञ्चित हुन्थ्यो भने कहिले  डरले सरिर काम्ने गर्थ्यो । कतार एयरलाइन्सको प्लेनभित्र पसेपछि थुपै नेपाली देखे पछि अलि ढुक्क लागे जस्तो भयो । करिब पांच साढे पांच घण्टापछि दोहामा प्लेन लेण्ड भयो । दोहाको त्यो बिशाल एयरपोर्टभित्र छीरे पछि उनले पेरिस जाने गेट खोज्नु पर्ने थियो । साइन बोर्ड हेर्दै खोज्ने कोशिस गरिन, आफै पार लाग्ने छाँट नदेखिएन, दोहाको एयर पोर्टमा थुपै नेपालीले काम गर्ने देखेपछि, उनले सोधिन र एक जना नेपालीले बैनी मैले गेटसम्म पुराई दिन्छु भनी भित्र पेसेन्जर ओसार पसार गर्ने सानो गाडीबाट ठाक्कै गेट अगाडी पुर्याई दिए । सयानाले त्यही बसेर आफ्नो फ्लाइट कुरी रहिन । 

त्यो पतिक्षा कक्षमा धेरै जसो युरोपियन थिए   कताकती अमेरिकन थिए भने नेपाली कसैलाई नदेखेपछि सयना मन मनै आत्तिएकी थिइन। एयर फ्रान्सको बोर्डिंगको समयमा कताकता बाट एक जना नेपाली लाइनमा भेटिए । उनीसंग हेलो हाय गर्न त पाइन् तर प्लेन भित्रको सिटमा उनि भन्दा धेरै पछाडी  रहेछ। आखिर एक्लाको एक्लै भइन।  करिब साढे साता घंटाको लामो फ्लाइट पछि सिडीजी एयरपोर्टमा प्लेनले लैंड गर्यो।  रातभरी निदाउन सकिनन् । पेरिस पुगेपछि आर्थरसंग भेट होला कि नहोला ? भन्ने एक किसिमको आशंका पनी थियो डर पनी थियो मनमा।     

 एयरपोर्टको इमिग्रेसन डेक्समा आइसकेपछि सयनाले आफ्नो पासपोर्ट तेर्स्याइन  । अफिसरले केहि कुरा सोधिरहेको थियो । उनले फ्रेन्च भाषा जानेकी थिइनन् । उनले जवाफ फर्काउन सकिनन र उनलाई इक्वारी रुममा ल्यायर राख्यो  । न उनको कुरा बुझ्ने मान्छे थियो \ त्यहा अंगेजी भएको भए  केहित बोल्ने थिए भन्दै मनमनै भत्भताउन थालिन ।  चिसो ठाउ भए पनी  निधारमा पसिना छुटि रह्यो ।  वास्तवमा उनिहरुले तिमीलाई रिसिभ गर्न कोहि आउछ  कि ? भनेर सोधेको रहेछ र तिमि यो हप्ता कुन ठाउमा बस्छौ भनेर ठेगाना मागेको रहेछ । त्यस एयर पोर्टमा इन्डियन मान्छे पनी काम गर्दो रहेछ । उसैलाई खोजेर ल्यायो  ।

सले हिन्दीमा उनलाइ सोध्यो । उनले मलाइ आर्थर लिन एयरपोर्टमा आउछु भनेको छ । चार्ल्स फ्लोक्विट (charles floquet) होटेलमा बुक गरेको लेटर देखाएपछि उनि त्यहाँ बाट निस्किन पाइन् । आर्थर लबीमा कतै नदेखेर आत्तिदै थियो  ।  उसले इक्वायारी डेक्समा गएर पटकप टक  सोधी राखेको थियो । केहि मान्छे अझै भित्र भएको भन्ने थाहा पाएर अलि ढुक्क हुन पुग्यो ।

लबीमा आर्थर गुलाबको गुच्छा लिएर सयनाको प्रतीक्षा गरिएको थियो । यत्तिकैमा सयना यता उती प्र्ल्याक पुर्लुक हेर्दै लबितर्फ़ आइन । आर्थरले पछाडिबाट सयनाको आखा  छोप्दै वेलकम पेरिस मेरी सपनाकी रानी भन्दै सयनाको अगाडी आर्थर उभिन्छ । सयना झसङ्ग हुदै उसको हात समाएर आँखा खोलेर हेर्दा उसको अनलाइन प्रेमी आर्थर अगाडी पाउछिन । दुबैजना अँगालोमा बेरिन्छन । तत्पश्चात टेक्सी लिएर बुक गरेको होटेल पुग्छन दुवै । दुवै थाकेका थिए । आर्थर लन्डन हुदै पेरिस आएको थियो भने सयना पट्यार लाग्दो लामो हवाई यात्राबाट आएकी थिइन् । दुवैले नुहाई धुवाई गरि फ्रेस भएर बाहिर निस्किए ।

आर्थरले सयनाको  हात समाएर बाटामा पर्ने गार्डेन देखाउदै, किनारमा युगल जोडी बसेर रेस्टुरेन्टमा खादै गरेको हेर्दै आइफिल टावर पुग्दछन । आर्थर बोलिरहेको थियो सयना भने सुनेर उसैसंग ताल मिलाएर हिडी राकी थिइ । सम्साँझ हुनै लागेको थियो । 

क्रमश:

Leave a Reply