अब के होला नेपालमा ?

के साच्चै केपी ओलीले काम गर्न नपाएका हुन त ?
नेपाली जनताले नेपालको इतिहासकै ठुलो लगभग दुइ तिहाइको जनमत दिएर नेकपालाइ विजय बनाएका थिए । नेपाली जनतालाइ पुरा बिश्वास थियो । यो सरकारले नेपाल र नेपालीको भविष्य उज्ज्वल बनाउने छ । भ्रष्टाचार नियन्त्रण गर्ने छ । आफ्नै पार्टीले काम गर्न दिएन भनेर बहुमत सरकारले आफ्नै बहुमतको संसद बिघटन गरेका छन् / यो ब्यबस्था संसदीय ब्यबस्था हो भने संसदले प्रधानमन्त्री फेर्न सक्ने ल्याकत राख्थ्यो / अगर यो होइन भने हामीले किन यो ब्यबस्थालाइ संसदीय व्यबस्था भनी राखेका छौ ?
जब जब प्रधानमन्त्रीले आफ्नो कार्य क्षमता नभएर काम र ब्यबस्थापन गर्न सक्दैनन, तब तब संसद भंग गर्ने परिपाटी नै बसिसकेको छ, हाम्रो देशमा । पार्टीको नीति सिध्दान्त र देश र जनताको भलो काम नगरेर, कसित कति पैसा लिएर ठेक्का दिने, कसलाई कुन पद कति पैसामा बेच्ने, कसलाई मन्त्रि बनाउन लगाउने र बनाउने खेल पार्टी र प्रधान मन्त्रीको टोलीले गर्न थाल्दछ । सहि मान्छे, सहि ठाउमा पुग्न पाउदैन । सहि काम गरिराखेको मान्छेलाइ हटाउन उद्दत भएर लाग्ने यस्तो सरकार ढलेर र बसेर जनतालाई के फाइदा हुन्छ र ? फेरी चुनाबमा जाने भनेको देशको बिकाश खर्च चुनाबमा गर्नु भनेको देशलाई बर्बाद गर्नु हो ।
नेताको जुङ्गाको लडाइमा जनतालाइ दुख दिने र बिकाश खर्च मासेर देश र जनतालाइ गरिब बनाइ राखेर लुटी बाँडी चुडी खाने ब्यबस्था नै संसदीय ब्यबस्था हो भनेर किन नभन्ने ? एक जना मान्छे थियो कुलमान घिसिङ्ग, जसले घाटामा गएको बिधुत प्राधिकरणलाई नाफा गराउदै, जनतालाई लोड सेडिंग मुक्त गरि उज्यालो दिएका थिए । ति मान्छेलाई समेत गलहत्याएर फाले । यो एउटा उदारहण मात्रै काफी छ यो सरकार पनी लुटतन्त्रकै पक्षमा रहेछ भन्ने यती काण्ड, बालुवाटार काण्ड, ओम्नी काण्ड, निर्मला काण्ड, सुन काण्ड अनेकौ काण्ड गरेर मेलम्ची देखी वाइड वडी, प्रेस काण्ड, यदी यो सरकारले गरेको होइन भन्ने कसको हिम्मत छ ? यसका मतियार बनेका प्रधान मन्त्रीले काम गर्न दिएनन, भन्न सुहाउछ ? ल मानौ प्रधानमन्त्रिले देशकै लागि काम गर्न खोज्दा काम गर्न नदिएको हो भने काम गर्न कसैले नछेक्ने प्रत्यक्ष कार्यकारी राष्ट्रपती प्रणाली लागु गरेर चुनावमा जाने हिम्मत किन नगर्ने ?
यी लुटतन्त्रका मतियारहरु पालो पालो खान कै लागी प्रत्यक्ष चुनावमा जादैनन् । दुइ दुइवटा संबिधान सभा चुनाव गराएर अरबौ रकम खर्च गरेर बनेको संबिधानले पनी मध्यावधी गराउन बाटो खुलाउने हो भने त्यो सत्यानासको नोक्सानीको संग असुल उपर गर्ने हो ? संगठित मजबुत पार्टीमा काम गर्न नदिने नेता पार्टीले फालेर समेत जनताका पक्षमा काम गर्नु पर्थ्यो ? किन गरिएन । अथवा प्रधानमन्त्रीले पार्टी बिधान भित्र नबसी संसदीय मर्यादा नाघ्नेलाइ पार्टीले कारबाही गरेर सक्षम प्रधानमन्त्रि नियुक्त गर्न सक्नु पर्थ्यो । खाली भागबण्डा र पदका लागी मात्र लड्ने, जनताको समस्या समाधानका लागी कहिल्यै कुरा समेत नगर्ने पार्टी नेता र सरकारमा रहेका मन्त्री पनी नाफा घाटाका कुरामा मात्रै सिमित भएको कुरा सबै जनताले छर्लंग बुझेका छन ।
यदी अहिले प्रधानमन्त्रीले घोषणा गरेको मध्यावधी सर्बोच्च अदालतका न्यायधिसले पक्षमा निर्णय गरे भने यो संबिधान स्वत: रद्द भएको ठहरिने छ । संसदीय ब्यबस्थामा संसदले प्रधानमन्त्रि बनाउने र राख्ने निर्णय गर्नु पर्ने हुनु पर्थ्यो । न की प्रधान मन्त्रीले संसद राख्ने कि बिघनटन गर्ने ? नेपालमा राजतन्त्र मासिएको छ । राष्ट्र धर्म मासिएको छ । संबिधानको पटक पटक मान मर्धन गरिएको छ । राजा देखि प्रजातन्त्रको मुकुण्डो लाएका वा कम्युनिष्ठको नामको कम्पनी खोलेका जो सुकै भए पनी विदेशीकै इशारामा शासन सत्ता हातमा लिई गरिब जनताको दुवाइ दिएर भ्रष्टाचार र लुटतन्त्र मचाउने काम भैरहेको छ ।
हो हामीले बुझेका छौ । ओली हटाएर प्रचण्ड आएर राम्रो हुदैन भन्ने । तर ओलीले दोश्रो पुस्ताको लागी सत्ता हस्तारण गर्न तयार भएको भए यो बिनास काले बिपरित बुध्दि हुने थिएन । ओलीको मुख हेरेर मात्रै नेकपाको विजय भएको होइन । लाखौ मान्छेको खुन पसिना लगनले मात्रै बहुमत आएको हो । यदी ओली मैले गरेको हो भन्ने लाग्छ भने प्रत्यक्ष मतदानबाट देशभरिका जनताको मत लिएर जितून ? हिम्मत छ । देउवासंग मिलेर पार्टी फुटाएर महाकाली सन्धी देश घात गरेको घटना ताजै छ । अहिले एमसीसी पास गर्नकै लागी बबण्डर भएको कुरा पनी नकार्न सकिन्न । कालापानीको नक्सा बनाएर मात्रै, राष्ट्रबादी भइने होइन । नक्सा त हरेक नेपालीको मनमा थियो र अझै छ । त्यो भूभाग ल्याउन प्रयास भयो कि पछाडी धकल्ने काम भयो । कालापानी लिम्पियाधुरा लिपुलेख महाकाली सन्धी गर्दा कहाँ थियो ? त्यसको छिनो फानो नगरीकन किन त्यो सन्धी गरिएको थियो ?
जे भएको छ, त्यो नेकपाको पतनको सुत्रपात भएको छ । यो नामबाट अब कोइ सत्तामा पुग्ने छैन । इमान र सिध्दान्त बिनाको राजनीतिले पुर्याउने पर्ने स्थान भनेकै यही ठाउ हो । चाहे कांग्रेसको हो वा नेकपाको होस् । नेपालको संबिधान कल्पना नगरेको संसद बिघटनले देश बिघटन पुग्ने हो कि ? भन्ने त्रास सर्बत्र सुनिन थालिएको छ । यो व्यबस्थाको र मान्छेको बिरोध भन्दा पनी राम्रो बिकल्प खोज्नु नेपाली जनता कर्तब्य हो । राम्रो मान्छेलाइ छान्नुस न की पार्टीलाई !! राजनैतिक दासताबाट मुक्त हुन् आबस्याक छ । देशलाई केहि दिएर मर्छु भन्ने इमान धरम भएको मान्छेलाइ छान्नुस । जो मान्छेले अध्यात्मिक आचरण राख्दैन पाप धर्मको मतलब जो मान्छे मानसिक दरिद्र बुङ्गा छ, त्यस्तालाइ भोट दिएपछि यस्तै हुन्छ ।
जय होस् ! सबैको भलो होस् !!!
१२/२२/२०२०