देशभरी कुलमान चाहिन्छ। भनेर नारा लागिरहेछ । पुलिसले लाठि चार्ज र पानीका फोहराहरुले आन्दोलन दबाउन खोजिरहेको छ । जब नेपालमा बहुदल आयो । पंचायतले देशमा स्थापित गरेका आधारभूत उधोग धन्दालाइ तहस नहस गराएर नेपालीका छोराहरुलाई बेरोजगार बनाए । अरबको खाडीमा दलाल मार्फत जबर्जस्ती धकलियो । प्रजातन्त्रको नाममा भारतको सामान किनेर खाने बनायो । इन्डियाको उधोग चलाई दिन नेताहरुले चाकरी र दलाली गरिरहे । हरेक उधोगमा दक्ष भन्दा पनी पार्टीका लागी र नेताको लागी पैसा जमा गर्ने आफ्ना मान्छेलाई भर्ना गर्ने परिपाटी मिलाइयो । न्यायधिस, पुलीश चिफ, अख्तियारमा सेटिंग मिलाएर संस्थागत कमिसनको ब्यबस्था मिलाउन लगाइएको थियो । पैसामा टिकट बेच्ने, पैसामा राजदुत बेच्ने र रातो पासपोर्ट बेच्ने, पजेरो देखि सुन्दरी लगाएर सांसद किन बेच गरेर आफ्नो स्वार्थ पुरा गरिरहने परिपाटी मिलाइरहेको अबस्थामा यो कुलमान कसरी बिधुतमा छिर्यो ?
सरकारमा बस्ने र प्रतिपक्ष का बिचमा ठुलो छलफल बिगत महिनौ देखि चलिराखेकै छ । जब यो संसारमा अमृतको खोजी गरिएको थियो । देवता र असुर मिलेर समुन्द्र मन्थन शुरु हुन्छ । समुन्द्र मन्थन हुदै गर्दा बिष पनी निस्कियो र अमृत पनी निस्कियो । बिषलाइ देवादी देव महादेवले पियर संसारलाई बचाउन योगदान दिनुभयो । जब अमृत प्राप्त भयो तत्पश्चात देवताले असुरमाथी छल गरेर उनीहरुलाई अमृत जती देवतालाई र असुरलाई सुरा पिलाउने योजना गरेका हुन्छन । त्यहा एक आध जना असुर देवताको लहरमा बसेर अमृत पिउन सफल हुन्छ तर देवताले तुरुन्त उसलाई काटी दिन्छन । त्यो अमृत पान गरेको असुर राहु र केतु भएर जीवित हुन् पुग्दछ । यसरी मन्थन भएर निकालिएको अमृतमा जसरी घोटाला भयो आज पनी त्यस्तै भएको छ ।
नेपालमा भएका ठुला ठुला आन्दोलन नेपाली जनताले आन्दोलनबाट प्राप्त अमृत सबैलाई बराबर बाडिने छ भन्ने आशले गरेका थिए । तर त्यहि भयो देव र असुर मिलेर गरेको समुन्द्र मन्थन गरेर निस्केको अमृत देवताले खाए जस्तै अहिले आफुलाई देवत्व ठानेका नेतागणले राज्यको ढुकुटी पिएका छन । जनतालाई अभाव र गरिबीमा बाच्न परेको छ भने जनयुध्द र आन्दोलनमा घाइते र सहिद परिवार भने बिष पिएर बस्न परेको छ ।
कुलमान यस्तो प्रतिनिधि पात्र हो । जो झुक्किएर सरकारबाट बिधुत प्राधिकरनमा नियुक्ति पायो । र दशौ बर्ष प्राधिकरन घाटा पारेर लुटेका पापिहरुको सामन्ने लोड सेटिंग हटाएर प्राधिकरनलाई नाफामा लैजान सके । सबै उधोगलाइ धरासाही बनाएर खान पल्केका यी भष्मासुरहरु उनलाई ननिकालिकन निद्रा परेन । प्राधिकरणमा भएको पैसा कसरी आफ्नो पोल्टामा पार्ने र करोडौ कमिसन लिएर सो पद बेच्ने दाउमा लागि परेका छन । कुल्मानले नेपालि जनताको लागी उज्यालो दिएको साँचो हो । उनले कसैलाई पैसा दिएर पुन नियुक्ति हुन् कोशिश गरेनन पनी। पैसा नेतालाई दिन संस्थामा भ्रष्टाचार गर्नु पर्थ्यो । उनि इमानका साथ काम गरेकोले उनि निर्भिक भएर आफ्नो सफल कार्यकाल समाप्त भएर बाहिरिएका छन। करोडौ जनताको माया उनको साथमा छन । ओली सरकारले कुलमानलाई निरन्तरता दिन नसक्दा त्यस पार्टीका कार्यकता समेत अपमानित भएका छन । सायद केहि लाउके बाहेक अब धेरै जनसमुदाय ओली सरकारको र पार्टीको बिकल्प खोज्न बाध्य हुने छन ।
आफ्नो घोषणा पत्र रद्दीको टोकरीमा फालिसकेको सरकारबाट केहि आश गर्ने ठाउ देखिन्न । कोरोनाबाट
पिडित भएका बेरोजगार मजदुरहरुको, मल नपाएका किसानहरुको बेहाल हुँदा सरकार बस्ने सरकारी कर्मचारीले तलब थापेर लकडाउन गर्ने, जनतालाई बेसहारा सडकमा भोकै बनाएर राम हेर्ने सरकार हो कि ? सैतान हो ?
कोरोना जस्तो भयानक रोग संग फ्रन्ट लाइन बसेर उपचार गर्ने डाक्टर नर्सलाई प्रोत्साहन नगरी, भ्रष्ट र आफ़्ना भरौटे लाई तक्मा भिराएर करोडौ खर्च गर्न पनी पछि परेका छैनन । जनताको पक्षमा कुनै पनी सकारात्कम काम गरेको देखिदैन । न त राष्ट्रियता पक्षमा कुनै उल्लेख्य काम गरेको छ यो सरकारले ।
नेपाल इन्डियाको अघोषित उपनिबेस भएको छ । नेपाल र नेपालीको पक्षमा कुनै सरकार आए पनी केहि नहुने निश्चित छ । नेपालीले कहिले नेपाली छोरो राष्ट्र प्रमुख भएको देख्छ र त्यो इन्डियाको अघोषित उपनिबेसबाट मुक्त गराउन सक्ला ? कुलमानलाइ पुन नियुक्ति नगर्दा र फेरी लोडसेडिंग भयो भने यो सरकार त पक्कै ढल्छ नै। फेरी यो जुगमा यो पार्टीले सरकारको मुख देख्ने छैन । समय छदै धेरै कुरा सच्चिन अबश्याक छ।

०९/२४/२०२०

Leave a Reply