कथा साच्चै पनी हुन सक्छ ? क्रमश ३

सयानालाइ  आर्थरको यो सरप्राइज गिफ्टले अचम्मित बनाएको थियो । “मैले कल्पना पनी गरेकी थिइन” अर्थारले यस्तो अफर गर्ला भनेर मन मनै वडबढाउदै भान्सा कोठा पसेर एक कप चिया हातमा लिदै बढो सोचमा परिन । कहिँ कही नेपाली  शब्द थिए, आर्थरका चिठीमा धेरै अंग्रेजी बाक्य  थिए । सयानाले आफै सिकेको अंग्रेजीले पुरै बुझ्न गारो भए पनी जसो तसो शब्दार्थ खोजेर भए पनी बुझिन । आर्थर अमेरिकन हो ।

उसले मलाइ पेरिसमा बोलायो ? सयना अल्लमल्ल परिन । उ अमेरिकन हो वा फ्रान्सेली हो । सयानाले अनलाइनमा आर्थरलाइ भेट्न कोशिस गरिन । आर्थर अनलाइन थिएन ।  सयनाले आफ्ना साथीहरुलाई यो अफरको बारेमा बताइन । केहिले इर्श्या गरे भने कहिले भने, केहिले तलाई आर्थर साच्चै भेटेर आफ्नो बनाउन खोजेको पनी हुन् सक्छ । कुरै नमिले पनी एक हप्तामा फ्रान्सबाट फर्की हाल्छेस । भनेर सल्लाह दिए । ल ल मोज गर भन्दै, हाम्लाई कसैले पठाएन, नत्र हाम फालेर जान्थेम, भन्दै उनका साथीले धाप मार्न थालेका थिए ।

आबस्याक पर्ने पासपोर्ट  कागजात मिलाएर पेरिसको लागी तयार हुदै थिइन् । जती उडान नजिक हुदै थियो । उनको मनमा डर र खुशी झाङ्गिदै थियो । यता आर्थरसंग अनलाइनमा भेट हुन् नसक्दा जाउ की नजाउ भैरहेको सयनालाई । आर्थर पेरिसमा आएन भने म बितरा पर्छु भन्ने डरले अत्तालिएकि सयनालाइ एक्कासी आर्थरको मेसेस आयो । म व्यस्त भएर हो । मैले तिमीसंग कुरा गर्न पाएको छैन । म ऎले लन्डन आइसकेको छु । बिचमा कन्ट्याक्ट नभए पनी म तिमीलाई पेरिसको एयरपोर्टमा लिन आउने छु । डोन्ट वरी !! 

लामो सास फेरेर अब भने ढुक्क भै आर्थर उसलाई एयरपोर्टमा लिन आउने कुरामा । सयाना दोधारमा परेकी छ । राम्रो संग निदाउन पनी सकिन । घरी घरी उठेर पिसाप फेर्न बाथरुम पस्छिन । पिसाप पनी धेरै पटक लागेकोले सयनाले सोच्न पुग्छिन “ के मलाइ छटपटी भएर त एस्तो भएको हैन” ।  त्यस्तो पनी हुनसक्छ भन्दै चित्त बुझाइन । एकाएक सयनालाई एउटा कुरा दिमागमा आयो । यदी आर्थर भेटीएन भने पनी नेपालीहरु त पेरिसमा छदै छन् । आजकल नेपालीहरु संसारको कुन ठाउमा छैनन् र ? 

उसले आफ्नो साथीसंग ठेगाना लिएर पेरिसको नेपाली  समाजसंग सम्पर्क गरेर उनि पेरिसमा रहेको समयमा आफ्नो गीति कार्यक्रम गर्न इच्छुक भएको कुरा राखिन । सयनाले उस्तै परे मेरो अमेरिकन नेपाली गायक साथी आर्थरलाइ ल्याउने संभावना भएको उल्लेख गरिन । पेरिसको नेपाली समाजको सेक्रेटरी विक्रमले त्यसको ब्यबस्था गर्ने र आबस्याक परे बस्ने खानेको ब्यबस्था समेत गरिदिने बताएका थिए ।

केहि रकम उठेमा केहि पैसा समेत आफुले पाउने  बिक्रमसंगको यो कुराबाट अबगत भएपछी सयना अन्त्यन्त खुशी भइन । कतार एयर लाइंसबाट करिब पन्द्र घण्टा लाग्नेरहेछ।  कतारको दोहामा अर्को प्लेन फेर्नु पर्ने रहेछ  । यस्तै सोच्दा सोच्दै निदाइन ।

क्रमश:

Leave a Reply