कथा साच्चै पनी हुन सक्छ ? 

क्रमश:

जब आर्थरसङ्ग अनलाइनमा सम्पर्क हुन थाल्यो । पहिले त सयनालाई लाग्थ्यो,  आर्थर नेपाली होइन, तर उसले थोरै भए पनी नेपाली कसरी सिक्यौ  ? भनेर  सयनाले सोधे पछी उसले मेरो बुबा आमा  नेपाली हो भन्यो । तब उसले बिश्वास गरी ।  आर्थर नेपाली बडा मुश्किल बोल्न सक्थ्यो तर गित भने मज्जाले गाउन  सक्छ । सयनालाइ आफ्ना विगतले जहिले पनी सताउथ्यो । सयाना परियार एक दमाइ परिवारमा जन्मिएकी छोरी थिइन  ।

त्यो पनी नेपालको दुर्गम जिल्ला रुकुममा । उसले हाइस्कुल समेत पढन पाइकि छैनन  । गाउमा उपल्ला जातका मानिसले अछुत भनेर हेपेका कुराले उसलाई सदा सताउथ्यो । जब हुर्केर सयना तरुनी भैकी थिइ । तब उसंग एकान्तमा भेटन गाउकै जो कोइ जातका युवा तयार हुन्थे । सयनालाइ थाहा थियो । यी उपल्ला जातका मान्छेलाई तल्लो जातको पानी  मात्रै नचल्ने हो, जवानीसंग खेल्न त उपल्ला जातलाइ छेक्दैन, मात्रै उनीहरुले समाजसंग छाती खोलेर भन्दैनन । उनीहरुले आँप चुसेर खोया फाले जस्तै फाल्छन भन्ने कुरा आफ्नी फूपुले आफुले भोगेका कुरा फ़ुपुबाट सुनेर थाहा पाइकि थिइन  ।

कती हण्डर खाएर मात्रै आज उ काठमाण्डौ आएर आज गायक भनेर चिनिन पाइकि छन  । उ भित्रका जातीय पिडा र समाजमा भएका गरिएका अपमानका  सम्झनाले  उ फेरी गाउ फर्कन मन छैन । उसका गजल गीतमा समेत उस भित्रको दर्द पिडा झल्कने गर्थ्यो । राजधानी मात्रै यस्तो ठाउ थियो । जहाँ अलिकति भए पनी प्रतिभाशालीलाई आफ्नो प्रतिभा र क्षमता देखाउन पाउने अवसर मिल्न सक्थ्यो । केहि मानिस थिए, उसको स्वरको मधुरतालाइ निखार ल्याउन सहयोग गरे । आज सयना देशकै महशुर गायक हुन् पुगेकी छिन । 

एक दिन आर्थरले सयनालाई सर्प्राइज गिफ्ट पठाई दिएको थियो । जब सयनाले त्यो प्याकेट खोलेर हेरिन । आर्थरको एउटा चिठ्ठी थियो । सयना म तिमीलाई प्रेम गर्छु । मैले तिमीलाई अनलाइनमा कहिल्यै व्यक्त गर्न सकिन, तर तिमीले मलाइ भेट, सायद तिमीले मलाइ पनी मन पर्याउछ्यौ ? मेरो संगीतसंगको लगाब र मेरी आमाले छोरा तैले मलाइ नेपाली बुहारी ल्याइदिन भन्नु भएको हुनाले मैले तिमीलाई चुनेको हुँ । नत्र अमेरिकामा धेरै गोरी केटीहरु मेरा फेन छन । म तिनीहरुलाई प्रेमको अफर दिन सकिन ।

अर्को यसै प्याकेटमा तिमीलाई पेरिसको एयर लाइन्सको  रिटर्न टिकट छ । आइफिल टावरको नजिकै एउटा होटेल  बुक गरेको छु ।  हाम्रो त्यहा एक हप्ताको ट्रिप हुनेछ । सायद तिमिसंगको यो भेटपछि तिमीले मसंग जिन्दगी बिताउने सोच बनाउन सक्छौ र मैले पनी । साक्षात भेट नै महत्वपूर्ण हुन्छ, यस्तो फैसलाको लागी । मलाइ आशा छ, तिमीले इन्कार गर्दिनौ । म तिमीलाई पेरिसको सिडीजी (charles de gaulle) एयरपोर्टमा रिसिभ गर्ने छु । 

क्रमश:

Leave a Reply