आर्थर नेपोली नाम हो उसको । उस्को बाजे अमेरिकामा करिब ५० बर्ष अगाडी धर्मराज नेपाल, नेपालको एक डिप्लोमेट कर्मचारी भएर आएका थिए । परिबारसंगै अमेरिका आएका धर्मराजका जेठा छोरा प्रकाश नेपालका छोरा हुन आर्थर नेपोल । प्रकाश नेपाल एउटा राम्रो कम्पनीमा सीनियर एकाउन्टेन्ट छन । करिब करिब रिटायर्ड हुने उमेर पुगिसकेका छन ।  तत्कालिन अबस्थामा अमेरिकामा नेपालीहरुको संख्या अन्त्यन्त न्यून थियो । नेपालीहरुले यहाँका कम्पनीमा राम्रो नोकरी पाउन पनी अन्त्यन्त कठिन थियो । प्रकाश आफ्नो नाम र थरले अमेरिकन कम्पनीहरुमा प्रवेश गर्न अन्त्यन्त सकस भएको ठान्थे त्येतिबेला । तर अब भने समय बदलिएको छ । आफुसंग खूबी छ भने नाम थर हेरिदैन जुनसुकै देशको इमिग्रांट किन नहोस उसले नोकरी पाउछ नै । आखिर अमेरिका इमिग्रेन्ट कै देश त हो । खाली कोइ अघिल्लो पुस्तामा आएका होलान केहि धेरै पुराना होलान यत्ती अन्तर हो । 

प्रकाशले आफ्नो छोरालाई पुरै अमेरिकन बनाउन कोशिश गरे । छोराको सामुन्ने सकभर नेपाली नबोल्ने, र अमेरिकन ओरिजिनल  टोन  होस् भन्ने चाहन्थे । आर्थर पनी त्यस्तै किसिमबाट हुर्कदै गएको थियो । आर्थरलाइ अमेरिकन संस्कारमा हुर्काउनको लागी ह्वाइटहरु बस्ने कम्युनिटीमा घर किनेका थिए । आर्थरकी  आमा अलि परम्पराबादी थिइन् । बिहान उठेर नुहाई धुहाइ, पुजा आजा नगरेसम्म भान्सामा पस्थिनन । आर्थरलाइ कमसेकम  स्कुल कलेजमा जानु भन्दा अगाडी घरको पुजास्थानमा नमस्कार गर्न बानी पारेकी थिइन् । प्रकाशले जती सुकै बन्देज लगाए पनी आमाको मन थियो । छोराले नेपाली जानोस र बोलोस् भन्ने । 

प्रकाश भने छोराले अमेरिकन साथी बनाएको र उनीहरुको संगत गरेकोमा धेरै खुशी थिए । प्रकाशकी पत्नी भने आफ्नो संकृति मेट्नु हुन्न । छोराले बिफ स्यान्ड्युज नखाओस भनेर जोड गर्थिन । प्रकाशले अमेरिकन सोसाइटीमा बिफ नखाएर कहाँ हुन्छ ?  भन्ने तर्क राख्दथे । आर्थरकी आमा उर्मिलाले युत्युबमा नेपाली संगीत लोक दोहरी, गजल सुन्ने गर्थिन । आर्थरको रुची पनी संगीतमा बढ्दै गैरहेको थियो । उसले कलेजमा समेत अंग्रेजी गीत गाएर चर्चित भैसकेको थियो । जब आर्थरले अमेरिकन आइडलमा भाग लिन पुग्यो । उसले अमेरिकन आइडलको स्टेज मै नेपाली गीत गाएर सबैलाइ अचम्मित पारेका थिए ।  अमेरिका भरी उसलाई नेपाली समुदायले नचिन्ने कुरै भएन । 

एक दिन आर्थरले युट्युबमा सयानी परियारले गाएको सुमधुर गजल सुन्छ ।

 सयानीको आवाजमा जादु थियो । उनको स्वरमा आफ्ना गीत गाइदिओस भनेर धरैले चाहन्थे ।  उनको स्वर मात्रै हैन उनि साच्चै नै राम्री थिइन् । आर्थरले सोसल मिडियामा खोजतलास गरेर उसलाई सम्पर्क स्थापित गर्यो नै । नेपाली गजलका लयहरुलाई अंग्रेजी गीतमा र अंग्रेजीगीतको लय नेपालीगीतमा मिसाएर गाउदा एक किसिमको नयाँ रुप बन्दथ्यो । यो झन विशिष्ट खाले संगीत बन्न पुग्दो रहेछ । बिस्तारै आर्थरको भावानात्मक सम्बन्ध सयानीसंग हुन थाल्यो । गीत संगीतको माध्यमबाट नजिकिएको सम्बन्ध अब आफ्नै मुटुसँग जोडिएको सम्बन्ध जस्तो लाग्न थालेको थियो आर्थरलाइ । 

क्रमश:

Leave a Reply