धेरै बर्षपछी म अमेरिकाबाट नेपाल फर्कदै थिए । यस पटक एयरपोर्टमा लिन मेरो अनन्य मित्र जगदिश आउदै थियो । जगदिशसंग पहिले नै कुरा भएको थियो । यसपटक नेपालको बसाइमा आधा भन्दा बढी उसैका बस्ने छु भनेर बचन पनी दिएको थिए । पुरै नेपालको भ्रमण गर्ने ब्यबस्था उसले मिलाउने छ, मेरो लागी । उ एक वर्ष अगाडी नै सरकारी अफिसरको जागिरबाट रिटायर्ड भैसकेको थियो । त्यसैले उसंग समय नै समय थियो । उ अली भाबुक पनी कविता लेख्छ, गित लेख्छ, हिन्दि सायरी र गजल उस्कोलागी प्रिय थियो । क्यानभासमा पेंटिंग गर्थ्यो । उसले क्यानभासमा उतारेको तस्विर अन्त्यन्तै मनमोहक र जिबन्त देखिन्थ्यो । उसको परिवार सहित नेपालका धेरैजसो ठाउहरुमा पुग्ने बिचार गरेको थिए मैले । उसले मेरै नातेदारपर्ने बैनी सुधालाई बिहे गरेको थियो । त्यसैपनि उ बाल्यकालको साथि पनी हो । त्यसमा पनी सुधाको सम्बन्धले अझ नजिक थिए, म । नातेदार कम मित्रता बढी थियो उसंग ।
त्रिभुवन विमानस्थलमा प्लेन लैंड भैसकेको थियो । जगदीश भित्रै मलाइ लिन पुगिसकेको थियो । मलाइ देख्ने बित्तिकै न्यानो अभिबादन सहित एक अर्कामा हग गर्यौ । यो भेट धेरैबर्षपछि भएको थियो । हाम्रा दुबैका रौँ सेता भैसकेका थिए । अलिअलि गालामा जुर्री देखिन थालेका थिए । तालुमा रौँ झरेर खुइलिन थालिसकेको थियो । एक अर्कामा हेर्दै त “बुढो भैसकिछस” भन्यौ । यो मान्छेको मन नै हो अरुलाई बुढो देख्ने र आफु अझै जवान छु भन्ने लाग्दो रहेछ । मैले धेरै लगेज ल्याएको थिइन । एउटा हेन्ड क्यारी लतारेर हामी एयरपोर्टबाट बाहिरियौ । जगदीशलाई हेर्दा अलि बढी नै खुशी देखिएको छ । मसंग भेट हुदाँ खुशी हुनु स्वभाविक हो पनी । आफुसंग एकदमै मिल्ने साथीसंग भेट्दा म त दंगै थिए नै ।
एउटा सानो कार आफैले ड्राइभ गरेर लिन आएको थियो । “रिटायर्ड भएपछी अफिसबाट दिएको गाडी फिर्ता हुने नै भयो । एउटा साधन त लिने पर्ने भयो । यो अलि ठिक्क दामको थियो, यो मोडेल र रंग पनी मन पर्यो “। भन्दै जगदीश गाडी किनेको सविस्तार गर्यो । छोरा छोरीका बारेमा मैले सोध्दै गए उसले पनी भन्दै गर्दा गर्दै उसको घरमा पुग्यौ । घरमा पुग्ने बित्तिकै सुधा बैनी आएर मलाइ अँगालो हालेर स्वागत गरिन । गरिमा छोरी उनीहरुको एक मात्र छोरी र एउटा बैभव छोरा अमेरिका पढन गएको उतै अमेरिकन बिहे गरेर बसेको छ । बा आमासंग उसको सम्पर्कै छैन । बैनिसंग भने कुरा कानी भइरहेको रहेछ । बैनीलाई अमेरिकामा मास्टर्स गर्न बोलाइ रहेको छ रे । गरिमा भने बा आमालाई छोडेर विदेश जादिन भनेर बसेकी रैछन ।
खाना पाकिसकेको रहेछ, हामि आएर संगै खाने भनेर बसेकाले म रेस्टरुममा गएर फ्रेश भएरआए । डाइनिङ्ग टेबलको वरिपरि बसेर खान शुरु गरियो । त्यस घरमा गरिमा भान्जीको साथी केहि दिन बस्ने आइकी रहिछिन । उनको नाम सुष्मिता रहेछ । जगदीशले उ मेरो छोरीको साथी भनेर चिनायो । यत्तिकैमा गरिमा खाना नखाई रुदै भान्छा कोठाबाट बाहिर निस्किन । म भने अन्यौलमा परे के भएछ ? खाना त खायौ तर मलाइ यहाँ केहि भैराखेको छ भन्ने लागिराखेको थियो । मैले भान्जी गरिमालाइ भने “ के भयो तिमि अनायासै डाइनिङ्ग उठेर गयौ ? उनले भनिन “मैले तपाइलाइ भन्नै सक्दिन ‘ । आमालाई सोध्नुस ।
जगदीशले केहि बताउदैन आखिर के भा को हो ? सुधालाइ सोध्दा गरिमाले खालि उसले सुष्मितालाइ तुरुन्त आफ्नो घर पठाइ दिनुस मात्रै भन्छे र रुन्छे । अरु कुरा केहि भन्दिनन, भन्छिन सुधाले । सुष्मिता कलेजको छुट्टी भएर एक महिना बस्ने गरेर आइकी हो । पन्द्र दिन पनी भएको छैन । कसरी उसलाई त गइ हाल भनुँ । उ मेरो मिल्ने साथी उमाको एउटी छोरी मात्रै हो अनि गरिमाको पनी मिल्ने साथी हो । किन गरिमाले एसो गरिराखेकी मैले बुझ्ने सकिकी छैन भन्छिन सुधाले । सुश्मितालाई सोध्दा उ केहि बोल्दिन ।
पारिबारिक तनाबको बिचमा म टुप्लुक्क आइ पुगेको रहेछु । कसैले केहि खुलाएर भन्दैनन । गरिमाले अन्त्यमा सबैको सामुन्ने जगदीशलाइ डेडी तपाइले कि सुश्मितालाई घरबाट तुरुन्तै निकाल्नुस न नभए म यो घरमा बस्न सक्दिन, मै निस्केर जान्छु भन्दै रुदै चिच्याइन । जगदीशले सुश्मितालाई उसैको कोठामा गइ सुस्मिता तिमि आफ्नो आमाको घरमा जाउ भन्न पनी गएको थियो । तर जगदीशले उसलाई घरबाट गलत्याएर निकाल्न सकेन । गरिमाले मलाइ तुरुन्त जफाव चाहियो । उसलाई नीकाल्नु हुन्छ कि म निस्कु भन्छे गरिमाले, जगदीशको प्रेसर बढेर गरिमा निस्केनी भए निस्केर जा ! भन्दै जंगीए ।
गरिमा लगेज लिएर घरबाट निस्कन लागिन । मैले गरिमालाई सम्झाएर घरभित्र ल्याए ।
जगदीश मेरो प्रिय साथी त थिदै थियो । हामीबीच एक आपसमा घनिष्टता पनी थियो सबै कुरा खुलस्त हुन्थे हामी बीच । मैले उसलाई ढाडस दिदै भने हेर जगदीश तँ मेरो घनिष्ट साथि होस आखिर के हो समस्या ? उसले मलाइ पशुपती मन्दिरको दर्शन गर्न जाउ भनेर लग्यो । पशुपतीको दर्शन गरिसकेपछि बागमती पारि पेटीमा बसेर वारीपट्टिका दाहसस्कार गर्दा उडेको धुवालाइ देखाउदै जगदीशले भन्दछ । हेर मैले तलाई केहि झुट बोल्न पनी सक्दिन । हामी भनेको दश बारह बर्षका पाहुना न हुम । जागिरको सिलसिलामा परिवार छोडेर बिभिन्न जिल्लाका सदरमुकाम पुगियो । छोरा छोरी जन्मेर उनीहरुको पढाइ राम्रो होस् भनेर छोरालाई बोर्डिंग र छोरीलाई काठमांडू मै सुधालाई छोडेर जागिर जोगाउन बाहिरै जानु पर्थ्यो । जागिरबाट भ्रष्टाचार नगरेसम्म पैसा हुदैन । मैले अनैतिक काम कहिल्यै गर्ने मनशाय राख्दा पनी राखिन । त्यसैले दुर्गममा जादा भत्ता जोडिने हुँदा छोराछोरीको पढाइ खर्चमा सहयोग हुन्थ्यो । म अलग भएकोले छोराछोरीसंग नजिक हुन् सकिन । छोरो अमेरिका गएर उतै बस्यो । उसले कैले बाबा भनेर फोन पनी गर्दैन । रिटायार्ट भए पछि बल्ल घरमा संगै बसेका छौ । पारिवारिक आत्मियता बिलकुलै छैन । न माया प्रेम नै छ हाम्रो परिवारमा । मात्रै औपचारिकता छ । न मेरो खुशीको चिन्ता नै छ । कसो कसो कहिलेकाही लेख्ने र पेंटिंग गर्ने हुनाले अलि समय काटन सकिएको छ । जे गरेपनी त्यहि पेन्सन हो ।
यो पेंटिंग पनी अरुलाई फजुल खर्च मान्छन यार ।
पन्द्र दिन अगाडी छोरी गरिमाको साथी यो घरमा आइ । मैले लेखेका गित, गजललाइ सुधाले र छोरीले कहिले पढेका छैनन । उनीहरु सुन्न पनी चाहनन । उनीहरुलाई यो फजुल लाग्छ । पेंटिंगलाइ उनीहरु फजुल खर्च ठान्दछन । त्यसैले म अलि एकान्तमा नै बस्ने गर्छु । यो केटि अली चुलबुले खाले रहिछ । यो सुधाको साथी उमाको एउटी मात्रै छोरी हो । उसले दोश्रो बिबाह गरि बिरगंजमा बस्छिन । यो सुष्मिता छोरी उसको अघिल्लो लोग्ने तिर कि हो । उ घरमा जान पटक्कै मन पर्दैन भनेर पटक पटक सुनाउने गर्दथी । उसकी सौतेला बाउलाइ उसले देखि सहन्न । उसको नाम बिनोद हो । उसले पनी आफु तिरको नभएपछी चाडै घरबाट उम्काउन पाए हुन्थ्यो भन्ने लाग्दो हो ! त्यसैले उसको मन घरमा जान मन लाग्दैनथ्यो, भन्दै थी ! शुश्मिता घरमा आए पछी छोरीको साथि भन्दा पनी मेरो साथी भएकी थिए । उसले मेरा कबिता गजल पढछे, गुनगुनाउछे । उ प्राय मेरो कोठामा छिरी हाल्थी । शुरु शुरुमा अङ्कल कस्तो एकडेमिक मान्छे हुनुहुदो रहेछ । सृजनशील व्यक्तित्व हुनुहुदो रहेछ भन्दै तारिफ पनी गर्दथी ।
काठमांडूका प्राय घुम्ने ठाउ छोरी गरिमाले नै घुमाइदीइन । सपरिवार भएर दार्जलिङ्ग घुम्न जाने कुरो चलेको थियो । तर मैले इन्डिया घुम्न जान मलाइ मन लाग्दैन । बरु इलाम जाने भए म जाने छु भनेर सुनाए । हाम्रो इलाम पनी दार्जलिङ्ग भन्दा के कम छर, भनेर गरिमा छोरीले पनी समर्थन गरिन । त्यसपछि यहि आफ्नै गाडीमा बिस्तारै घुमेको मजा लिदै, नारायण घाट, चितवनको सौराहमा घुम्यौ । हात्तीमा चढेर जंगल सफारीको आनन्द लिन पनी छोडेनौ । त्यसदिनको थारु नाचको मनोरंजन लिन पायौ । अनि हामि थारुको होम स्टे खोज्दै त्यस रात सुराहामा नै बस्यौ । मेरो फेरी पेंटिंग गर्न मन पर्ने भएकोले पनी फोटो खिच्न अलि आकर्षण लाग्थ्यो । यस पटकको घुमघाममा सुष्मिता भएकोले मलाइ पनी रमाइलो लागेको थियो ।
उसले अङ्कल भन्दै मेरो हात समाएर आफ्नो फोटो खिचाउन लगाउथी । कहिले गरिमा र सुधा संग अनि कहिले मसंग, उ कतै मलाइ लाग्दैनन्थ्यो उ हाम्रो परिवारको सदस्य भन्दा भिन्न हो भनेर । त्यसै गरी
हेटौडा, बिरगंज हुदै जनकपुरमा पुगेर जानकीमंदिरको दर्शन पुजा गर्यौ । त्यहाँबाट बिराट नगर पुग्यौ र त्यहि होटेलमा बास बस्यौ । बिराटनगरबाट झापा भएर इलाम जाने बिचार गरेका थियौ । तर फेरी धरानको बजार पनी पुग्ने निर्णय गर्यौ र इटहरी हुदै धरानमा पुग्यौ । मलाइ पनी एक दिन धरान मै बस्न मन लाग्यो ।
त्यहाको प्रचलित मन्दिर बुढा सुब्बाको मन्दिरमा दर्शन गयौ । त्यस रात बजार घुमेर त्यहि बस्यौ । बिहान धरानबाट हिड्यौ र लामो ड्राभिंग भएकोले म थाकी सकेको थिए । बल्लबल्ल बिर्तामोड आइसकेपछि एउटा होटेल खोजेर त्यो रात त्यहि बस्ने निर्णय गर्यौ । खाना खाइवरी सुत्यौ । भुसुक्कै निदाएछु ।
सबै तयार भैसकेका रहेछन । म पनी तौलिया लिएर नुहाउन बाथरुममा पसे । गरिमा र सुष्मिता होटेलको तल झरेर यसै घुदै रहिछन । फर्किने बेलामा सिडीमा लडेर खुट्टा मर्किएछ, गरिमाको । नुहाएर बाहिर निस्किदा त गरिमा ऐया आध्तु गर्दै खुट्टा समातेर बसेकी थिइन् । खुट्टा सुन्नी सकेको थियो । मैले गरिमालाई भने हेर अब इलाम जान सकिदैन । पहिला तिम्रो खुट्टा डाक्टरलाई देखाउनु पर्यो कतै फ्याक्चर भएको छैन भन्दै एक्स रे गरायौ र उक्त एक्स-रे हेरेर डाक्टर खुट्टा भाचिएको छैन, मर्केको मात्रै हो भनेर बैन्डेज बाँधी दियो । कम्लेट दुइ हप्ताको रेष्ट गर्नु बिस्तारै ठिक हुन्छ भने । होटेलमा आइ खाना खायौ । अब इलाम जाने कार्यक्रमलाई रोकेर घर फर्किने भने मैले । छोरीले हैन डेडी, ममी र म होटेल मै बस्छौ, हजुरले सुष्मितालाइ इलाम लगेर घुमाइ दिनुस भनेर कर गरे । सुधाले पनी अन्कलसंग जान के हुन्छ र जाउ भनेर सुष्मितालाइ भनिन । यहाँ सम्म आए पछि तिमि इलामको चिया बगान पुगेर आउ । आज आउन सके आजै आउ, नभए भोली बिहान आए हुन्छ भनेर उनले पनी । सुष्मिताले पहिला एक्लै जान अन्कनाइ रहेकी थिए । पछि उ तयार भै, मैले सुधा र छोरीलाई यहा छोडेर जान पटक्कै मन थिएन । उनीहरुकै दवाव र अनुरोधलाइ माने कर लाग्यो । सकभर त्यहाँ पुगेर रातीसम्म भए पनी फर्किने सुर थियो मेरो । हामी बुधबारे बजार हुदै इलाम पुग्यौ । इलाम बजार पुगेर थाकिएको थियो । खान खाइवरी थकाइ मार्न होटेलको कोठामा गयौ । म झकाइ सकेको थिए ।
एकाएक सुष्मिताले मेरो निधारमा आएर म्वाइ खाइ, उस्को स्पर्शले म झसंग भएर जागे । के गर्यौ सुष्मिता यो ? मैले उसलाई गालि गरे । हैन मैले तपाइलाइ माया गरेको हो क्या ! भनेर उसले जवाफ दीइ । म झसंग भए, हैन यो पागल केटीले के भन्दै छ ? सुष्मिताले अगाडी भन्दै गइ तपाइँको र आन्टी बिचमा पनी प्रेम देख्दिन, मेरै साथीले पनी जती बाबुलाई माया गर्नु पर्ने हो त्यो मैले पटक्कै देखिन । घरमा तपाइको एक्लो अनौठो उपस्थिती देख्छु । तपाइका भावना, माया प्रेम, कस्तो खाले मान्छे हो भन्ने कुरा तपाईका गजल गीत, तपाइको सृजना पेंटिंगले देखाउछ । आइ लभ दयाट पर्सन लाइक यू ! अली उमेरको कुरो न हो ! मलाई फरक पर्दैन । सबभन्दा ठुलो कुरा खुशी हो । म तपाइहरुसङ्ग बस्न चाहन्छु । आन्टी र तपाइको छोरी भएर पनी मलाइ कुनै फरक पर्दैन । तर म आज देखि तपाइलाइ अङ्कल भन्न सक्दिन । यू आर माइ ब्यए फ्रेन्ड !!! मैले होस् हवास् मै भन्दै छु । म जस्ती सुन्दर बयस्क केटीलाइ हरेक केटाले पाउन मरिहत्ते गर्छन तर मैले उनीहरुलाई डेम केयर गरेकी छु ।
सुश्मिताले गरेको यो हर्कतले म स्तब्द भए । म त्यस होटेलबाट बाहिर निस्केर फर्किन कारलाई घुमाए । अब म तिमीलाई घुमाउन सक्दिन । भन्दै उससंग रिसाए । तर उसले मेरो अगाडी आइ र सरि भनेर माफ मागी । प्लिज मलाइ चिया बगान घुमाउन लैजानुस न । भन्दै मेरो हात समातेर कारलाइ तल उत्रन बाध्य बनाइ । कार पार्किङ्ग गरे र । उसलाई लिएर चिया बगानको तल सम्म गयौ । आकाशमा सेतो बादल हावामा तैरिरहेको थियो । चिया बगानको चिसो हावाले मेरो अनुहारलाई समेत रोमाञ्चित बनाइरहेको थियो । मेरो हातमा हात घुसारेर मच्चिदै सुष्मिता हिडिरहेकी थिइ । एउटा यौवन केटीको स्पर्शले मेरो मन पनी बिचलित भैरहेको अनुभव गर्न थालेको थिए । तर पनी उमेरको पनी लियाज राख्नु पर्यो !! रमाइलो भयो , बिचबिचमा मैले लेखेका गजलहरुलाई मिठो स्वर मिसाएर गाउदै थिइ उसले । चिया बगान घुमी सकेपछि चिया प्रशोधित कारखाना नपुग्ने कुरै भएन । त्यहाको मेनेजरलाई भेटी कारखाना देखाउन भन्यौ ।
चियापत्तीलाइ प्रोसेसिङ्ग गरेको र मिक्सिंग र ब्लेंडिंग अनि पाकेजींग प्रबिधिको जानकारी लियौ । त्यसपछि म थाकिसकेको थिए । त्यहाँबाट बाहिरिएर एउटा पसलमा पस्यौ । केहि फास्ट फुड र कोल्ड ड्रिंक किनेको पसलमा पसले साहुले कहाँबाट आउनु भएको ? कस्तो लाग्यो इलामको चिया बगान भनेर सोध्यो । मैले उसलाई असाध्यै राम्रो लाग्यो । साच्चै दार्जलिङ्गलाइ बिर्साउने रैछ त ! भने मैले । फेरी उसले शुश्मिता संकेत गर्दै तपाइको छोरी ? भनेर सोध्यो पसले साहुले । मैले मन्टो हल्लाएर हो भने । उ छोरी जस्तै त हो । तर सुष्मिताले हतारमै उ मेरो ब्याए फ्रेन्ड हो भनि हाली, बिचरा पसल साहु टवा परेर हेरेको हेरै भयो ।मैले सुष्मितालाइ अन्टसंट के बोल्दै छौ भएर हप्काए । उसले मजाक गरेको पसलेसंग भन्दै हासेर उडाई । त्यहाबाट म कार पार्किङ्ग गरेको ठाउमा पुगे, कार स्टार्ट गरेर सुष्मितालाइ लिएर राति अबेरसम्म बिर्तामोड सुधा र छोरी बसेको होटेलमा पुगे । बाटाभरी म घरमा जान्न अब त बस्छु भन्दै थिइ ।
घर पुग्यौ । राती भैसकेको थियो । हल्का खाना खायौ र सुत्ने तरखर हुदै थियो । म आफ्नो कोठामा जादै थिए । सुष्मिताले कोठाबाट मलाइ तानेर आइ लभ यू ! म अक्क मक्क भए । डु यु लभ मि भन्दै मलाइ अँगालो हाली ! त्यसपछी मैले उसलाई केहि उत्तर नदिई म आफ्नो कोठामा गैर सुते । बिहानै देखि छोरी गरिमा नरशिंह भै सुश्मितालाई तुरुन्त घरबाट निकाल भनेर रुवाबासी मचाइरहेकि छे । अब भन यार म के गरु ? सच्चाई भन्ने हो भने सुष्मिता आए देखि ममा उमंग आएको छ । मैले उसलाई प्रेम गर्छु गर्दिन त्यो थाहा छैन मलाइ, तर उ घरमा बसेको मलाइ राम्रो लागेको छ । उ चाहे जती यहाँ बसोस भन्ने चाहन्छु म । धेरै बर्षको अन्तरालमा मेरो मन मस्तिष्क रमाएको छ । उसका आँखाले भन्छ उसले भावनात्मक प्रेम गर्छे । मेरो मनले उसलाई माया गर्दिन तँ तुरुन्त निस्केर जा भन्न पनी सक्दिन ।जगदीशका यी कुरा सुनेपछी, मलाइ अलिक अफ्ठारो थियो साथी भनेर सल्लाह दिउ कि नातेदार भएर ? मैले उसलाई यो हाम्रो उमेरमा आएर एउटी युवतीले प्रस्ताव राखी भन्दैमा स्वास्नी छोरीलाइ घरबाट निस्की भन्न सुहाउछ र । हेर जगदीश तेरो आफ्नो खुशी ठुलो मान्छस की यो दुनिया र समाज ? मैले यसै गर भन्न सक्दिन । तँ मेरो बेस्ट फ्रेन्ड होस । तर जे गर बिचार पुर्याएर गर्ने छस भन्ने लाग्दछ ।
दुइ तिन दिनको मेरो बाहिर काम थियो । एक हप्ता पछि फेरी म जगदीशको घरमा आए । जगदीशको घरमा सन्नाटा छाएको थियो । गरिमा घरमा थिइनन् । सुधा बारीमा के गर्दै थिइन् कुन्नी !
मलाइ देखेर घरमा सुधा म तिर आइन र घर भित्र पस्यौ । आखिर जगदीशले सुष्मितालाइ घरबाट जबर्जस्ती
रुवाएर निकालेको रहेछ । म बाहिर गएर लोभी मान्छेको फन्दामा पर्छु । मलाइ बस्न दिनुस, मे जे गर्न पनी तयार छु भन्दै थिइ, सुश्मिताले । तर जगदीशले निर्ममतापुर्बक घरबाट निकाले । जगदीश यस्तो नाइस मान्छे , केहि दिन अगाडी छोरीलाई निर्मम जफाव दिएका थिए । म सुश्मितालाई कुनै हालतमा घरबाट निकाल्दीन । तिमीहरु चाहन्छौ भने आमा छोरी दुवै जना घरबाट निस्केर जाउ मलाइ मतलव छैन भन्दै हाम्लाई दुत्कारेको मान्छेले फेरी यस्तो गरे । म छक्क परेकी छु भन्दै सुधाले सुनाइन । छोरीले पनी यदी मलाइ माया गर्नु हुन्छ भनी विदेश जान सपोर्टिंग लेटरमा हस्ताक्षर गरिदिनुस भनी । जगदीशले केहि नबोली सहि गरिदिनु भयो । आज बिहानको फ्लाइटबाट अमेरिका गइ ।
जगदीश दुइ दिनदेखि घर आएको थिएन । उ कहाँ छ थाहा पाउन गारो भयो भन्दै सुधाले मलाइ फोन गर्न लगाइन । सुधाले गर्दा फोन नउठेको र मेरो फोन उठछ कि ? भन्ने आसय थियो । मैले उसलाई
पटक पटक फोन गरे उसले फोन उठाएन । तर मैले उसको फोनमा मेसेस छोडे । यसपटक पुरानू आफ्नो मिल्ने साथीकोमा पुरै एक महिना बिताउने सोचेको थिए ! उसको मनोदशाको कारणले म फेरी अगाडी नै अमेरिका फर्कने निर्णय गरे र मैले उसलाई म अर्कोहप्ता फर्कदै छु । मलाइ एयरपोर्टसम्म छोडन आउदैनस ? भनेर मेसेस छोडेको थिए । अर्कोदिन उ फर्केर आयो । म अमेरिका फर्किने तरखरमा थिए । निरास अनुहार, मुखमण्डलमा कान्तीहिन थियो । लाग्दै थियो उ कयौ रात नसुतेको । जगदीश आएको देखेर सुधा बाहिर निस्किन । मानौ दुवै अपरिचित हुन् । मेरो हात समातेर जगदीशले आफ्नो कोठामा लिएर गयो । बिस्तारा बस्दै मेरो हात समातेर आँखा भरि आँशु बनाउदै भन्छ “ म साच्चै आत्महत्या गएको थिए “ म झसंग भए । हैन जगदिशले के भन्दै छ ? बिचित्रको स्वभाव देखे उ भित्र । के भो त्यस्तो हँ, त जस्तो मान्छेले यस्तो कुरो कसरी सोच्न सक्छस ? यार !
यो कुरा तैले फिर्ता लि हाल भन्दै उसको हात समाती रहे मैले । उसले अगाडी भन्दै गयो “ अब जिन्दगीमा केहि रहेन यार । जिन्दगी छोरा छोरीको भविष्य बनाउन भन्दै खाइ नखाई गरेर आजसम्म आए । परिवारसित न कुनै प्रेम रह्यो न त माया, छोरी गरिमाको मलाइ अती माया लाग्थ्यो । उसले पनी मलाइ उत्तिकै माया गर्छे भन्ने लागेको थियो । उसैको आग्रहले सुष्मितालाइ घर आउन दिएको थिए मैले । छोरीले अन्तिम पटक मलाइ माया गर्नुन्छ भने यो भिषाको लागी अनुमति पत्रमा हस्ताक्षर गराउन भनी । मैले छोरीलाइ माया नगर्ने कुरै भएन । यहि मायाले छोरी टाढा गइ । छोरो पहिले देखि टाढा थियो । सुधासंग माया कहिल्यै हुने पाएन मात्र घरव्यवहारमा सिमित भए । मेरो अन्तर्मनमा न उ बस्न सकी न म उसको अन्तर्मनमा बस्न सके ।
जिबनमा मैले लेख्ने साहित्यमा मात्रै मेरो माया र प्रेम पोखिएको थियो । बास्तबिक जिबन थिएन । सायद सुष्मिताले एकदमै छोटो समयमा मायाको परिभाषा सिकाएर गइ । प्रेममा पागलपन रहेछ भन्ने बुझाएर गइ ! माया र प्रेममा न उमेर, न धनको बन्धनले बाध्न सक्दो रहेछ । मात्रै माया माया मात्रै हुदो रहेछ । सुष्मितालाइ जबर्जस्ती घरबाट बाहिर हुत्याएर मैले ठुलो पाप गर्न पुगे । उसले मात्रै मेरो साथ मागेकी थिइ । मैले उसलाई दुत्कारे ? अब का केहि समय सुष्मितासंग बिताएका पलको यादमा जिउन चाहन्छु भन्दै जगदीशले मलाइ अंकमाल गर्यो । मैले उसलाई केहि सुझाब सल्लाह दिने मूडमा थिइन, किन भने जगदीश अन्त्यन्त प्रखर बुध्द्दिजिबी प्रतिभाको धनी व्यक्ति थियो । मसंग उसलाई सम्झाउने शब्द थिएन । यो उसको ज्वाइस थियो । मैले उसलाई म अमेरिका पुगेर फोन गर्छु । टेक केयर भनेर म जगदिश संग बिदा भए ।

१०/२३/२०२०

Leave a Reply