जायफल (nutmeg fruit )
जाजफलको रुख जायफलको फल
जाइफलको रुख हेर्दा स्याउको रुख जस्तो देखिन्छ । यो सदाबहार वृक्ष हो / सधै हरियो हुने हुनाले सदाबहार भनिएको हो /ससाना पात मालाकार र अन्डाकार जस्ता देखिने हुन्छन । जाइफल गोलो, अण्डाकार डेढइन्च देखि दुइ इन्चसम्मको फल्दछ। फल पाकेपछि फल पट्ट दुइ फ्याक भएर फुटछ र रातो रंगको रेशादार खोलले बेरिएको फल नै जाइफ़ल हो। यही रातॊ बस्तुलाई जावित्री भन्दछन , जावित्रीलाइ अंग्रेजीमा mace भनिन्छ। जायफल हाम्रो भान्छ्घरको जाने माने मसाला हो । यसको फल लाम्चो गोलो सुपारी आकारको हुन्छ / यसको तस्बिरमा देखाइएको छ /
जायाफलको नयाँ फलमा बाहिर टाँसिएको कमलो रातो रेशादार खोललाइ mace भनिन्छ । यसलाई जायफलको सुगन्धित सूपको रुपमा पिउने गरिन्छ । जायफलको यो बास्नादार मसाला पनी बनाइन्छ।
Scientific classification
Kingdom: plantae
Class: Magnoliales
Family :Myristicaceae
Genus: Myristica
Species: Myristica fragrans(nutmeg)
source : wikipedia
Nutritional value per 100g.
Energy 525 kcal), Carbohydrates 49.29gm, fiber 20.08 g, fat 36.31gm, protein 5.84gm, potassium 350mg%, phosphorus 213mg, sodium 16mg, calcium 184mg, iron 3.04mg. Copper 1.02mg magnesium 186mg, manganese 2.9mg, Zinc 2.15 mg vitamin C 3 mg, vitamin A 102 IU, thiamin 0.346mg, Source: USDA National Nutrient database online
आयुर्बेदीय गुण- सुगन्धित तेलयुक्त, उत्तेजक, दीपन, बाजीकर , मादक, पौष्टिक, दुर्गन्धहरण, बेदनाहर गुण हुन्छ /
औषधीय गुण
१. अपच, अल्सर र पेटको समस्यामा फाइदा गर्दछ .|
२. अनिद्रा हुदाँ जाइफ़लको धुलो सुत्ने बेलामा मन तातो दुधमा घोलेर पिउनाले फाइदा गर्दछ /
३. जाइफ़लमा एन्टीइन्फ्लामेसन तत्वभएकोले वात लगायत जुनसुकै दुखाइमा समेत फाइदा गर्दछ /
४. जाइफ़ल घोटेर मह मिसाएर अनुहारमा लगाए डन्डिफोर पिम्पल लाइ फाइदा गर्दछ /
५. जाइफ़लको टुकदा मुखमा राखेमा मुखबाट दुर्गन्ध आउन बाट रोक्दछ /
६. रक्तचाप र रगतको बहावलाई सामान्य गर्न मद्दत गर्दछ /
७. कलेजो सम्बन्धी रोगलाई र कलेजोको रोग प्रतिरक्षा गर्न मद्दत गर्दछ /
८.पखाला, हैजा भएको रोगलाई रोक्न मद्दत गर्दछ /
९. जाइफ़लमा एन्टीक्यान्सर तत्व भएकोले क्यान्सर प्रतिरोध गर्दछ /
१०. जाइफ़लले मानसिक र डिप्रेसन एन्जैटी लाइ फाइदा गर्दछ /
११. जाइफ़लले कोलेस्टर लेबल कम गर्दछ /
१२. जाइफ़लले वजनकम गर्न मद्दत गर्दछ /
( जाइफ़ल औषधिको रुपमा खाँदा डाक्टरको सल्लाह अनुसारको मात्रामा मात्र खानु उपयुक्त हुन्छ । घ्यु कुमारीले धेरै जसोलाई एलर्जी हुने हुनाले सोझै छालामा प्रयोग नगर्नु होला । कुनै पनी क्रोनिक रोगभएको मानिसले खादा नोक्सान पनी हुन सक्छ । गर्भवती महिलाले डाक्टरको सल्लाह लिएर मात्र यसको सेवन गर्नु होला )
११/२६/२०२०