घ्यु कुमारीलाई अंग्रेजीमा aloe vera भनिन्छ । घ्यु कुमारी हाम्रा घर आँगनमा उत्पादन हुने बोट हो । घ्यु कुमारी परम्परागत घरेलु औषधीको रुपमा प्रयोग गर्दै आइ रहेका छौ । प्राय : सबैलाई यसको बारेमा थाहा छ । घ्यु कुमारी अहिले घरका गमलामा शो प्लान्टको रुपमा समेत राखेको पाइन्छ । बिशेष गरेर घ्यु कुमारी पोलेको जलेको र काटेको घाउमा तत्काल प्रयोग गरेको पाइन्छ । घामले पोलेर छाला बिग्रेकोमा पनी प्रयोग गरेको पाइन्छ ।  यो सिउडीको प्रजातीमा पर्दछ । यसको पात एक फिट देखी २ फिटसम्म पनि पाइन्छ । बिशेष गरेर घ्यु  कुमारीको पात भित्र भएको गुदीलाइ औषधिको रुपमा प्रयोग गरिन्छ । यसको पात बाक्लो र टुप्पो तिखो हुन्छ । घ्यु  कुमारी बहुपयोगी प्लान्ट हो । घ्यु कुमारी जलेको र काटेको बाहेक अन्य स्वस्थको लागि पनी फाइदा छ । बजारमा अनेकौ खाने जुस र  ब्युटी क्रिम, aloe vera को प्रयोग भएको पाउदछौ । यसको मुख्य इन्टिग्रेट मिसाएर बानाएको पाइन्छ । 

 

Scientific  classification 

  1. Kingdom: plantae
  2. Class: asparagales
  3. Family : Asphodelaceae
  4. Genus:  Aloe
  5. Species:  aloe vera
  6.  source : wikipedia

आयुर्बेदीय औशधिय गुण: 

१. घ्यु कुमारी  जलेको पोलेको घाउलाई बिस्तारै संच बनाउदै लैजान्छ । तर गहिरो पोलेको र काटेको  स्थानमा यसले फाइदा गर्दैन ।  

२. यसमा एन्टीअक्सीडेन्ट तत्व भएकोले क्यान्सर रोग प्रतिरोधात्मक हुन्छ । 

३. भिटामिन A र भिटामिन c भएकोले छाला र छाला र त्यसमा लाग्ने रोगलाई फाइदा गराउछ । 

४. यसको सेवनले अपज र गेस्टिकरोगलाइ समेत साम्य पार्दछ ।  

५. घ्यु कुमारी कब्जियत भएको मानिसले सेवन गरे अन्त्यन्त फाइदा हुन्छ । 

५. दाद, खाज र उकुज जस्तो छालाको रोगमा समेत फाइदा गर्दछ । 

 

( घ्यु कुमारी औषधिको रुपमा खाँदा डाक्टरको सल्लाह अनुसारको मात्रामा मात्र खानु उपयुक्त हुन्छ । घ्यु कुमारीले धेरै जसोलाई एलर्जी हुने हुनाले सोझै छालामा प्रयोग नगर्नु होला । कुनै पनी क्रोनिक रोगभएको मानिसले खादा नोक्सान पनी हुन सक्छ । ) 

 ११/२५/२०२० 

 

Leave a Reply