बाटामा ठेस लाग्नै पर्छ, होस उस्ले पाउन लाइ
चोट उस्ले पाउनु पर्छ, विवेक उस्मा जाग्न लाइ

घोडा चढने मान्छे झर्छ, हिडने मान्छे त लड़छ
आफ्नै हर्कत बाट गिर्छ, मान्छे धुलो चाटन लाइ

गर्नै पर्छ पौरख यहाँ, जिन्दगी राम्रै बिताउन
मान्छेहरु नाटक गर्छन, आफ्ना कर्तुत ढाक्नलाइ

उत्साह मर्नु हुन्न भित्र, हात बाधेर बस्नु हुन्न
आगो ठोसेर बाल्नु पर्छ, भात पनी पाक्न लाइ

बिश्वास गर्ने मान्छे लाई, घात जस्ले नी गर्न सक्छ
कोशिस गर्छ मिठो बोली, मुर्गा बनाइ ढाट्न लाइ

११/२०/२०२०

Leave a Reply