हजार दियो जलाए पनी, उज्यालो हुदैन जीवन
मनभित्र नबाले सी दियो, उज्यालो बन्दैन जीवन

सुख दुख भन्ने चिज यहाँ, आफैले सृजना गर्ने हो
अरुले दिएर हुन्न आफै, नगरी चल्दैन जीवन

बाधा तघारा अनेकौ छन, सामाना गर्न नै पर्दछ
ज्ञान क्षमता आफैमा भए, कतै नी गल्दैन जीवन

धन सम्पत्ती जोडन भन्दै, सम्बन्ध तोड्दै जादैछौ
यसरी जोडेको सम्पत्तिले, फुलेर फल्दैन जीबन

धन दौलत, रुप यौवन, क्षणिक हुन्छ जगतमा
यसैलाई जिन्दगी मान्नेले, स्वर्णिम हुदैन जीवन

११/१९/२०२०

Leave a Reply