माया भन्ने यस्तै हुदो रैछ, दिलमा सजाई हाले ।
रुपै राम्रो बोली रैछ मिठो, मोनी उन्ले लाई हाले

मन पराइ रहेको थिए, पैले देखी उनलाइ
उनको नाम लीइ जपेको, थाहा उन्ले पाई हाले

उन्कै खोजीमा भौतारिएर, उनी छेउ पुगी हाले
मायामा रोमान्चित्त भै उन्ले, प्रेम गीत गाइ हाले

मात थियो माया प्रेमको यो, रंगिन बन्यो सपना
प्रेमको रस प्याला पिलाई, जिन्दगी रंगाई हाले

जहाँ माया हुन्छ त्यही यो, संसार स्वर्ग नै बन्छ
प्रेमको मातमा मेरो हात, उनीले समाई हाले

प्रेममा पागल सरी भइ, सामुन्ने उन्लाइ देख्छु
उनको सामिप्य जब हुन्छु, नजर सोझ्याई हाले

११/०६/२०२०

Leave a Reply