सुन्दर भएरै त होला, इश्वर पनी झरेथे यहाँ
मान्छे कइ लागी भनेर, शौन्दर्य पनी छरेथे यहाँ

के कमी छ र यो धरती, हिमाल पहाड तराइ
धर्तिमा त्यो स्वर्ग ल्याउन, देवता लागी परेथे यहाँ

तन्त्र साधनाले नेपाल, देश यो सृजना भाको हो
बलियो पारेका थिए रे, पृथ्वी राजा लड़ेथे यहाँ

गोरखनाथ्को आशिर्बाद, शिरो धार्य गरी हिडे थे
पाइला जहाँ टेके उन्ले, जितेर मात्रै छोडेथे यहाँ

बहादुर थिए गोरखाली, लड़ेथे नाङ्गो खुकुरीले
आफ्नै रगत सिंचेर यो, पवित्र भूमी जोगाथे यहाँ

के साच्चै नेपाली रगत, पानीमा फ़ेरिएछ की यहाँ
साच्चै सपुत देशको भा, किन घुडा नै टेक्थे यहाँ

११/०३/२०२०

Leave a Reply