कालसरि फैलिदो छ, मान्छे पार्दैछ शोकमा
पत्याउदैनन् कोरोना, मान्छे डुल्दैछ थोकमा

सरकार मस्त सुत्छ, जनता तडप्यो सडकमा
एक मुठ्ठी सास धान्न, भोक्ले हेर्दैछ चोकमा

ढिकुटी बाँडेर खान, आतुर छन् सरकारमा
गरिबजन सडकमा, तड़ पिदैछ भोकमा

नेता व्यस्त सरकार, बचाउने भत्काउनेमा
रमाउछन पिछलग्गु, उन्का हास्दैछ जोकमा

लोक कल्याण गर्छम, भन्दै चुनाव जित्छन
आफ्नै बाउको ठानेर, कुम्ल्याउदैछ थोकमा

न जन आवाज सुन्छ, न देशको भलो सोच्छ
आदेश पारीको मान्छ, काम गर्दैछ तोकमा

ब्यबस्था फेरे अबस्था, फेरियन जनताको
भ्रष्ट बैमानी नेता नै , किन मान्दैछ लोकमा

१०/३१/२०२०

Leave a Reply