आफन्ती लाइ झुक्याएर , किन बन्छौ छली यहाँ
आफ्नैको चित्त दुखाएर, किन बस्छौ जली यहाँ

मरी लानु के छ र याँ, दुइ दिनको जिन्दगानी
खुशी भइ बिताउनु छ, किन गर्नू खल्बली यहाँ

न त कसै संग दुश्मनी, न त गर्नु छ प्रतिश्पर्दा
रिस राग द्वेष लिएर, किन बन्नु जंगली यहाँ

आफुसंग जे छ त्यसमा, सन्तुष्टी लिन जान्नु पर्छ
झुटो कुरोमा फुर्ती गरी, किन बन्नु नक्कली यहाँ

ठुला कुरा गरि भ्रम छर्न सिपालु छौ समाजमा
बोलीमा मिठास भरेर, छौ कुरा गर्न खली यहाँ

१०/२८/२०२०

Leave a Reply