देश सम्बृद्ध हुन्छ, जहाँ जिउदो लिडर हुन्छ
देश बर्बाद हुन्छ, जहाँ लिडर डिलर हुन्छ

जब नेताले पैसा, कमाउन थाल्छन देशमा
धमिरो लाग्न थाल्छ, देश ढाल्ने उ किलर हुन्छ

कहिले सम्म बच्च्ला, बचाउन सकिएला देश
सेना नेताको गार्ड, जन्ता सिमाका पिलर हुन्छ

हो व्यापारीले पैसा कमाएन भने उ बर्बाद हुन्छ
जब नेताले पैसा कमाउन थाल्छ उ लीचर हुन्छ

टेलेंट जती बिदेशमा, डाक्टर इन्जियर हुन्छन
बेरोजगार जनता, सबै बिदेशमा लेबर हुन्छ

सोर्स चल्ने देश हो आफ्नैले काम पाउछन
केहि शिप नलागेर, शिक्षित जती टिचर हुन्छ

१०/१४/२०२०

Leave a Reply