अभाव गरिबी रुपी, जहर तपिएर हेर
गरिबीको ब्यथा तिम्ले, अभावमा जिएर हेर

थाहा पाउछौ जिन्दगी, कसरि बाँचेको रहेछ
आफ्नै एक हर आङ्ग, ढाक्न टालो सिएर हेर

कहाली लाग्दो जीवन, त्यसैमा छ गरिबी पनी
अनाज बिनाको घरमा, भोको पेटमा रोएर हेर

तिम्लाई सम्पन्नता दिन्छौ, भन्दै भोट माग्ने नेता
ढिकुटी आफै लुटछन् , तिन्का भोट खोसेर हेर

सेंडीकेटको टिकटले, सयमा बिसले जितेको
जनतामारा नेतालाइ, कडा चोट दिएर हेर

लोकतन्त्र भन्दै आफ्नै, आफन्तलाई नियुक्ती
दिने तिम्रा नेतालाई , कठालो समातेर हेर

चुनावी घोषणा पत्र, खोज्नु पर्दैन कार्यकर्ताले ?
कति तलुवा चाटिरन्छौ, चश्मा फेरी सोचेर हेर ।

१०/१३/२०२०

Leave a Reply