तिम्ले जति तल झार्छौ, उ माथी माथि उठने गर्छ
भुइँ मान्छे माथी उठ्छ, उ लडे फेरी उठने गर्छ

तिमि खस्ने ठाँउ छैन, खसे पछि खड़ा हुनौ यहाँ
तलै बाट मेसै सित , जिन्दगी उस्ले पढने गर्छ

जसरी मान्छे माथि पुग्छ, त्यसरी नै उ झर्ने गर्छ
न हेप है कसैलाई नी, कुनै दिन उस्को चल्ने गर्छ

कहिले काँही घमण्डले, सबै कुरा बिगार्छ पनी
बैश र धनको उन्माद, एकदिन तिम्रो निभ्ने गर्छ

सधै दैव दाहिने हुन्नन, सधै ब्रह्म लुट हुने छैन
जब छुट छ हातबाट, तब तिम्रो होस् उडने गर्छ

१०/११/२०२०

Leave a Reply