सोध्ने मान्छे कोइ छ की, बाच्न केके गर्यो भनी
कहाँ कहाँ बाच्न उस्ले, कति ठाँउ सर्यो भनी

कति हण्डर ठेस खाए, होला उस्ले जीवनमा
थाहा छैन मलाइ याँ, कस्ले खोजि गर्यो भनि

बेखबर गुमनाम भइ, मुगलान भौतारिदा
समाचार पुगीरन्थ्यो , भन्ने गर्थे मर्यो भनी

भोगेकालाई थाहा हुन्छ,विदेशको सुख दुख
केहि न केहि भैहाल्छ, पसिना याँ छर्यो भनी

महामारीले संसार, आतंकित बनाइ राछ
कोइ हुन्न सहयोगी, याँ कोरोना सर्यो भनी

१०/०८/२०२०

Leave a Reply