कसैले प्रदेशको राजधानी बिशाल देख्छ
अन्धा भए क्यारे मेरा आँखा नेपाल देख्छ

क्रान्ति भाथ्यो आफ्नै जातको राज्य पाउन
जनता लुम्बिनी बाग्मती मै खुशहाल देख्छ !

गण मिलेर पो गणराज्य बन्दछ संसारमा
देश टुक्र्याउने दिवा सपना बवाल देख्छ

विदेशीकै इशारा चलेको थियो आन्दोलन
मेरा नजरले यीनी उसैको दिक्पाल देख्छ

नाम अनी काम बिल्कुलै उल्टा छन यिनका
यी यताका हुन्की उताका हुन सबाल देख्छ ?

१०/०६/२०२०

Leave a Reply