कालापानीको जमिन फिर्ता कसरी हुन् सक्छ ? के नक्सामा पार्दैमा जमिन फिर्ता हुन्छ ?


शंका
१. लिम्पियाधुरा समेटिएको नक्सा आफुले नपढेको, थाहा नभएको भन्ने प्र. म.ले कसरि किन यो नक्सा निकाले ?
२. नक्सा निकाल्न आनाकानी गरिरहेका प्र म. ले नक्सा निकालेर के हुन्छ ? जमिन हामीले फिर्ता लिन्छौ भनेको किन थियो ?
३. हिजोसम्म आनाकानी गरेको मधेसी नेता एकाएक सबै भन्दा राष्ट्रबादी भएर संसदमा उभिए किन ?
४. राजाले गुमाएको भुमि हामीले फिर्ता ल्यायौ भन्ने प्रचण्डले भारतकै इशारा राजतन्त्र फालेका थिए, अनी जमिन कंहा फिर्ता भएको छ र ?
५. प्रमाण जुटाउन नक्सा जारी गरि संबिधानमा समटेपछि किन कमिटी बनाएको हो ? के बिना प्रमाण नक्सा फेरेको हो र ? यो कुराले नेपालको कमजोरी देखिदैन र ?
६. यो नक्सा ठिक हो भन्न महाकाली सन्धिमा भुल भएको भनेर नेपाली जनतासंग माफी माग्न पर्छ कि पर्दैन ? सो सन्धि खारेज गर्न पर्दैन र ? महाकाली सन्धिलाइ मान्ने हो भने त्यो भुमि हाम्रो हो भन्ने नैतिकता यी नेतालाई हुन्छ त ?
७. सधै इन्डियाको तलबदारि गरिरहने कांग्रेस नेकपा मदेशी पार्टीले यो अभुतपूर्ब सहमति किन के का लागि भएको हो ? कही इन्डियाको भिन्दै रणनीति हो कि ?
८. जमिन इन्डियाको अधिनबाट नेपालले कसरी फिर्ता ल्याउन सक्छ ? नेपालको तयारी के के छन् ? बिना तयारी हावामा नक्सा बनाउदैमा पाइन्छ र ?
९. इन्डियाले सजिलै नेपाललाई त्यो भूभाग फिर्ता गर्ला त ? डराएर ! आफ्नो गल्ति महसुस गरेर ! अथवा दया गरेर !
१०. ससानो कुरामा नाकाबन्दी गर्ने इन्डियाले हेरेर बस्ला र ? उसले सकेको दुख दिने नै छ ।
११. इन्डियाले नेपालको भूभाग अतिक्रमित गरेर आफ्नो कब्जा गरिसकेको भूभाग बिना युध्द लिन सकिएला त ? भै परि आयो भने तयारी खै ?
१२. इन्डियन सरकारले आफ्नो भनेर दाबि गर्दै कुनै बार्ताको लागी तयार भएकै छैन ।
१३. हाल नेपालमा हाली मुहाली गरेका नेताहरु हिजो इन्डियाको कलो खाएर बसेकाहरुले भुमी फिर्ता लिन सक्ने ल्याकत राख्छन त ?
१४. भ्रष्टाचार र कमिसनमा लिप्त भएका सरकारमा भएका र प्रतिपक्षमा भएका चरित्रले देशको बिकास भूमिको संरक्षण हुन सक्छ त ?
१५. सम्पूर्ण पार्टी कांगेस नेकपा मदेशी समेत भएर MCC पास गराएपछि अमेरिकन र इन्डियन सेना नेपालमा भित्र्याउन सके लिम्पियाधुरा कालापानीको लागि लडन आबस्याक नहुने भएकोले, नसक्ने भएकोले यो नक्सा छापनु र नछाप्नुमा के फरक पर्छ र ?

सम्भावनाहरु:

१. कहिले काँही नोक्करहरु बिद्रोही भए भने मालिकलाइ सुताई दिन सक्छन ! तिनको बिरुध्द जाइलाग्न पनी सक्छन । हिजो सम्म इन्डियाको चाकरी गर्ने नेता आज इन्डियाबाट लडेरै जमिन फिर्ता ल्याउछु भनेको साच्चै सुध्रेको हुन् पनी सक्छ ?
२. नेपालसंग दौत्य सम्बन्ध भएका राजदुतहरुको भेला गरेर नेपालसंग भएका प्रमाणको कपि दिएर इन्डियाले नेपालको भुमि अतिक्रमित गरेको पुष्टि गर्दै सहयोग र समर्थन जुटाउने ।
३. इन्डियाबाट आउने इन्धन, खाधान्न बन्द गर्न, बिधुतिय चुलो, बिधुतिय मोटरकारलाइ स्थापित गर्न ०% कर लगाउन जरुरि छ । यो लागु गर्न व्यापक परिचालित गर्न आबस्याक छ । तर भारतबाट पेट्रोलियम र ग्यासलाइ निरन्तरता दिन दलाल अर्थमन्त्रीले बिधुतिय चुलो र मोटरकारमा भसार बढाएका छन, त्यस कार्यलाई तुरुन्त रोक्नु पर्दछ ।
४. कोरोनाले ल्याएको बिपतले बिदेशका नेपाली फर्केर आएकालाइ नेपालीलाइ खाद्यान्न र पशुपालन उधोगमा परिचालित गर्दै जानु पर्छ । उधोग धन्दाको लागि चाहिने कच्चा पदार्थमा पुरै छुट दिएर रोजगारीको अवसर प्रदान गर्न सकिन्छ ।
५. इन्डियाले नाकाबन्दी गर्दा पनी बाच्न सक्ने अबस्था बनाउनु पर्छ ।
६. पुराना जंगे पिलरको खोजि गर्दै सिमा यथावत गर्नु पर्छ । देशका रक्षक सिमामा तत्काल खटाउनु पर्दछ । सिमा रक्षाको कडाइ गर्न आबस्याक छ ।
७. इन्डियासंग भएका असमान सन्धी कोशी गण्डक महाकाली सन्धि खारेज गर्न पर्दछ । आबस्याक परे बाँध भत्काई दिन पर्छ ।
८. नेताका सल्लाहकार बिध्दान, प्राबिधिक, र सक्षम व्यक्तिहरुको राखेर उनीहरुको सल्लाह सुझाव तथ्यगत आधारमा कार्यवयन गर्नु पर्दछ ।
९. इन्डियाका लागि काम गर्ने raw का सदस्यहरुलाई ठम्याउने र कारबाही गर्ने वा देश निकाला गर्ने ।
१०. इन्डियाले सेना परिचालित गर्यो भने इन्डियामा कार्यगत गोर्खा रेजिमेंटलाइ फिर्ता बोलाउने । भर्ति केन्द्र बन्द गर्ने ।
११. इन्डिया बिरोधि शक्ति पाकिस्तान, बंगालादेश, श्रीलंका र चीन र अन्य मुलुकसंग बिशेष सम्बन्ध राखेर इन्डियाको थिचोमिचो बिरुध्द संयुक्त भएर लड्ने ।
१२. इन्डियाको कुनै स्टेट स्वतन्त्र हुन् खोजे सहयोग गर्ने ।
१३. नेपाल सैन्य शक्ति हतिहारलाइ शसक्त बनाउने, सैन्य शक्ति बढाउने ।
१४. सुगौली सन्धीमा गुमेको भागलाई कायम गर्न अन्तराष्ट्रिय अदालतमा जाने ।
१५. सिमानामा पर्खाल लगाउने र पासपोर्ट लागु गर्यो भने इन्दियांको घुस पैठ लेखाजोखा गर्न सकिन्छ र नेपालि चेलीको बेचबिखनलाइ नियन्त्रण गर्न सकिन्छ ।

( कोरोना भाइरसले अहिलेको विश्वको मानचित्र र शक्तिलाई परिबर्तन पक्कै गरिदिन्छ । शक्तिशाली राष्ट्रहरु फेरिन सक्छन । राजनीति फेरिन सक्छ । नेपालको अहिले देखिएको लिम्पियाधुरा कालापानी लिपुलेकको नक्साले ल्याएको तरंगले मेरा मनमा पनी तरंग उठेकोले नेपालको राष्ट्रवाद ! नेताको चरित्रमाथिको शंका र नेपाल साच्चै इन्डियासंग ठाडो गरेर स्वाभिमानी भएर उठन सक्छ ! भन्ने सम्भावना पनी छन भन्ने कुरा मेरा मनमा उब्जेका भावनालाइ अक्षरमा उतारेको हो ।)

०६/१६/२०२०

Leave a Reply