समय भन्दा अगाडी भाग्य भन्दा धेरै कहाँ हुन्छ ?
भाग्य छ भन्दैमा डोकामा दुध दुहेर कहाँ हुन्छ ?

मजदुर र गरिबको यहाँ न देश न सरकार हुन्छ
अवसर खोज्दै जानु नै पर्छ, रोजगारी जहाँ हुन्छ !

जस्ले जमिन जोत्छ उ या त हली हुन्छ या कमैया
जोत्ने सुकुम्बासी हुन्छ जमिन अर्कैको त्यहाँ हुन्छ !

घर बनाउने डकर्मिको आफ्नै घर चुहिएको हुन्छ
जुत्ता बनाउनेहरुको आफ्नै खुट्टा नाङ्गो यहाँ हुन्छ !

चाहे प्रजातन्त्र होस लोकतन्त्र होस या कम्युनिज्म
मुठ्ठीभर फटाहा र माफियाको सरकार वहाँ हुन्छ !

९/१३/२०२०

Leave a Reply