सायद मलाइ तिमीले केहि भन्नु पर्ने थियो
तिम्रो मौनताले भन्दै छ मैले सुन्नु पर्ने थियो

बुझ्न कोशिश गरेकै थिए तिमीलाई हरदम
लुकाएरै मनमा कुरा, किन बुन्नु पर्ने थियो

भन्नै सक्दिन के छ कुन्नि त्यस्तो तिमीसंग
आकर्षित भइ राछु, तिम्ले बुझ्नु पर्ने थियो

जति म नजिक खोज्छु, टाढा बन्दै गइराछु
दोषी म नै थिए होला, मैले मान्नु पर्ने थियो

बित्दै छ जिन्दगानी याँ अफ्ठारो भएपनी
जीवन यात्रा कठिन हुन्छ,जान्नु पर्ने थियो

सायद तिमीले मलाइ केहि भन्नु पर्ने थियो
तिम्रो मौनताले भन्दैछ मैले सुन्नु पर्ने थियो

०९/११/२०२०

Leave a Reply